काठमाडौँ- भिजिट भिसामा दुबई जाने क्रममा शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट फर्काइएकी मुगुकी २४ वर्षीय रमिता बस्नेत (नाम परिवर्तन) लाई आफ्नै बैङ्किङ विवरण र खातामा कति रकम छ भन्नेसमेत जानकारी छैन । धादिङकी सुनिता तामाङ र मोरङकी कमला दर्जी (दुवैको नाम परिवर्तन)लाई दुबई पुगेर कहाँ जाने र के गर्ने भन्नेसम्म थाहा छैन । यो केही प्रतिनिधि पात्रको अवस्था मात्र हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पछिल्ला तीन दिनमा भिजिट भिसाको आवरणमा वनावटी र नक्कली कागजपत्र प्रयोग गरी खाडी मुलुक जान लागेका ११४ जना युवती र १०३ युवक गरी २१७ जनालाई विमानस्थलबाट फर्काइएको थियो । फर्काइएका अधिकांशको कागजपत्र नक्कलीसमेत रहेको…
Author: Saru Shrestha
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसित सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीले नागरिकता विधेयकका विषयमा छलफल गरेका छन् । सोमबार दिउँसो कांग्रेस पदाधिकारीहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका थिए । आफूहरूले नागरिकता विधेयकका विषयमा कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए । “यो विधेयक केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको थियो र त्यही विधेयक प्रतिनिधिसभाले पारित गरेको हो भनेर प्रधानमन्त्रीज्यूले समेत भन्नुभयो,” ती नेताले भने । ती नेताका अनुसार राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनका विषयमा चासो राखेकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्नेमा जोड दिइन् । राष्ट्रपति भण्डारीसित भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री…
काठमाडौं- बैतडीमा औषधि अभावको अभाव भएको छ। जिल्लाको दोगडाकेदार, डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संस्थामा निःशुल्क पाइने औषधिको अभाव भएको हो। दोगडाकेदारको न्वाली स्वास्थ्य चौकी, डिलाशैनीको डडिया आधारभूत स्वास्थ्य केन्द्र र रुद्रेश्वर स्वास्थ्य चौकीमा अनुगमन गर्दा निःशुल्क औषधिको अभाव भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। सरकारले स्वास्थ्य चौकी तहबाट ३८ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको भए पनि यहाँ केही औषधिको अभाव रहेको छ। विशेषगरी ती स्वास्थ्य संस्थामा सुत्केरी हुँदा छिटो प्रसूति बेथा लगाउने सुई अक्सिटोसिन अभाव रहेको उनले बताए। अहिले स्वास्थ्य संस्थाहरूमा सम्बन्धित पालिकाहरूले नै औषधि आपूर्ति गर्दै आएका छन्। औषधि खरीद गर्न पालिकामै बजेट हुने भएकाले…
काठमाडौँ – नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तराई मधेस लोकतान्त्रिक पार्टीले विरोध प्रदर्शन गरेको छ । आइतबार जनकपुरधामस्थित जनक चोकमा तमलोपा धनुषाले ‘विभेदी मानसिकताको खोल पोल’ भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्न दबाब दिने उद्देश्यले विरोध प्रदर्शन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको कार्यकर्ताको बनेको आरोप लगाउँदै तमलोपाका कार्यकर्ताहरूले उनको विरोधमा चर्का नाराबाजी समेत गरेका छन् । तमलोपाकी नेतृ विभा ठाकुरले पछिल्लो पटक जस्तै यस पटक पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने हो कि भन्ने आफूहरूलाई शङ्का लागेको कारण आन्दोलन गर्नु परेको बताइन् । उनले यसपटक बदमासी भएमा कडा आन्दोलन गर्ने चेतावनी समेत दिइन् ।
काठमाडौँ – सर्वोच्च अदालतले सशस्त्र प्रहरी बललाई विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत खाली राखेर अरू पदमा मात्र पदपूर्ति गर्न अन्तरिम आदेश दिएको छ । सशस्त्र प्रहरी बलले गत साउन १३ गते कर्मचारी भर्नासम्बन्धी सूचना प्रकाशन गरेको थियो । जसमा थारु समुदायका लागि आरक्षण पद नछुट्याएको भन्दै अधिवक्ता वुद्धसेन चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले ६ भदौमा सशस्त्र प्रहरी बललाई थारु समुदायको जनसङ्ख्याको अनुपात बराबरको सिट संख्या अर्थात् कुल विज्ञापन गरेको पदमध्ये ६.६ प्रतिशत पदमा रिटको अन्तिम टुङ्गो नलागेसम्म पदपूर्ति नगर्न अन्तरिम आदेश जारी गरेको हो । यसअघि सर्वोच्च अदालतले…
हेटौँडा – हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिला सेनाको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो। पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन्। घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए। मृत्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य…
काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावबारे संसदीय सिफारिस समितिलाई ‘प्रमाण’ उपलब्ध गराएको छ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम एसोसिएसनको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने ‘आधार’ प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको जनाइएको छ । प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारलाई पेस गरिएको छ । एसोसिएसनले महाअभियोग प्रस्ताव पारित गरेर जबरालाई पदमुक्त गरिदिन पनि संसद्लाई आग्रक गरेको छ । JabaraDownload
काठमाडौँ – घरेलु टोली केन्याविरुद्धको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाए । रोहित पौडेल २९ रनमा आउट हुँदा पवन सर्राफले २० रन बनाए । आदील अन्सारीले १६ रन जोड्मादा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । केन्याका भिराज पटेल र युगिनी ओचिङले…
काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासङ्घ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका हुन् । हाल घोषणा गरिएको विद्यालय बन्द कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठन पाठन सहज हुने वातावरण सिर्जना गर्न समेत आग्रह गरेको छ । गत १ भदौदेखि आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरूले आजदेखि थालिएको विद्यालय बन्द घोषणा गरेका छन् । आज देशभरका ८० प्रतिशत भन्दा…
काठमाडौं – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका–५ धनाडामा पहिरो खसेका कारण सवारी साधन प्रभावित भएका छन् । पहिरोका कारण मुगु जुम्ला चल्ने सवारी साधन आज बिहान सवा ८ बजदेखि प्रभावित भएका हुन् । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । म्याग्दीको रघुगंगा नगरपालिका–२ बैशरीमा पहिरो खसेका कारण बेनी जोमसोम सडक खण्ड अबरुद्ध भएको छ । आज बिहान पौने १२ बजेदेखि पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसिरहेका कारण तत्काल हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।