Author: Saru Shrestha

बैतडी – बैतडीको सिगास गाउँपालिका–२ मा रहेको कृषि विकास बैंकमा कार्यरत महिला कर्मचारीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिका १ का २८ वर्षीय केशव धामीले कृषि विकास बैंकमा कार्यालय सहयोगीको रुपमा कार्यरत २८ वर्षीया सुसिला धामीमाथि कुटपिट भएको हो ।शनिबार दिउँसो गाजरी बजारमै सुसिलामाथी कुटपिट भएको र कुटपिट गर्ने धामीलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय पाटन पठाएको गाजरी प्रहरीले जनाएको छ ।केशवले मदिरा सेवन गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । महिलाको अनुहार लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ । कुटपिको कारण खुलेको छैन। घटनाको अनुसन्धान भइ रहेको छ ।

Read More

धनगढी – दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।

Read More

धनगढी – नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा योगेन्द्रबहादुर रावल सर्वसम्मत चयन भएका छन्। शनिवार भएको ५औँ जिल्ला अधिवेशनबाट रावलको नेतृत्वमा १७ सदस्यीय समिति गठन भएको हो। युनियनको उपाध्यक्षमा राम खत्री र भानबहादुर विक समावेशी सचिव पुष्कर भण्डारी, सहसचिव पद्मा साउँद, कोषाध्यक्षमा पदम जोरा चयन भएका छन्। यस्तै सदस्यमा गणेशबहादुर मगर, दिपक भट्टराई , आशिष मल्ल, दिपकराज भट्ट, तर्कराज भट्ट, श्रेया ऐरी, गोपाल राउटे, जुनु मगर, पवित्र रोकामगर, चन्द्रीका कुमारी भट्ट र रुपा दमाई चुनिएका छन्। यस अघि नेपाली कांग्रेस डडेल्धुराका उपसभापति डिल्लीराज जोशीको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो।

Read More

वीरगञ्ज – वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको छ । विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक गिरीले बताए । नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए ।

Read More

काठमाडौं – राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।  शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लाेमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्सपेक्टिभ अफ इन्टरनेसनल ल’को विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् । नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने…

Read More

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन्। आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका हुन्। ‘अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा राजस्वको न्यूनता देखिएको छ। विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्,’ उनले भने। अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रूपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ। ‘अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू…

Read More

काठमाडौँ – नेकपा (एमाले)का सबै कमिटीको अधिवेशन यही वर्ष (२०८०)भित्र सकाउने निर्णय गरिएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गरिएको हो । आउँदो भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । त्यसपछि जिल्ला, पालिका र वडा तहको अधिवेशन चैतसम्ममा सकाउने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Read More

काठमाडौँ – बङ्गलादेशको राजधानी ढाकामा रहेका परराष्ट्रमन्त्री एनपी साउदले जापानका विदेश मामिलाका संसदीय उपमन्त्री ताकागी केईसँग भेटवार्ता गरेका छन् । ढाकामा जारी छैटौँ हिन्द महासागर सम्मेलन २०२३ मा सहभागी हुने क्रममा मन्त्री साउद र उपमन्त्री केईबीच भेटवार्ता भएको हो । भेटका क्रममा द्विपक्षीय विकास सहयोग, व्यापार, पर्यटन र अन्य सान्दर्भिक विषयमा सुधार गर्ने रणनीति कार्यान्वयन गर्नेबारे छलफल भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

Read More

धनगढी – भारतमा अछामका एक जना मृत फेला परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन्। भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माका अनुसार उनी भारतको हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका थिए। सोही ठाउँका उनी मृत फेला परेका हुन्। मृतकका आफन्तका अनुसार उनको हत्या भएको हो। व्यापारीहरुले नाथको हत्या गरेका परिवारका सदस्यले आरोप लगाएका छन्। उनको शव नदिमा फेला परेको थियो। हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ।

Read More

कञ्चनपुर – कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुने सुक्खा बन्दरगाह यसअघि सोही नगरपालिकाको कञ्जभोजमा प्रस्ताव गरिएको थियो । स्थानीयको विरोधपछि महाकाली नदीमा निमार्णाधीन पुलको पश्चिमतर्फ बन्दरगाह निर्माणको प्रस्ताव गरी ईआईए स्वीकृत गरिएको हो । एकीकृत सुरक्षा जाँच चौकीसहित उक्त बन्दरगाह भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । सरकारले ईआईए स्वीकृत गरेसँगै भारतमार्फत हुने अन्र्तराष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह…

Read More