Author: Saru Shrestha

काठमाडौं – सुदूरपश्चिम सरकारले चौतर्फी विरोधपछि गौरा पर्वको बिदा दिएको छ। प्रदेश सरकारको मन्त्रीपरिषद्को आज बसेको बैठकले १७ गते बिदा दिने निर्णय गरेको हो। आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ। सरकारले भदौ १७ गते गौराका लागि दिएको सार्वजनिक बिदा कटौती गरेपछि त्यसको विरोध भएको थियो। प्रदेशभर बिदा नदिइएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्ट र सुदूरपश्चिम सरकारको चर्को आलोचना भएको थियो।

Read More

दार्चुला – दार्चुलामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आज बसेको सरोकारवाहरुको बैठकले छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको भाडादर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रका कालोपत्रे र कच्चि सडकमा चल्ने सार्वजनिक सवारीसाधनका लागि छुट्टाछुट्टै भाडादर कायम गरेको छ । पछिल्लो समय महाकाली लोकमार्ग अन्र्तगत पक्की सडक र अन्य ग्रामिण सडकमा चल्ने सार्वजनिक सवारीसधानहरुले मनपरी भाडा असुल्ने गुनासो बढ्न थालेपछि सरोकारवालाहरुको उपस्थितिमा नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भएको छ । महाकाली लोकमार्ग अन्र्तगत खलंगा देखि धापसम्मको ६० रुपैया,खलंगा देखि दत्तु सम्मको एक सय…

Read More

बारा – जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेड शाखा कार्यालय तामागढीमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घट्दै गएको छ । जडीबुटीको उचित मूल्य नपाउँदा किसानले जडीबुटी खेती गर्न छोडेपछि प्रशोधन केन्द्रमा औषधिजन्य उत्पादन घट्दै गएको हो । ुबाराको कोहल्बी नगरपालिकामा तामागढीमा नेपाल सरकारको स्वामित्व रहेको जडीबुटी उत्पादन तथा प्रतिशोध केन्द्र कम्पनी लिमिटेडमा औषधिजन्य जडीबुटीको उत्पादन वर्षेनी घटेको देखिन्छु, जडीबुटी उत्पादन तथा प्रतिशोधन केन्द्र शाखा कार्यालय तामागढीका प्रमुख बखत बहादुर साउदले भने, ‘वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्नुको मुख्य कारण किसानले लगाएको जडीबुटीले उचित मूल्य नपाउनु नै हो ।’ तामागढीमा लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, बाबरी तथा क्यामोमाईल तथा मसला तेललगायत जडीबुटीको खेती…

Read More

काठमाडौँ – काठमाडौँबाट जापानको नारिता जाने यात्रुले अनिवार्य प्रि-रजिष्ट्रेसन फर्म भर्नु पर्ने भएको छ । नेपाल एयरलाइन्सले यात्रुलाई यसबारे जानकारी गराएको हो । नेपाल एयरलाइन्सका अनुसार यस्तो फर्म ‘एसओएस वेबसाइट’ वा ‘माई एसओएस एप’बाट भर्न सकिने भएको छ । सो फारम नभरेमा त्रिभुवन विमानस्थलबाटै यात्रुले प्रवेश नपाउने भन्दै नेपाल एयरलाइन्सले यात्रुलाई सूचित गरेको हो ।

Read More

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।

Read More

काठमाडौं – आगामी निर्वाचनमा डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरेको बताएका हुन् । उनका अनुसार बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय गरिएको हो। केन्द्रीय गठबन्धनले सबै जिल्लाहरुमा गठबन्धन र भागवण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो।

Read More

काठमाडौं – कैलाली प्रहरीले धनगढीको मुख्य बजार क्षेत्रबाटै बरामद गरेको ९ क्विन्टल चिनी गायब भएको प्रकरणमा छानबिन हुने भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएपछि छानबिन हुने भएको हो। उक्त प्रकरणमा कैलालीका प्रहरी प्रमुख तथा एसपी सोमेन्द्रसिंह राठौरमाथि छानबिनका लागि समिति गठन गरिएको छ। प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलासिंह रावलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। छानबिनका क्रममा प्रहरीको बदमासी देखिए एसपीसहितका संलग्न अधिकारीलाई कारबाहीको दायरामा ल्याउने बताइएको छ। भदौ ८ गते राति प्रहरीले बरामद चिनी भोलिपल्टै बिहान गायब भएको थियो।

Read More

धनगढी – धनगढीका २ जना मोहना नदीमा डुबेर बेपत्ता भएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका ३ स्थित मोहना नदीमा एक जना डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिका ३ का स्थानीय मोहन रानाका १० वर्षिय छोरा प्रिन्स राना मोहना नदीमा डुबेर बेपत्ता भएका प्रहरीले बताएको छ। चौधरीको खोजी कार्य भइरहेको बताइएको छ। यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा पनि मोहना नदीमा एक जना बेपता भएका छन्। धनगढी उपमहानगरपालिका १९ खेदा गाउँ बस्ने २७ वर्षीय माने भनिने रिस मान चौधरी बेपत भएका हुन्। नदीमा बाढीले बगाई ल्याएको दाउरा निकाल्ने क्रममा पानिमा डुबि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश…

Read More

काठमाडौं – आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि डडेल्धुराबाट शेरबहादुर देउवालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने निर्णय भएको हो। बिहीबार क्षेत्रिय समितिको बैठकबाट डडेल्धुराको प्रदेश ‘क’ र प्रदेश ‘ख’ले देउवालाई नै उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले बताए। यस्तै भोलि जिल्ला समितिले पनि सोही निर्णयलाई सदर गर्ने उनले बताए। देउवा यसअघि पनि डडेल्धुराबाटै सांसदमा निर्वाचित भएका थिए। उनी वर्तमान प्रधानमन्त्रीसमेत हुन्।

Read More

काठमाडौं – काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई कर तिरेको छ। महानगरपालिकाले कर तिर्न बुधबार २४ घण्टे अल्टिमेटम दिएपछि बिहिबार फनपार्कका म्यानेजर बोधराज कट्टेलले महानगरको राजस्व विभाग पुगेर १७ लाख ३७ हजार मनोरञ्जन कर तिरेका हुन् । उक्त मनोरञ्जन कर पाँच वर्षको भएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। फनपार्कले अन्य व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने वडामा बुझाउनु पर्नेछ। फनपार्कले वर्षौदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले बुधबार पत्र पठाएको थियो । तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरि तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने…

Read More