काठमाडौँ – राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको त्रिपुरेश्वरस्थित कार्यालयको निरीक्षण गरेको छ। टोलीले विभागका महानिर्देशक, प्रशासन र सफ्टवेयरको प्राविधिक सपोर्ट गर्ने टिमसँग अहिले देखिएको समस्याका बारेमा विस्तृत छलफल पनि गरेको छ। प्रधानमन्त्री कार्यालयको प्राविधिक टिमले सम्झौताअनुसार कम्पनीले समस्या हल नगरेको र कम्पनीका कारण जनताले सास्ती भोग्नुपरेकाले तत्काल समस्या हल गर्न निर्देशन दिएको छ। यसका लागि कम्पनीको केन्द्रीय कार्यालयबाट नै प्राविधिक झिकाएर तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो। छलफलमा सेवाग्राहीले लामो समय लाइनमा नबसी राहदानी पाउने व्यवस्थाका लागि आवश्यक संरचनात्मक तथा नीतिगत सुधार वा परिमार्जनका…
Author: Saru Shrestha
जुम्ला – जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु गएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको हो । मंगलबार दिउँसो १ बजे रुखबाट लडेर घाइते हुनुभएकी रोकायालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि ल्याइएको थियो । उनको उपचारको क्रममा आज मृत्यु भएको हो ।
काठमाडौँ – जिल्ला प्रहरी कार्यालय मोरङले करिब २८ लाख मूल्य बराबरका सामान विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । भन्सार छली गरी विभिन्न नाकाबाट चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरी बुझाइएको हो । विगत एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयसमेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली, चोरी, पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्ट्स, ग्यास चुलोको बर्नरलगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको चौपायासमेत गरी भन्सारमा बुझाइएको जनाइएको छ । प्रहरीका अनुसार अन्दाजी मूल्य २७ लाख ९२ हजार ६८३ रुपैयाँ बराबरको सामान तथा चौपाया बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला…
काठमाडौं – अवैधरुपमा लागूऔषध बिक्री तथा ओसारपसार नियन्त्रणका लागि काठमाडौंको सीमानाकामा प्रहरीले उच्च निगरानी बढाएको छ । पछिल्लो एक सातामा मात्रै प्रहरीले ठूलो परिमाणको लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट खैरो हेरोइन ७४ ग्राम, नाइट्राभेट चार हजार पाँच सय ट्याब्लेट र एक सय ५५ दशमलव ५ ग्राम चरेस बरामद गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार उनीहरुको साथबाट नुफ्रिन एक हजार एम्पुल, डाइजेपाम एक हजार एम्पुल र फेनारगन पनि एक हजार एम्पुल बरामद गरिएको छ । पछिल्लो केही दिनदेखि लागूऔषध कारोबार तथा तस्करी नियन्त्रण र अनुसन्धानमा खटिएको प्रहरी टोलीले उपत्यकाका…
काठमाडौँ – धनुषा मुख्यापट्टी मुसरनिया गाउँपालिका २ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ । बुधबार धनुषा प्रहरीले उनको हत्यामा संलग्न तीनजनालाई सार्वजनिक गरेसँगै सुपारी दिएको खुलेको छ । हत्यामा उनको छोरा प्रदीप, ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यही पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी…
काठमाडौँ – बालुवाटार बैठकमा न्यूनतम साझा कार्यक्रमबारे सत्ता साझेदार दलहरूले जिज्ञासा राखेका छन् । त्यसका लागि गठित समितिमा रहेका सदस्यहरूले थप एक दिन माग गरेका छन् । भोलिसम्म काम सकेर दोस्रो बैठक शुक्रबार बस्ने सहमति सत्ता साझेदार दलका शीर्ष नेताबीच भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनुअघि सरकारको न्यूनतम साझा कार्यक्रमबारे दलहरूको साझा धारणा आउने छ । प्रधानमन्त्री प्रचण्ड धेरैवटा दललाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने बाध्यतामा छन् । त्यसका लागि मन्त्रालयहरू नै फुटाउने चर्चा चलेको छ । बैठकमा सहभागी दलहरूले यसबारे उनीसँग जिज्ञासा राखेका थिए । प्रचण्डले भने बाहिर आएका चर्चा गलत भएको प्रष्टीकरण दिए ।…
काठमाडौं – संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो । संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।
काठमाडौँ – नेपाल टी-२० लिगमा म्याच फिक्सिङ भएको हुनसक्ने आशङ्का सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए । गृहबाट आएको निर्देशनका आधारमा प्रहरी प्रधान कार्यालयले सीआईबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । त्यही आधारमा छानबिन थालिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरू सार्वजनिक भएसँगै सीआईबीले यसमा चासो देखाएको थियो । गृह र प्रहरी प्रधान कार्यालयबाट पत्राचार नै भएपछि छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु भएको छ । काठमाडौँ नाइट्स क्लबका…
धनगढी – कञ्चनपुरमा २२ वर्षीय एक युवक मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम विष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन् । आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं – सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो । बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ । साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।