सुदूरपश्चिम प्रदेश सरकार निर्माणका लागि निर्णायक तहमा रहेको नागरिक उन्मुक्ति पार्टीले तत्काल कसैलाई पनि समर्थन नगर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ताको रिहाइको माग नागरिक उन्मुक्तिले गरेको छ । ती नेता कार्यकर्तालाई रिहाई नगरी प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टी सुदूरपपिश्चम संसदीय दलका नेता रामेश्वर चौधरीले बताए । ‘केन्द्रमा अहिले हाम्रो पार्टीले सरकारसँग छलफल गरिरहेको छ,’ चौधरीले भने, ‘सरकारले उहाँहरुलाई छुटाउने पहल गरेमा हामी सरकार निर्माण प्रक्रियामा सहभागी हुनेछौं, अन्यथा केन्द्रको निर्णय नभई हामी सरकार निर्माण प्रक्रियामा जाँदैनौं ।’ नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको अवस्थामा सुदूरपश्चिम प्रदेश…
Author: Saru Shrestha
धनगढी – सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सदस्यले शपथ लिँदा आफ्नो मातृ भाषाको प्रयोग गर्न पाउनेछन् । पुस १५ गते १ बजे हुन लागेको नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानीय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेस गरेका हुन् । जसमा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ लिने भन्दै निवेदन पेस गरेको सूचना अधिकारी युवराज जैसीले बताए । नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर…
जोहेनसवर्ग – दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा चार दिनदेखि चलेको लडाइँमा नुयर समुदायका युवाहरूले अर्को जातीय समूहलाई आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीले मंगलबार बताएका छन् । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भूभाग दशकौंदेखि झगडा र गाईवस्तु र जमिनको विषयलाई लिएर द्वन्द्वले ग्रस्त छ । गुमुरुक काउन्टी र लिकुआंगोल काउन्टीमा डिसेम्बर २४ मा मुर्ले समुदायमा सशस्त्र नुयर युवाहरूले आक्रमण गरेका ग्रेटर पिबोर प्रशासनिक क्षेत्रका सरकारी अधिकारी अब्राहम केलाङले बताए । ‘सरकारले समुदायहरूलाई मद्दत गर्न प्रबन्ध गरिरहेको छ, तर लडाई अझै जारी छ’ केलंगको भनाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । झडपमा ५१ जना…
काठमाडौं – प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्ने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।
काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए । लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।
काठमाडौं – बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको भाटभटेनी सुपर मार्केटलाई उपभोक्ता ठगी गरेको आरोपमा साढे दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनपश्चात सुपर मार्केटलाई दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । अनुगमन टोलीले मंगलबार गरेको अनुगमनका क्रममा उपभोक्तालाई झुक्याएर ठगी गरेको पाइएपछि कारबाही गरिएको सहायक प्रजिअ कँडेलले बताए । भाटभटेनी सुपर मार्केटको हेटौँडा आउटलेटमा राखिएको उत्पादनको बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग मिति उल्लेख नगरिएको चिनी र पुनः प्याकिङ गरेका नुनका प्याकेटहरू बिक्रीका लागि राखिएको पाइएको उनले जानकारी दिए । टोलीले…
काठमाडौं – प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने संकेत गरेका छन् । प्रधानमन्त्री दाहालले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाट हुने सम्भावना रहेको बताएका हुन् । आफूलाई पहिलो पटक जहाँबाट भ्रमणको निम्तो आउँछ, म त्यहीँ नै जाने प्रचण्डले बताए । दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा पहिलो पटक भारतको भ्रमण नगरिकन बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा चीन पुगेका थिए । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्परालाई उनले तोडेका थिए । दाहालले अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको रुपमा सोमबार नियुक्त भएलगत्तै भारतीय पक्षबाट…
काठमाडौँ – सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ पुस १५ गते हुने भएको छ । आज एक सूचनामार्फत प्रदेश सभा सचिवालयले पुस १५ गते दिउँसो १ बजे शपथ हुने जानकारी दिएको हो । सचिवालयका प्रमुख देबबहादुर बोगटीका अनुसार प्रदेश सभा सदस्यहरूको शपथ स्थानीय भाषामा हुनेछ । आफ्नै भाषा (मातृभाषा)मा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् । संविधानको धारा १८२ को उपधारा ५ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को…
दार्चुला – दार्चुलाको महाकाली नगपालिका वडा नं ४ बंगाबरस्थित एक किराना पसलबाट प्रहरीले चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको जनाएको छ । मंगलबार बेलुकी करिब ७ बजेतिर बंगाबरस्थित महादेब किराना पसलबाट ३ किलो ८सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी गोविन्द प्रसाद भण्डारीले जानकारी दिए । विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा खटिएको टोलीले ३ किलो ८सय ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको उनले बताए। चरेस जस्तो देखिने कालो पदार्थ बरामद संगै प्रहरीले किराना पसलका संञ्चालक विर सिह लोथ्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस…
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिक परिवर्तन आएको बताए । राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखे । राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन…