Author: Saru Shrestha

काठमाडौं – कोरोना संक्रमणबाट नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । काठमाडौं स्थिति वीर अस्पतालमा संक्रमणबाट ५७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।  थप एक संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार २० पुगेको छ । आज ७ सय ८३ को नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज तीन जना संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २१ पुगेको मन्त्रालयको भनाइ छ ।

Read More

काठमाडौं – गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराइरहेका चार जना किशोरी तनहुँमा मृत फेला परेका छन् ।  गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरी आज तनहुँमा फेला परेको गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए । महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए । किशोरीहरू विद्यालयबाट सम्पर्कविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टीका पदाधिकारीहरूसँग छलफलपछि सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छलफल गरेका हुन् । देउवालाई भेट्न नेपाल धुम्बाराहीस्थित देउवा निवास पुगेका थिए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको थियो । शुक्रबार बिहान एकीकृत समाजवादीका सांसदहरुले पनि देउवालाई भेटेका थिए ।

Read More

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

Read More

काठमाडौं – अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ । अमेरिकी नागरिक र ब्यांकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए । शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ । अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने…

Read More

धनगढी – बैतडीमा स्कारपियोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । दोगडाकेदार गाउँपालिका ५ की ६८ वर्षीया धुरी ठगुन्नालाई शुक्रबार दिउँसो १:३० बजेतिर स्कारपियोले ठक्कर दिएको हो । दार्चुलाबाट धनगढी आइरहेको भे१च २९५१ नम्बरको स्कारपियोले पैदल यात्री ठगुन्नालाई दोगडाकेदार गाउँपालिका ५ दोलीमा बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते ठगुन्नाको देब्रे खुट्टा भाचिएको र टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । स्कारपियो चालक दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँका २६ वर्षीय हरिसिंह कार्की र स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले विचार र नीति मिल्ने अन्य विभिन्न पार्टीसँग एकता र सहकार्यका लागि प्रक्रिया अघि बढाउने जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार, नीति र विधि मिल्ने पार्टीसँग एकता गर्दै अघि बढ्ने उल्लेख गरे । सङ्घीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विषय मिल्ने दलसँग मोर्चासमेत बनाएर अघि बढ्ने जानकारी दिए । अध्यक्ष नेपालले भने, “पहिले जनता समाजवादी पार्टी नेपालसँग वार्ताको प्रक्रिया आरम्भ गर्नेछौँ, विषय वस्तुको बारेमा छलफल हुनेछ, त्यसपछि सहकार्यका प्रक्रियादेखि पार्टी एकताको प्रक्रियासम्म कुराकानी हुनेछ । अन्य दलसँग पनि विभिन्न तवरमा कुरा हुनेछ ।” आफूहरु पार्टी…

Read More

महोत्तरी – महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो । निर्वाचित हुनेहरुमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित भएपछि पालिकाकै विकास र समृद्धि हुने जनताको अपेक्षा र विश्वास बढेको छ । ६ जना सांसद पाएको मनरा शिसवा नमुना नगरपालिका हुने धेरैले आशा राखेका छन् । ‘मनरा सिशवाका जनताको सर्वाङ्गीण विकाशमा हाम्रा ६ जना सांसदले अविस्मरणीय, उदाहरणीय प्रतिनिधित्व गर्नु हुनेमा हामी विश्वस्त छौँ,’…

Read More

काठमाडौं – सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ ।  सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए ।

Read More

दाङ – दाङमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका-४ सुनपुरका १९ वर्षीय बिक्रमभण्डारी, गढवा-६ का २८ वर्षीय मनोजकुमार यादव र २१ वर्षीय विशाल परियारलाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।  प्रहरीले तीन जनामध्ये भण्डारीलाई घोराही-१८ फुटबल ग्राउण्ड नजिकबाट ब्राउनसुगरसहित पक्राउ गरेको हो । यादव र परियारलाई लमही-४ अर्नवाबाट पक्राउ गरेको हो । प्रहरीले भण्डारीको साथबाट प्लाष्टिकसहित १ दशमलव १ ग्राम ब्राउनसुगर बरामद गरेको छ भने यादव र परियारको साथबाट ५ दशमलव ३२ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको छ । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता…

Read More