Author: Saru Shrestha

धनुषा – जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सास्ती भएको छ । परिचयपत्र बनाउन सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने र निःशुल्क पाइने सेवा भए पनि शुल्कसहित अनलाइनमा फाराम भरेर आउनुपर्ने बाध्यता छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर निवासी अरबिन्द यादवले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न तीन घण्टा पालो कुर्नुपरेको बताए । कार्यालयमा अत्यधिक भीड रहेको र अनलाइनमा फाराम नभरेकाले रु दुई सय तिरेर बाहिरबाट विवरण भर्नुपरेको उनको भनाइ थियो । ‘कता हो, के हो रु थाहा छैन, कार्यालयमा आउँदा बाहिर अनलाइन भर्नुपर्ने बाध्यता रैछ’ उनले भने । वैदेशिक रोजगारीका लागि राहदानी बनाउनुपर्ने र त्यसका लागि राष्ट्रिय परिचयपत्र बनाउन आएको यादवले जानकारी…

Read More

काठमाडौं – नेकपा एमालेको पोलिट ब्यूरोको बिहीबार बसेको दोस्रो बैठकले भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एजेण्डा बारे निर्णय गरेको छ । बैठकको निर्णय एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेको हुन् । १० र ११ भदौमा पार्टीको केन्द्रीय कार्यालयमा हुने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्नेगरी एक दर्जनभन्दा बढी एजेण्डा पोलिटब्यूरो बैठकले तयार गरेको छ । जसअनुसार पहिलो एजेण्डा राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थितिसँग सम्बन्धित रहेको प्रमुख गुरुङको भनाइ छ । यस्तै, सत्ता गठबन्धनको गलत क्रियाकलाप, त्यसका निर्णयहरूबाट नेपाली राजनीतिमा हुनसक्ने दुरगामी प्रभाव बारे छलफल गर्ने निर्णय पनि भएको छ । सरकारका कारण भष्ट्राचार मौलाएको, अनियमितता र अराजकता फैलिएको…

Read More

काठमाडौं – आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्यसमितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको छ । ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले बताए । कुन निर्वाचन क्षेत्रमा को खटिए ? १. लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ (ख)२. जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ (क)३. मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ (क)४. गोपाल…

Read More

काठमाडौँ – पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कँदै गरेका उनको मोटरसाइकल हुलाकी सडक आउनु अघि कच्ची बाटोमा नै पल्टिएको थियो । हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपराह्न ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ। उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो। उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

Read More

काठमाडौँ – मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसदलगायतको तलब तथा सेवासुविधामा वृद्धि गरेको हो । गत असार २३ को मन्त्रिपरिषद्को निर्णयअनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, प्रदेशसभा सदस्य र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा पारिश्रमिक प्रतिमहिना दुई हजार रुपैयाँ थप गर्ने र क्र.सं. ५ को वारी इन्धनको इकाई दरमा ‘लिटर’ शब्दको पछि ‘प्रति मोटर’ शब्द थप गरी सुविधा उपलब्ध गराउने निर्णयसमेत गरेको…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन अयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको रूपमा मनाउन लागेको हो । गत वर्ष नेकपा (एमाले) बाट विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा भदौ २ गते निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएकोमा भदौ ९ गते सो पार्टीले दर्ता प्रमाणपत्र पाएको थियो । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बिहीबार ९भोलि० दिउँसो १ बजे बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पुनर्गठन दिवस मनाउन लागिएको जानकारी दिए । उनले आफूहरूको पार्टी पुनर्गठनपछि पहिलो परिणाम प्रतिगमनकारी एमालेको झुण्डलाई सत्ताबाट झारेको…

Read More

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसइइ) ग्रेड वृद्धिका लागि दार्चुलामा केन्द्र तोकिएका छन् । जिल्लामा एसइइको ग्रेड वृद्धिका लागि पाँच ओटा केन्द्र तोकिएका हुन् । जिल्लाको मालिकार्जुन नमुना मावि धाप, छन्ना तिंकरी कन्या मावि खलंगा,महेन्द्र नमुना मावि खलंगा क,महेन्द्र नमुना मावि खलंगा ख तथा महेन्द्र नमुना मावि खलंगा ग केन्द्रमा एसइइको ग्रेड वृद्धिका लागि परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले जानकारी दिए । उनका अनुसार मालिकार्जुन नमुना मावि धापमा महाकाली नगरपालिकाका सम्पुर्ण ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीहरुले परीक्षा दिन पाउने छन् भने छन्ना तिंकरी कन्या मावि खलंगाबाट जिल्लाको शैल्यशिखर नगरपालिकाका सम्पुर्ण ग्रेड…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था र निर्वाचन सुरक्षा चुनौतीलगायत विषयमा छलफल भएको बताइएको छ । सरकारले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ । सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निर्वाचन सुरक्षा योजना तयार गरिरहेको छन् । सुरक्षा संगठनहरुले पेश गरेको सुरक्षा योजनाका आधारमा केन्द्रिय सुरक्षा समितिले एकीकृत सुरक्षा योजना बनाएर लागु गर्ने कानुनी प्रावधान छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्य दृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए । विशेषगरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५…

Read More