Author: Saru Shrestha

काठमाडौँ – नेकपा एमालेका नेता डा.भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि ठूलो गद्दारी भएको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए । उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरू नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको बताए । उनले नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका…

Read More

काठमाडौँ – पहिलो संविधानसभा सदस्य तथा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण मेहताको निधन भएको छ । सिरहाको लहान नगरपालिकाका ८ घर भएका मेहताको ७६ वर्षको उमेरमा आज निधन भएको हो । ०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट मेहता सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । फोरम विभाजित भएर गठित तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) रोजेपछि मेहता राज्यमन्त्री बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी राजनीतिबाट टाढिएका थिए ।

Read More

जुम्ला- यार्सा टिप्न पाटन गएका जुम्लाका ३ जना हिम पहिरोमा पुरिएर बेपत्ता भएपछि हेलिकोप्टरबाट उद्धार टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाले घटनास्थलमा २१ जनाको उद्धार टोली त्यहाँ पुगेको जानकारी दिए । प्रजिअ थापाका अनुसार मंगलबार त्यहाँ उद्धार टोली पुगेपनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन् । सोमबार विहान हेलिकोप्टरमार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो । छापाखोलाबाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले आज खोज्न नसकी फिर्ता भएको छ । हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी…

Read More

काठमाडौं – पार्टी एकताका विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच छलफल भएको छ। सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा नेपाल र गौतम लगायतका नेताहरुबीच पार्टी एकताबारे छलफल भएको हो । उक्त छलफलमा सहभागी एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठका अनुसार गौतम एकीकृत समाजवादीसँग एकतामा आउन सकरात्मक भएका छन् । नेपाल र गौतमबीच यसअघि पनि पार्टी एकताबारे पटक-पटक छलफल भएको थियो । गौतमले एकताका लागि जनताको बहुदलीय जनवाद (जबज)लाई एकीकृत समाजवादीले स्वीकार गरेर जानुपर्ने शर्त राखेका थिए । एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न अस्वीकार गरेको छ । श्रेष्ठले पार्टी एकताका लागि त्यसबारे पछि…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता गठबन्धन बदल्न सुझाव दिएका छन् । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै उनले वर्तमान सत्तागठबन्धनमै कायम रहँदा सफल हुन नसक्ने भएकाले प्रचण्डले गठबन्धन बदल्नु पर्ने बताएका हुन् । सत्ता सहयात्राको जोडी बदल्नुपर्ने कारणबारे उनी थप्छन्, ‘यो जोडीलाई ‘कर्मचारीले विश्वास गरेको छैन । विदेशीले विश्वास गरेको छैन। नेपाली लगानीकर्ताले विश्वास गरेको छैन ।’ २०७८ साल असारमा एमाले नेतृत्वको सरकार ढलेपछि नेपालका निजी क्षेत्र समेत उत्साहित हुन नसकेको उल्लेख गर्दै उनले नेपालको निजी क्षेत्रले समेत कांग्रेस र माओवादी नेतृत्वको संयुक्त…

Read More

काठमाडौँ – विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Read More

काठमाडौं – सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। सरुवा हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरू रहेका छन्। अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ। सूचीसहित:

Read More

काठमाडौँ – सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

Read More

काठमाण्डौ – कक्षा ९ देखि १२ सम्म सामाजिक अध्ययन विषयको परीक्षामा नेपाली भाषामै उत्तर लेख्नुपर्ने भएको छ । कतिपय विद्यालयले सामाजिक अध्ययन विषय अङ्ग्रेजी माध्यममा पढाइ भइरहेकोले नेपाली वा अङ्ग्रेजीमा परीक्षा दिन पाउनुपर्ने भनी विवाद गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नेपाली भाषामै उत्तर लेख्नुपर्ने बताएको हो । यसअघि कार्यालयले सुझाव लिनका लागि भन्दै नेपालीरअङ्ग्रेजी दुवै भाषामा नमुना प्रश्नपत्र सार्वजनिक गरेपछि यस विषयमा दुविधा बढेको थियो । आज मङ्गलवारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पनि सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा नै दिइने कार्यालयले जनाएको छ । यो विषयमा यसअघिकै व्यवस्था कायम भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ…

Read More

काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। प्रहरीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

Read More