Author: Saru Shrestha

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन् । सोमबार साँझ धुम्बाराही पुगेर प्रचण्डले देउवासँग विश्वासको मत मागेका हुन् । जवाफमा देउवाले भोलिको संसदीय दलबाट निर्णय गर्ने बताएको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि भोलि बिहान ९ बजे काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दैछ ।

Read More

वीरगञ्ज – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो । वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

चितवन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।  गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।

Read More

पोखरा-जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध चरेशसहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाँउपालिका वडा नम्बर १२ घर भएका वर्ष ३५ का विरेन शाही रहेका छन् । यहि पुस २२ गते साँझ ६:३० बजे पोखराको पृथ्वीचोकबाट उनी पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले शंका लागेर उनको खानतलासी गर्दा चरेश बरामद भएको प्रहरीले जनाएको छ । उनको साथमा रहको झोलाबाट लागूऔषध चरेश ३ केजी ३०० ग्राम र मोवाईल थान एक थान बरामद भएको बताइन्छ । पक्राउ परेका शाहीलाई कास्की जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवाको निवासमै पुगेका हुन । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले भने सोमबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा आफूलाई सिंगै संसदले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया…

Read More

काठमाडौं- सात दलीय सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो ।

Read More

काठमाडौं- सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।

Read More

अत्तरिया – हुस्सु र सितलहर बढेसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालयहरु ४ दिन बन्द गरिने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकुलताका कारण पौष २६ देखि २९ सम्म विदा दिने जनाएको हो । नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्धारा जारी जारी सूचनामा शैक्षिक शत्रको संञ्चित जाडो विदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरुमा जाडो विदा थप गर्ने निर्णय गरिएको उल्लेख छ । सूचनामा विदा अवधिमा विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरुले अतिरिक्त कक्षा तथा अतिरिक्त कृयाकलाप संचालन गर्न सकिने उल्लेख छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई नेतृत्व दिने गरि सरकारमा जाने तयारी गरेको छ । आफनो माग र मुद्दालाई अघि सारि केन्द्रमा सरकारको समर्थन गरेपनि प्रदेशमा अनिर्णित उन्मुक्तिलाई फकाएर प्रदेश सरकारमा जाने प्रयासमा काँग्रेस देखिएको हो । नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, नेपाली काँग्रेस प्रदेश सभापति विरबहादुर बलायर लगायतका प्रदेश सभा सदस्यहरुले डिल्लीबजार कारागारस्थित उन्मुक्तिका नेता रेशम चौधरीसंग भेटवार्ता गरेका छन् । ‘उन्मुक्तिले कुनै पनि निर्णय दिन सकेको छैन । सो पार्टी बिना प्रदेश सरकार बन्ने सम्भावना छैन्’ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले भने ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिएर काँग्रेस सरकारमा जान तयार रहेको छ…

Read More

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शंखरापुर नगरपालिका-३ बजिनीमा निर्माण गरिने अपर तामाकोसीको विद्युत् प्रसारण लाइन लप्सिफेदी सबस्टेशन अन्यत्र सार्न नसकिने प्रतिक्रिया दिएको छ । आफ्नो भूमि फिर्ता गर्न आन्दोलनरत स्थानीयलाई लक्षित गर्दै प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । स्थानीयले गरेका मागहरू पनि पूरा गर्ने प्राधिकरणले प्रतिबद्धता समेत जनाएको छ । प्राधिकरणले २०७४ सालमै स्थानीयको जग्गा अधिग्रहण गरी ७० जना जग्गाधनीको १७० रोपनी जग्गाको मुआब्जा दिएको जनाएको छ । जग्गाधनीलाई मुआब्जा वितरण भइसकेकाले सबस्टेशन अन्यत्र सार्न नसकिने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।बजिनीका स्थानीय ९ दिनदेखि आन्दोलनमा छन् । प्राधिकरणको सबस्टेशन र हाइटेन्सनका कारण बैंकले जग्गा धितो नलिने, स्थानीयको…

Read More