Author: Saru Shrestha

काठमाडौँ – नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् । प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट पारिन् । उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन् । उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन् । उनले भनिन्, “एउटा…

Read More

काठमाडौँ – नेपाल सरकारका १६ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को पदस्थापन तथा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) अपराह्न अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो । सूची: 2080.01.24U.SDownload

Read More

काठमाडौँ – नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक(एसपी)हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) मा नियुक्ति दिइएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार आइतबार जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ गरी २१ जनालाई बढुवा नियुक्ति गरिएको हो । बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको थियो। ssp-niyukti-2080-01-24Download

Read More

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले नेतृत्व, पार्टी, पद्धति अनुसार अझैपनि चल्न नसकेको बताए । उनले आफूले पटक पटक मौनता साँधेको तथा साथीहरूलाई सम्झाएको प्रसँग निकाल्दै अब सहन नसकिने बताए । ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ,’ थापाले भनेका छन्, ‘म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे,…

Read More

एजेन्सी – जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो । बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए । बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको…

Read More

धनगढी – संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषयमा नेपालका प्रमुख दलका नेताहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५औं युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरूले गैरआवासीय नेपालीहरूका मुद्दामा एक मत जाहेर गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । चेक रिपब्लिकमा जारी १५औं यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी स्पष्ट व्यवस्था रहेकोले…

Read More

काठमाडौँ – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । २० वैशाखमा जिल्ला अदालत काठमाडौँले पाण्डेलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त ३ दिनको म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो । त्यसपछि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए । पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक भोलि (सोमबार) बिहान ११ बजेका लागि तय गरिएको छ । आजको बैठकमा कानुन, न्याय संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० पेश गरेका छन् । आजको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

Read More

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छिन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले विभिन्न राजनीतिक आन्दोलनमा जनतामा जागरण ल्याउन पत्रकारिताले एतिहासिक भूमिका निर्वाह गरेको बताए । “पञ्चायतकालको कालरात्रिमा जनतालाई जागरुक बनाउन नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको ऐतिहासिक भूमिका हामी युगयुगसम्म सम्झिरहने छौंँ”, उनले भने । राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने र यसमार्फत जनताको जीवनस्तरमा रुपान्तरण ल्याउनु राजनीति र पत्रकारिता दुवै क्षेत्रको दायित्व भएको उनको भनाइ छ । उनले समाजका हरेक क्षेत्रमा नकारात्मकताको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई चिर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुनुपर्ने…

Read More

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै उनले पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट पारेका छन् । आइतबार हेटौँडामा पत्रकारसँग कुराकानी गर्दै डा. भट्टराईले पुराना राजनीतिक शक्तिहरूले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउँदै वैकल्पिक शक्तिका रूपमा स्थापित हुने आफ्नो अभियान जारी नै रहेको बताए । ‘वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि हुनु जायज हो । अब यो विषयमा अग्रगामी समाधान गरिनुपर्छ ।वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न सक्दैन,’ उनले भने । आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि…

Read More