Author: Saru Shrestha

काठमाडौं – राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता गरेकी थिइन् । यसपछि बसेको प्रतिनिधिसभाले उक्त विधेयक जस्ताको तस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको हो । बुधबार बसेको विधायन समिति बैठकले पनि संशोधनविना उक्त विधेयक हुबहु पारित गरेको छ । १५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा…

Read More

कञ्चनपर- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुरको महेन्द्रनगर पुगेका छन्। नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्न ओली महेन्द्रनगर पुगेका हुन्। ओलीले सोही कार्याक्रममा एकीकृत समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा स्वागत गर्नेछन्। यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पनि उनले पार्टीमा स्वागत गर्नेछन्। सोही सभामा माओवादी केन्द्रबाट समेत ठुलो संख्यामा एमालेमा…

Read More

काठमाडौं – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आसन्न संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको हो । ७ प्रदेश कार्यसमिति, ७७ जिल्ला कार्यसमितिले, १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई गरिएको परिपत्रमा उम्मेदवारको नाम सिफरिस गर्दा कुनै प्रकारको रकम माग नगर्न-नउठाउन निर्देशन दिइएको छ । ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने शुल्क तथा सहयोग रकम (लेबी) बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको…

Read More

तनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५:५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ । घाइते भएकाहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

Read More

रुपन्देही – रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । खरुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो । शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतबार बेलुका श्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको प्रहरउक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज सोमबार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

Read More

काठमाडौं – चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनै बेला बिजुली आयात गर्ने मुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै रु छ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ । यसले चर्को खडेरीमा वर्षात् भए जस्तै राहतको महसुस भएको छ । हाल दैनिकरूपमा नै कूल तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ । माथिल्लो तामाकोसीको चार सय ५६ मेगावाट र अन्य आयोजनाको एक सय…

Read More

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा ‘मौन अवधि’ भन्ने शब्द नै हटाएको छ । आज राजपत्रमा प्रकाशित निर्वाचन आचारंहितामा मौन अवधि उल्लेख नगरी निर्वाचन हुनु ४८ घण्टा अघिदेखि पालना गर्नुपर्ने विशेष आचारण भनेर राखिएको छ । यसअघिको निर्वाचनमा मौन अवधिभर पालना गर्नुपर्ने आचारण भन्ने उल्लेख थियो । मौन अवधिको समय आयोगले तोकेअनुसार हुने गरेको थियो । विशेषगरी निर्वाचनको ७२ घण्टाअघि मौन अवधि लागु हुने गरेको थियो । “यसपटक मौन अवधि भन्ने नै राखिएको छैन । मौन अवधि भन्ने नै कानुनुको कुनै दफा उपदफामा छैन,” आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने, “यसअघि ७२ घण्टा अघि प्रचारमा रोक लगाइन्थ्यो । अहिले आयोगले निर्णय…

Read More

काठमाडौं – सुदूरपश्चिम सरकारले ल्याएको निजामति सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ। सोमबार प्रदेश सभाको १०औं अधिवेशनको २५ औं बैठकमा उक्त विधेयक पारित भएको हो। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले सभामा पारितका लागि पेस गरेको विधेयक सभामुख अर्जुनबहादुर थापाले ध्वनि मतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। उक्त विधेयकको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका प्रदेश सभा सदस्य कृष्णराज सुवेदीले विधेयकमाथि विरोध जनाए। यस्तै उनले यो विधेयक विवादित भएकाले फिर्ता लिनसमेत आग्रह गरेका छन्। प्रदेश सभाबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले प्रमाणीकरण गरेर कानुनको रुप लिनेछ। प्रदेश सरकारले आफैंले…

Read More

काठमाडौं – आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलबाट ६८ वटा निवेदन परेका छन् । प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं। १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, वाग्मती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन परेका छन् । यसैगरी गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दामाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले बाटाको म्यादबाहेक सात दिन भित्र आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो । ‘यसमा के कसो भएको हो रु निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो रु सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक सात दिनभित्र आफैं वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी यो आदेश र निवेदनको प्रतिलिपी साथै राखी विपक्षका…

Read More