काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन् । सोमबार साँझ धुम्बाराही पुगेर प्रचण्डले देउवासँग विश्वासको मत मागेका हुन् । जवाफमा देउवाले भोलिको संसदीय दलबाट निर्णय गर्ने बताएको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि भोलि बिहान ९ बजे काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दैछ ।
Author: Saru Shrestha
वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो । वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।
पोखरा-जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका वर्ष ३५ का विरेन शाही रहेका छन् । यहि पुस २२ गते साँझ ६:३० बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ । उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र मोवाईल थान एक थान बरामद भएको बताइन्छ । पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवाको निवासमै पुगेका हुन । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले भने सोमबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा आफूलाई सिंगै संसदले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया…
काठमाडौं- सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।
काठमाडौं- सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
अत्तरिया – हुस्सु र सितलहर बढेसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालयहरु ४ दिन बन्द गरिने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पौष २६ देखि २९ सम्म विदा दिने जनाएको हो । नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक शत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो विदा थप गर्ने निर्णय गरिएको उल्लेख छ । सूचनामा विदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त कृयाकलाप संचालन गर्न सकिने उल्लेख छ ।
धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने गरि सरकारमा जाने तयारी गरेको छ । आफनो माग र मुद्दालाई अघि सारि केन्द्रमा सरकारको समर्थन गरेपनि प्रदेशमा अनिर्णित उन्मुक्तिलाई फकाएर प्रदेश सरकारमा जाने प्रयासमा काँग्रेस देखिएको हो । नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, नेपाली काँग्रेस प्रदेश सभापति विरबहादुर बलायर लगायतका प्रदेश सभा सदस्यहरुले डिल्लीबजार कारागारस्थित उन्मुक्तिका नेता रेशम चौधरीसंग भेटवार्ता गरेका छन् । ‘उन्मुक्तिले कुनै पनि निर्णय दिन सकेको छैन । सो पार्टी बिना प्रदेश सरकार बन्ने सम्भावना छैन्’ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले भने ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिएर काँग्रेस सरकारमा जान तयार रहेको छ…
काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शंखरापुर नगरपालिका-३ बजिनीमा निर्माण गरिने अपर तामाकोसीको विद्युत् प्रसारण लाइन लप्सिफेदी सबस्टेशन अन्यत्र सार्न नसकिने प्रतिक्रिया दिएको छ । आफ्नो भूमि फिर्ता गर्न आन्दोलनरत स्थानीयलाई लक्षित गर्दै प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । स्थानीयले गरेका मागहरू पनि पूरा गर्ने प्राधिकरणले प्रतिबद्धता समेत जनाएको छ । प्राधिकरणले २०७४ सालमै स्थानीयको जग्गा अधिग्रहण गरी ७० जना जग्गाधनीको १७० रोपनी जग्गाको मुआब्जा दिएको जनाएको छ । जग्गाधनीलाई मुआब्जा वितरण भइसकेकाले सबस्टेशन अन्यत्र सार्न नसकिने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।बजिनीका स्थानीय ९ दिनदेखि आन्दोलनमा छन् । प्राधिकरणको सबस्टेशन र हाइटेन्सनका कारण बैंकले जग्गा धितो नलिने, स्थानीयको…