काठमाडौं – सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए । ‘राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,’ भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग…
Author: Saru Shrestha
तेहरान – इरानले एक युवतीको हिरासतमा मृत्यु भएको विरोध प्रदर्शनका क्रममा अर्धसैनिक बलका एक सदस्यको हत्या गरेको अभियोगमा दोषी ठहरिएपछि शनिबार दुई जनालाई मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ । डिसेम्बरमा दुई पुरुषलाई मृत्युदण्ड दिइएको थियो, जसले विश्वव्यापी आक्रोश फैलाएको थियो । हिजाब विरोधी प्रदर्शनमा सहभागी भएकालाई पक्राउ गरी सरकारले विभिन्न मुद्दा दायर गरेको छ । प्रदर्शनका क्रममा कम्तीमा चार सय जनाको मृत्यु भएको छ । सयौँ पक्राउ परेका छन् ।
दार्चुला – ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको हो । घटना बिहीबारको भएको भए पनि शनिबार मात्र सार्वजनिक रुपमा जानकारी आएको बताइएको छ । बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ । उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
काठमाडौँ – सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको गणना सुरु भएको छ। नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो। निर्वाचनमा दुई वटा समूहले प्यानलसहित मनोनयन दर्ता गरेका थिए। निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन्। लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले तथा सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा छन्। सहसचिवमा लोकतान्त्रिकबाट सुजन लोप्चन र प्रगतिशीलबाट सजिता शाक्य…
धनगढी – कैलालीमा फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले मनहेराबाट पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका–१ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारुलाई प्रहरीले पक्राउ गरेको हो । २०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट पक्राउ गरेको हो ।
काठमाडौँ – श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि उटाहका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासू र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्। घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा घटेको हो । प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायसी समस्याका कारण हत्या भएको बताए पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्ध विच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् ।
काठमाडौँ – काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले ठुलो संख्यामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । काठमाडौँ जिल्लाबाट शुक्रवार ३२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए । पक्राउ पर्नेमा किर्ते मुद्दा, जुवा, सरकारी छाप दस्तखत किर्ते, नकवजनी चोरी, लागुऔषध र वैदेशिक रोजगार ठगी लगायत मुद्दाका फरार छन् । फरार अभियुक्तहरूलाई पक्रेर प्रहरीले अदालतमा पेस गरेको छ । अदालतले पक्राउ परेकाहरूलाई ११ महिना २८ दिन कैद राख्न र ३ लाख ३० हजार जरिवाना असुल गर्न आदेश गरेको छ ।
पोखरा – पोखरामा अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आएसँगै पोखराको ब्राण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडान पनि स्थानान्तरण भएको छ । यसअघि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङ उडान ५ किलोमिटर पर मान्द्रेढुंगामा सारिएको हो । सराङकोटबाट मान्द्रेढुंगामा सारिएको प्याराग्लाइडिङको अहिले परीक्षण उडान चलिरहेको छ । अन्तराष्ट्रिय उडान हुने रुटको वरिपरी उड्न नमिल्ने भएपछि स्थानान्तरण गरिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले अहिले मान्द्रेढुंगाबाट परीक्षण उडान गरिएको र त्यहाँबाट पनि सम्भव नभए पोखराबाटै हटाउनुपर्ने अवस्था आउने बताए । ‘जहाजको सुरक्षा पहिलो सर्त हो । उडान नै अप्ठ्यारोमा पर्ने गरी प्याराग्लाइडिङलाई आकाश छोड्न सकिँदैन,’ उनले भने, ‘सकेसम्म पोखराबाट प्याराग्लाइडिङ नहटाऔं भनेर…
बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय युवतीको विषयमा स्थानीयबीचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाइते भएका उनलाई उपचारको लागि जितगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।
बुटवल – बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।