लमजुङ – लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ । मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर(भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए । उनले भने, ुउक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला(१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई…
Author: Saru Shrestha
काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत उपलब्ध गराउने भएको छ । नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव भएको हो । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खर्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।
काठमाडौं – नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १२ हजार पुगेको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १२ हजार पुगेको हो । बितेको चौबिस घण्टामा नेपालमा २०२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । हाल देशमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं – निर्वाचन आयोगले आइतबारदेखि एक सातासम्म मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ । अद्यावधिक कार्यक्रम अनुसार मिति २०७९ भदौ १२ गते अर्थात आइतबारदेखि १९ गते अर्थात अर्को आइतबारसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोधसमेत०को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुने आयोगले जनाएको छ । उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले…
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको सङ्घ, प्रदेश र स्थानीय तहको पर्यटनसँग सम्बन्धित विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताएका हुन् । ‘नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिकस्थलको अन्तर्राष्ट्रिय क्षेत्रमा बजारीकरण गर्न आवश्यक छ’, उनले भने । मन्त्री श्रेष्ठले देशका सातै प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षण र महत्वपूर्ण रहेका स्थानको ‘ब्राण्डिङ’ गरी पर्यटकीय…
काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन्। शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन्। उनले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गरे। उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताए। उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताए। राजदूत श्रीवास्तवले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै निर्माण हुने प्रतिबद्धता जनाए। उनले पुल निर्माणका लागि बिहार…
डडेल्धुरा – डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात् ट्रायल सुरु भएको छ। शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले डडेल्धुरा र डोटीमा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका हुन्। शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका मुख्यमन्त्री भट्टले दिउँसो डडेल्धुरामा ट्रायल उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा उनले लाइसेन्स प्राप्त गर्नु मात्रै ठूलो कुरा नभएको र सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए। उनले नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको पनि बताए। पहाडी जिल्लाका सडकमा दुर्घटनाको जोखिम बढी रहेको हुँदा सवारी साधान विस्तारै र ट्राफिक नियमको पालना गरेर हाँक्न उनले सबैलाई आग्रहसमेत गरे।…
दार्चुला – दार्चुलामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढदै गएको पाइएको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो । गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै जिल्ला भरी २३ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गत आर्थिक वर्षको साउन देखि असार समान्त सम्ममा २३ जनाले आत्महत्या गरेको जनाएको छ । जिल्लामा गत वर्ष जम्मा २३ जनामध्ये ७ जना पुरुष, दुई जना बालिका बालक दुई अन्य १२ जना महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरका अनुसार अधिकाशंले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार गत वर्षको…
काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बसेको दोस्रो तथा अन्तिम दिनको बैठकले प्रतिवेदनमाथि सदस्यहरुको राय सुन्दै पारित गरेको हो । बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ । uml-oliDownload
डडेल्धुरा- कैलालीमा हतकडीसहित भागेका युवकको घरबाट प्रहरीले ४७ किलो गाँजा बरामद गरेको छ। जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ४ वाणी बस्ने २८ वर्षीय शंकर चौधरीको घरबाट ४७ किलो गाँजा बरामद गरिएको हो। शंकरलाई प्रहरीले आफ्नै बुवामाथि कुटपिटको आरोपमा शुक्रबार पक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलिले शंकरलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय पथरैया नदीमा हाम फालेर उनी भागेका थिए। फरार भएका शंकरको खोजीका क्रममा उनलाई जोशीपुर ४ हसनापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।