Author: Saru Shrestha

काठमाडौं – सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् । मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा सबैलाई योगदान गर्न सहज वातावरण बनाउने बताए । पत्रकारले उनलाई कांग्रेसकै नेताहरूले विरोध गरिरहेको अध्यादेश ल्याउनुको कारण के हो भनेर सोधेकोमा मन्त्री कार्कीले जवाफ दिँदै भने, ‘मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसामत क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश ल्याएको हो ।’ उनले योभन्दा अघिका सरकारले पनि यस…

Read More

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् । बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा ५ सिँचाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् । घटनामाथि अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते न्यौपानेको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखाबाट रगत बगेको देखिएको प्रत्यक्षदर्शीले बताए । बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुई पक्षबीच हानाहान भएको थियो । मन्त्रालयसँगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास,…

Read More

धनगढी – कैलालीमा प्रहरीले दुई जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ ।  भारतको लखिमपुर खिरीस्थित बेलापुर बस्ने ५० वर्षीय समिर सिंह र ५३ वर्षीय शेर सिंहलाई सीमावर्ती क्षेत्र कैलारी गाउँपालिका–७, वसन्ता गाउँबाट पक्राउ गरिएको हो । लागूऔषध रहेको विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरूको साथबाट ३४ ग्राम ५१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए ।

Read More

काठमाडौं – नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहेका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गरेकै कारण सङ्गठनको गरिमा उँच्चो हुँदै आएको बताए । प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको…

Read More

काठमाडौं – आफूलाई आन्तरिक राजस्व कार्यालका कर्मचारी भन्दै काठमाडौंका होटल तथा पसलहरूबाट रकम असुली गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको जनाएको हो । प्रहरीले उनीहरूलाई आइतबार सार्वजनिक गरेको छ । राजस्व कार्यालय लाजिम्पाटका कर्मचारी भएको झूठा विवरण दिएर रकम असुली गर्दै आएको खुलेको छ । परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले उनीहरूबाट ८४ हजार बरामद गरिएको बताएका छन् । उनीहरूले होटेल, पसल, रेस्टुरेन्ट र फुटपाथका पसलहरूबाट रकम असुलेका थिए । व्यापारीले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ पर्नेमा सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, पूर्वी नवलपरासीका बीनबहादुर बिक, पाँचथरकी…

Read More

कैलाली – कैलाली निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा तीनजना महिला सांसदको प्रतिनिधित्व हुने निश्चित भएको छ । क्षेत्र नं १ को प्रत्यक्ष निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र)का रुपा स्वसी चौधरी र नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेको प्रतिनिधिसभा सदस्यमा सहभागिता हुने भएको हो । प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको पछिल्लो विवरणमा सो क्षेत्रबाट माओवादी र कांग्रेसले क्रमशः चौधरी र न्यौपानेको नाम सिफारिस गरेसँगै एउटै क्षेत्रबाट प्रतिनिधिसभामा तीनजना महिलाको सहभागिता हुने देखिएको हो । प्रत्यक्ष निर्वाचनमा विजयी रञ्जिता श्रेष्ठ चौधरीको संसदीय यात्रा पहिलो रहँदा न्यौपाने र चौधरी दुवै…

Read More

धनगढी – कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । शनिबार राति भीमदत्त नगरपालिका-३ जनज्योति चोकबाट उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका ३ बस्ने २७ वर्षीय दिनेश कुँवर र सोही नगरपालिका ४ बस्ने ३८ वर्षीय अनिलसिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कञ्चनपुरबाट खटिएको प्रहरीले दिनेशलाई १ ग्राम ९५ मिलिग्राम र अनिललाई ३ ग्राम ९ मिलिग्राम लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Read More

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्वतन्त्र समूहसँग भएका सहमति कार्यान्वयन गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो । कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्ड’मा चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन् । यसअघि गत भदौ २७ को मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो । भदौ २७ को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनीहरूको रिहाइका लागि अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दालाई यथाशिघ्र फर्छ्यौट…

Read More

सप्तरी – सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए । एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली…

Read More

सुर्खेत – सुत्केरी हुन नसकेर आर्थिक वर्ष वर्ष २०७८/७९ मा १७  मृत्यु भएका मध्य २० वर्ष मुनिका पाँच जना रहेका छन् । कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने गरेको यो आकडाले देखाउछ । बालविवाहका कारण किशोरीको स्वास्थ्यमा ठूलो असर परेको र कर्णालीको मातृ मृत्युको तथ्यांक हेर्ने हो भने डरलाग्दो महिला अधिकार मञ्च जाजरकोटका संयोजक आशा सिंहले बताइन् । शारीरिक र मानसिक रूपमा परिपक्व नभई कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको उनको भनाई छ । बच्चा जन्माउन नसकेको अवस्थामा ज्यान नै जाने घटना धेरै रहे पनि सबै सार्वजानिक नहुने गरेको पाइएको छ । बच्चा…

Read More