काठमाडौं – प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्ने गाउँपालिका(५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड१९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।
Author: Saru Shrestha
काठमाडौं – सरकारले साउन महिनाको निवृत्तिभरण (पेन्सन) अझै खुवाएको छैन । सरकारले तलब वृद्धि गरेका कारण पेन्सन खुवाउन ढिलाइ भएको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताए । सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएको छ । तर, ढिलोगरी मन्त्रिपरिषद्ले स्वीकृत गर्दा निवृत्तिभरण वितरणमा ढिलाइ भएको उनले बताए । अबको एक हप्ताभित्र पेन्सन वितरण गरिसक्ने कार्यालय प्रमुख खरेलले जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले ढिलोगरी स्वीकृत गरेको र सोहीअनुसार व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘अबको एक साताभित्र पेन्सन वितरण गरिसक्छौँ ।’ साढे दुई लाख जनाले निवृत्तिभरण लिने गरेका र उनीहरुको वृद्धि रकम मिलाउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको प्रमुख खरेलको…
काठमाडौँ – उच्च अदालत जनकपुरले महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपूतको मुद्दामा डीएनए जाँच गर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालय एवं जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मिरा ढुङ्गाना, वरिष्ठ अधिवक्ता सुनिता रेग्मी, शान्ति काफ्ले र रिंकु कुमारी यादवले बहस गरेका थिए । प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट श्याम मिश्रले बहस गरेका थिए । निहारिकाको नामबाट ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ र सोही वर्ष फागुन…
काठमाडौं- कञ्चनपुरको महाकाली नदीमा एक बालिका बेपत्ता भएकी छन्। दोधारा चाँदनी नगरपालिका–७ की दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी–९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएका बेला दिदीसित नुहाउने क्रममा डुबेर बालिका नदीमा बेपत्ता भएकी हुन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा बालिकाको खोजीमा खटिएको छ।
काठमाडौँ – कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक वृद्धि भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा सो आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा वृद्धि पाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार प्रदेश सरकारका मन्त्रीहरूले ०७४ साल फागुन महिनादेखि ०७८ असार मसान्तसम्म भ्रमण खर्च बापत एक करोड ३६ लाख ४३ हजार ४३४ रुपैयाँ खर्च गरेका थिए । तर, आर्थिक वर्ष २०७८/७९ मा ४ करोड ६२ लाख ९३ हजार ७७२ रुपैयाँ भ्रमण शीर्षकमा खर्च भएको छ । प्रदेश सरकार गठन भएको पहिलो वर्ष ०७४ फागुन महिनादेखि ०७५ असार मसान्तसम्म अर्थात् पाँच महिनाको अवधिमा ६…
काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सोधपुछका लागि बोलाउने भएको छ। आज बसेको बैठकले भदौ १५ गते जबरालाई बोलाउने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए। मंगलबार बसेको बैठकले जबरालाई यसै साता सफाइ पेश गर्न मौका दिने गरी कार्यतालिका तयार पारेको थियो। समितिले २९ भदौभित्र जबरामाथि लागेको महाभियोगबारेअध्ययन प्रतिवेदन बुझाउने कार्यतालिका बनाएको छ। प्रस्तावित कार्यतालिका मंगलबारको बैठकमा प्रस्तुत भएको थियो। बैठकमा मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रस्तावित कार्यतालिकाको समय छोट्याएर भदौ २५ भित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने धारणा राखेको थियो। २०७८ फागुन १ मा प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्न २१ फागुनमा…
काठमाडौँ – लोक सेवा आयोगले स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन १५ दिन भित्र गर्ने भएको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला गरेसँगै सोही बमोजिम परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने भएको हो । ‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट २०७९–०५–०७ गते कर्मचारी समायोजन सम्बन्धी रिटहरूमा भएको अन्ती फैसला एवं आदेश अनुसार यस अघि सम्मानित अदालतबाट विभिन्न मितिमा भएका आदेश बमोजिम स्थगित रहेका विभिन्न सेवा, समूह, श्रेणी र पदका परीक्षा तथा नतिजा प्रकाशन सम्बन्धी कार्यहरू उक्त फैसलामा पदपूर्ति सम्बन्धी काम कारबाही अगाडी बढाउन मिल्ने गरी आदेश भएका विज्ञपन परीक्षा कार्यक्रम कम्तीमा…
काठमाडौँ – प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टङ्क कार्कीमाथि छानबिन थालेको जनाएको छ । सञ्चारमाध्यममा उनको अनुचित कार्यबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा सई टङ्क कार्कीलाई तत्कालै प्रहरी प्रधान कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए । छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले बताए । सई कार्कीमाथि प्रहरी वृत्त गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायब’ बनाएको आरोप लागेको छ ।
काठमाडौँ – बालाजु-रानीपौवा सडक खण्डको निर्माणलाई टुक्र्याएर ‘फास्ट ट्रयाक’मा नयाँ ठेक्का प्रक्रिया थालिने भएको छ । ७ महिनाभित्र काम सक्ने गरी ठेक्का आह्वान गर्ने तयारी भएको सडक विभागले जनाएको छ । उक्त खण्डको १७।१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयुक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । शैलुङ कन्स्ट्रक्सन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको हो । ७ पटक म्याद थप्दा पनि ठेकेदारले काम नगरेपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोड्दै सार्वजनिक खरिद अनुगमन कार्यालयसमक्ष निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो । फोहोर…
तनहुँ – हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन सूचना जारी गरी आग्रह गरेको हो । कुनै पनि खालका खर्चिला तथा महँगा गतिविधि नगर्नका लागि सार्वजनिकरूपमै जानकारी गराइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । पर्व मनाउने नाममा अत्यन्त खर्चिलो र भड्किलो कार्यक्रम गर्ने गरेको भन्ने गुनासो आएसँगै आफ्नो परम्परा, सामाजिक रीतिरिवाजअनुरूप मनाउन आग्रह गरिएको उनले बताए ।