Author: Saru Shrestha

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद आङटावा शेर्पालाई थुनामा राख्न अदालतले अनुमति दिएको छ । दुई दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । गत शुक्रबार पक्राउ पुर्जी जारी भएपछि शेर्पा सोमबार आफैं प्रहरी कार्यालय पुगेका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी रामेछापबाट निर्वाचित भएका थिए । शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणलाई जोगाउन बयान प्रभावित पार्ने प्रयास गरेको आरोप छ । उनलाई मतियारका रूपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – सरकारले जिउँदो शहीद भनेर चिनिएका मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राष्ट्रिय शहीद घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । २०६२-०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

Read More

काठमाडौं – टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय २ वर्ष कम भएको छ । सर्वोच्च अदालतले उच्च अदालत दिपालयको फैसला संसोधन गर्दै पाँच वर्षको जेल सजायलाई ३ वर्षमा झारेको हो । यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर पाँच वर्ष पुर्‍याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्‍याएको छ । यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका हुन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुख्य आरोपी रेशम चौधरीको सजाय भने सदर गरिदिएको छ । हाल…

Read More

काठमाडाैं – सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २–२ लाख बाँड्ने सरकारको निर्णयमा राेक लगाएकाे छ । सरकारकाे साे निर्णय तत्काल लागु गर्न राेक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अदालतले दुवै पक्षलाइ छलफलका लागि बाेलाएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश दिएको हो । सरकारलाई न्यायाधीश रेग्मीको इजलासले कारण देखाऊ आदेश पनि जारी गरेको छ भने जेठ ८ गते अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइ गर्नका लागि रिट निवेदक र सरकारी पक्षलाई सुनुवाइमा बोलाएको छ । सरकारको साे निर्णयविरुद्ध अधिबक्ता ज्ञानेन्द्रराज आरणनले रिट दायर गरेका थिए ।

Read More

काठमाडौँ – मधेस प्रदेशका सांसद माला कर्णले कर्मचारीले कमिसन बीना काम नगर्ने गुनासो गरेकी छन् । मङ्गलवार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रकी सांसद कर्णले यस्तो गुनासो गरेकी हुन् । कमिसनका कारण धेरै बजेटहरू कार्यान्वयन नभएको गुनासोसमेत उनले गरिन् । ‘कर्मचारी बिना पिसी काम गरिदिँदैनन् । सरुवा बढुवा जे पनि कमिसन, भ्रष्टाचार छानबिन उच्च स्तरीय समितिमा म पनि छु । तर पिसी र कमिसनको कारण धेरै बजेटहरू रोकिएको छ’, उनले भनिन् ‘भ्रष्टाचार नियन्त्रणमाथि सरकारको ध्यान जाओस् ।’ उनले थपिन् ‘‘मन्त्रीलाई फोन गर्दा उठ्दैन । हामीलाई अनुभूति हुने गरी काम होस्, व्यवस्था होस् । हामीलाई काम दिइयोस् । हामी बेकामका छौँ’,…

Read More

धनगढी – धनगढीमा स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ नेपाली (१४ लाख ४० हजार)सहित दुई युवक पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले धनगढी उपमहानगरपालिका–४ शहीदगेटबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० जुगेडाका २८ वर्षीय विजय राना र २९ वर्षीय अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए । धनगढीका एक व्यवसायीबाट स्रोत नखुलेको रकम लिएर मोटरसाइकलमा जुगेडातर्फ गइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको साउँदले बताए । उनकाअनुसार उनीहरूको साथबाट ९ लाख भारतीय रुपैयाँ (पाँच सय दलका १८ सय नोट) र ४१ हजार…

Read More

धनगढी – अस्पतालको लापरवाहीका कारण सुत्केरी महिलाको ज्यान गएको भन्ने समाचार प्रति निसर्ग अस्पतालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ विभिन्न संचारमाध्यममा अस्पतालको लापरवाहीले गर्दा सुत्केरी महिलाको ज्यान गएको भन्ने समाचार प्रकासित प्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपचारका क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको अस्पतालले प्रस्ट्याएको छ । अस्पतालले सोमबार पत्रकार सम्मेलन आयोजना गरी उपचारको क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको जानकारी दिएको हो । संचार माध्यममा उल्लेख गरिएकी गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापकाकारण राती अस्पतालको आक्समिकमा आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधरको मृटुको समस्याका कारण घरमै उनको मृत्यु भएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जनाएको…

Read More

खलङ्गा – चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन । घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ । उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए। “मौसम अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन,” उनले भने,…

Read More

झापा – भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो । बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गरेका थिए । बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताए । उनले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी…

Read More

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Read More