Author: Saru Shrestha

काठमाडौँ – राष्ट्रियसभाले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ । विधायन व्यवस्थापन समितिमा आवश्यक छलफलपछि राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई शुक्रबार बहुमतले पारित गरिएको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे । सो विधेयक यसअघि प्रतिनिधिसभाबाट पारित भएको थियो । त्यसअघि गृहमन्त्री बालकृष्ण खाँणले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले केपी ओली नेतृत्वको तत्कालीन सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याइएको जिकिर गरेका थिए । उक्त अध्यादेशमा नरहेको…

Read More

वीरगञ्ज – प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा बाराबाट श्रीमानसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन पक्राउ परेका हुन् । सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्यामा संलग्नता देखिएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । अप्सना सहनाजकी जेठानी हुन् । भदौं १६ गते बिहीबार सहनाजको घरमै शंकास्पद मृत्यु भएको भनी सूचना प्रहरीले पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको अनुसन्धानसहितको प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अवलोकन गरेको थियो । सहनाजको शरीरमा कुटपिट गरिएको घाउचोट देखिएपछि प्रहरीले सैमोदिनसँग सोधपुछ…

Read More

सर्लाही – नेकपा एकीकृत समाजवादी सर्लाहीका उपाध्यक्षसहित २५ जना जिल्ला कमिटी सदस्य नेकपा एमालेमा फर्किएका छन् । शुक्रबार केन्द्रीय परिषद् सदस्यसहित २५ जना जिल्ला कार्य समिति र अन्य जनवर्गीय संगठनका पदाधिकारी नेकपा एमालेमा फर्किएको एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष देवेन्द्र रायले बताए । नेकपा एमालेको पार्टी कार्यालय मलंगवामा आयोजित कार्यक्रममार्फत केन्द्रीय परिषद् सदस्य रूपनारायण सिंङसहित पाँच सयको हाराहारीमा नेता कार्यकर्ता पुरानै पार्टीमा फर्किएका विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा बोल्दै जिल्ला कमिटी उपाध्यक्ष देवेन्द्र रायले आफूहरू पुरानै पार्टी एमालेमा फर्किएको घोषणा गरे । सचिव गोविन्द अधिकारी, उपसचिव लिला देवी कोइराला, प्रचार विभाग प्रमुख तथा हरिवन नगर कमिटी अध्यक्ष चूडामणि वाग्ले, ईश्वरपुर…

Read More

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशित भएको छ । प्रत्येक विषयमा सैद्धान्तिक तर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी (नन ग्रेडिङ) उल्लेख हुने छ । यस्तो व्यवस्था बोर्डले पहिलो पटक लागू गरेको हो । यसवर्ष नियमित तर्फ १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । एनजी उल्लेख हुने विद्यार्थीले उच्च शिक्षामा भर्ना हुन पाउँदैनन् । दुई विषयमा मात्रै एनजी आएमा ग्रेडवृद्धि परीक्षा…

Read More

काठमाडौं – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५ औं बैठकले बाढी–पहिरोले गम्भीर क्षति पुगेका चारवटा स्थानीय तहमा आपतकालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ । समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बिहान बसेको बैठकले उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको पालुङटार नगरपालिका र डडेल्धुराको गन्यापधुरा नगरपालिकालाई ३ करोड १४ लाख ६८ हजार रुपैयाँ उपलब्ध गराउन अनुमति दिएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती स्थानीय तह एवं संघीय सरकारका विभिन्न निकायको सहयोगमा क्षतिको विस्तृत आंकलन गरिसकेको छ । गत वर्ष संकटग्रस्त घोषणा भएका र माग भई…

Read More

काठमाडौं – नेपाली कांग्रेसले काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ (ख) को प्रदेश सभा समानुपातिक सांसदका लागि रोशन पाण्डेलाई सिफारिस गरेको छ। क्षेत्र नम्बर १ (ख) प्रदेश सभा क्षेत्रीय कार्यसमितिले पाण्डेको नाम सिफारिस गरेको हो। सञ्चारकर्मीसमेत रहेका पाण्डेले गत स्थानीय तह निर्वाचनमा नमोबुद्ध नगरपालिकाको प्रमुखमा दाबी गरेका थिए। पाण्डे पछिल्लो समय जिल्लामा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

Read More

काठमाडौँ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक जस्ताको तस्तै राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनु राष्ट्रपतिको अपमान हुने बताएका छन् । राष्ट्रियसभा बैठकमा नागरिकता विधेयकका सम्बन्धमा विधायन व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै गौतमले राष्ट्रपतिले बुँदागत रूपमा उठाएका विषयलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउनुपर्ने तर्क गरे । उनले प्रतिनिधिसभाले राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई जस्ताको तस्तै पारित गरेर राष्ट्रपतिको अपमान गरेको जिकिर गर्दै राष्ट्रियसभाले सो विधेयकलाई विधायन समितिमा पठाउँदा आफू खुसी भएको बताए । तर विधायन समितिले पनि राष्ट्रपतिबाट उठाइएका विषयलाई सम्बोधन नगरेको उनको गुनासो थियो । राष्ट्रपतिले सन्देशमा उठाएका कुनै पनि बुँदा बेठिक नरहेको उनले बताए । उनले अङ्गीकृत नागरिकताका…

Read More

काबुल – अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सूचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । बख्तर समाचार समितिका अनुसार कारबाहीस्थलबाट भारी मात्रामा गोलाबारूद बरामद गरिएको छ । कारबाहीका क्रममा सुरक्षा बलका सदस्यमा कुनै क्षति भएको छैन । यद्यपि पूर्ण विवरण प्राप्त भएको छैन । निजी क्षेत्रबाट सञ्चालित एउटा टेलिभिजन च्यानलले भने मारिएका व्यक्तिको परिचय आईएसका गभर्नरका रूप दिँदै कारबाहीका क्रममा अन्य तीन जना पक्राउ परेका जनाएको छ ।

Read More

भक्तपुर – जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–११ क्वाछे बस्ने ४० बर्षीय दिपक तुल्सीब्याखो छन् । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले २०६३ माघ ८ गते उनलाई ८ वर्ष कैद र आधा भाग अंश सर्वस्व गरी पीडितलाई भराई दिने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा पोखराबाट पक्राउ गरिएको हो । उनले ६ वर्षीया बालिकालाई २०५४ मंसिर ८ गते जबरजस्ती करणी गरेको कसूरमा सर्वोच्च अदालतले उक्त फैसला गरेको…

Read More

काठमाडौं – जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको रौतहट कांग्रेसले जनाएको छ। उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उनी २०७४ मा रौतहट २ बाटै निर्वाचित भएका थिए। उनीमाथि २०६४ चैत २७ मा राजपुरमा भएको बम बिस्फोटका घटनामा संलग्न रहेको अभियोग छ। स्थानीय शेख इद्रिसको घरमा बम बिस्फोट हुँदा त्यसबेला त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो। उक्त…

Read More