भैरहवा – सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ । स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहन्थे । सोही क्रममा उनी आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुगेका थिए । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताए । “मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै…
Author: Saru Shrestha
काठमाडौं – अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौँ अवतरण गर्ने उडान तालिका रहेको छ । डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौँ विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा…
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ। पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो। पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्। पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्। केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो।
नाइजेरिया – नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको छ । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ । शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मंगलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए । “१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने ।
काठमाडौँ – टेल विन्ट (दक्षिण बहने सतही हावा) को कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण हुन सकेको छैन । इयर इन्डिगोको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसकेर इन्डियाको लखनउ डाइभर्ट भएको छ । दिल्लीबाट काठमाडौँ आएको एयर इन्डिगोको जहाजले काठमाडौँको आकाशमा होल्ड गर्दा टेल विन्टको कारण अवतरण गर्न नसकेपछि डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण साइडबाट अवतरण गर्छन् । जहाज अवतरण गर्नको लागि ‘टेल विन्ट’ को बेग १० देखि १२ नटिकल माइल हुनुपर्छ । तर, काठमाडौँको आकाशका ‘टेल विन्ट’ गति १७ नटिकल माइल पुगेको थियो । जसले गर्दा एयर इन्डिगोको जहाजले…
काठमाडौं – पर्साको बिन्दबासिनीमा स्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ परेका छन् । भारतको पूर्वी चमपारणग्राम पञ्चायत भेलाहीका ४० वर्षीय धनञ्जयकुमार गुप्ता र २६ वर्षी मुसाहेब आलमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी प्रसौनीभट्टाबाट खटिएको टोलीले उनीहरुलाई स्रोत नखुलेको उक्त रकमसहित बिन्दबासिनी गाउँपालिका ५, प्रसौनिभट्टाबाट नियन्त्रणमा लिएको बताइएको छ । वीरगञ्जबाट प्रसौनिभाटातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०५ एस ४७०२ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नयाँ मन्त्री बन्ने सांसदहरुको नाम बोकेर काठमाडौँबाट धनगढी फर्किएका छन् । उनी नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्ने सांसदहरुको नाम बोकेर धनगढी फर्किएका हुन् । सांसदहरुको नाम लिएर मुख्यमन्त्री शाह धनगडी फर्किएसँगै भोलि सम्ममा मन्त्रिपरिषद् विस्तार गरिने बुझिएको छ । नयाँ मन्त्री बन्ने सांसदको नाम भने शाहले सार्वजनिक गरेका छैनन् । २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सत्तारुढ गठबन्धनमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन सकेका छैनन् । मन्त्रिपरिषद् विस्तार गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै शाह शिर्ष नेतालाई भेट्न भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश दे्उवा, माओवादी संसदीय दलका नेता खगराज भट्टलाई साथमै…
धनगढी – कैलालीको चुुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले वास्तविक पहिरो पीडितको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । २०७६ को वर्षाका कारण आएको पहिरोले बिस्थापित भएका चार सय १८ परिवार वडा नम्बर ४ को जंगल क्षेत्रमा बसिरहेको भन्दै उनले वास्तविक पीडित पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्ने बताए । सामुदायिक वन र स्थानीय प्रशासनसँगको समन्वयमा अर्को व्यवस्था नभएसम्मका लागि उनीहरुलाई यथास्थानमा बस्न दिने सहमती भएपनि अहिले वनले उठाउन खोजेपछि अध्यक्षले वास्तविक पीडितको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै बोगटीले कतिपय नक्कली पहिरो पीडित समेत उक्त सूचीमा अटाएको भन्दै त्यसको छानविन गरेर वास्तविक पीडितको पहिचान गर्नुपर्ने बताए…
कैलाली – कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन्। जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन्। विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ। तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन्। विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो। सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन्। विद्यार्थी सुरजा प्याकुरेल…
कैलाली – राष्ट्रिय युवा संघ नेपालकी सचिव विष्णा चन्दले आफूमाथि अपमान भएको भन्दै पदबाट राजीनामा दिएकी छन् । आफूमाथि महिला भएकै कारण अपमान भएको उल्लेख गर्दै चन्दले राजीनामा दिएको जनाएकी छन् । कुनैपनि किसिमका अपमान स्वीकार्य नहुने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएको पत्रमा उल्लेख छ । उनी संघको नवौं महाधिवेशनबाट महिलातर्फको सचिव बनेकी थिइन् । उनी सुदूरपश्चिमकी हुन् । ्