काठमाडौँ – संघीय संसद सचिवालयले राजनीतिक दलहरुलाई सोधेर कुन पार्टी कुन बेञ्च (सत्तापक्ष वा प्रतिपक्ष) मा बस्ने भनेर सोधेको छ । दलहरूले दिएको जवाफका आधारमा प्रतिनिधिसभा भवनमा सिट व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अधिकारीहरूका अनुसार ‘एकीकृत समाजवादीले प्रतिपक्षी बेञ्चमा बस्छौँ’ भनी जानकारी गराएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार बिहान मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सन्दर्भमा एकीकृत समाजवादी सकारात्मक रहेको जवाफ दिएका थिए । तर, एकीकृत समाजवादीले संसद सचिवालयलाई भने आफूहरूलाई प्रतिपक्षी बेञ्चमा राखिदिन भनेको हो । प्रधानमन्त्री प्रचण्डले मङ्गलवार विश्वासको मत…
Author: Saru Shrestha
काठमाडौ – सात प्रदेशका मुख्यमन्त्रीको भागबण्डा टुङ्ग्याउन सत्ता साझेदार दलको बैठक जारी भएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा खासगरी प्रदेशका मुख्यमन्त्रीको भागबण्डाबारे टुङ्गोमा पुग्ने नेताहरुले बताएका छन् ।
काठमाडौं – दैलेखको भैरवी गाउँपालिका-४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाएर आत्महत्या गरेका छन् । शनिबार राति आफ्नै घरमा आगो लगाएका विक आइतबार बिहान आधा शरीर जलेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । विकले घरमा आगो लगाएपछि स्थानीयवासीले खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । नरेश मजदुरीका लागि भारतमा भएकै वेला उनकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन् । त्यस घटनापछि मानसिक रूपमा विक्षिप्त भएका नरेश दुई दिनअघि मात्रै घर फर्केका थिए । श्रीमती र चार छोराछोरीलाई छिमेकीको घरमा बस्न पठाई उनले आफ्नै घरमा आगो लगाएको दैलेख प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । घर जलेर करिब तीन…
अछाम – अछाममा ३४ वर्षीय एक जना मृत फेला परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय संजयबहादुर विष्ट मृत फेला परेका हुन् । कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका बिष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन् । ‘हामीले प्रतिपक्षी बेञ्चमा बस्ने भनेर संसद सचिवालयलाई जानकारी गराएका छौँ’ उनले भनिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन् । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ । ‘प्रधानमन्त्रीलाई विश्वासको मत भोलि (सोमबार) नै दिने होइन । यसकारण भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौँ’, श्रेष्ठले…
सिरहा – सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ । खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो । मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ । महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले…
विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए । बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी…
काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि शिक्षा र स्वास्थ्यजस्ता महत्त्वपूर्ण क्षेत्रको विकासका लागि तीन तहकै सरकार एक भएर अघि बढ्नुपर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सांसद सिंहले स्थानीय सरकारमार्पmत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने धारणा राखे । कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदा मन्त्री दीपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड…
काठमाडौँ – सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो ।
धनगढी – पुस १० गते माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) लाई प्रधानमन्त्री बनाउन समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने बारेमा छलफल अघि बढाएको छ । टिकापुर घटनाका विषयमा छानविन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, देविराम शर्मा समितिको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका रेशम चौधरी सहति नेता कार्यकर्ताको रिहाईको प्रक्रिया अघि बढाए मात्रै प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने नागरिकको अडान छ । तर हाल सम्म नागरिक उन्मुक्ति पार्टीले अघि सारेका मागका विषयमा हाल कायम रहेको शत्तारुढ गठबन्धनमा भने खास्सै छलफल नभएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । ‘प्रधानमन्त्री बनेपछि…