दार्चुला – नेपाल नेत्रज्योति संघद्धारा संञ्चालित गेटा आखा अस्पतालले जिल्लाका ३ ठाउँमा आखा शिविर संञ्चालन गर्ने भएको छ । गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक सुरेशराज पन्तका अनुसार तिन वटा स्थानीय तहको आयोजनामा आखा शिविर संञ्चालन गर्ने तयारी भएको बताएका छन् । उनका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं ८ मा रहेको शंकरपुर मावि पस्ती शैल्यशिखर नगरपालिका वडा नं ९ मा रहेको गोकुलेश्वर मावि गोकुलेश्वर तथा महाकाली नगरपालिकाको वडा नं ४ मा रहेको महेन्द्र नमुना मावि खलंगा दार्चुलामा भाद्र महिनाको अन्तिम साता देखि आखा शिविर संञ्चालन गर्ने बताएका छन् । गेटा आखा अस्पतालका प्रमुख मेडिकल निर्देशक पन्तका अनुसार मालिकार्जुन गाउँपालिकाको…
Author: Saru Shrestha
नेकपा एमाले दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र ख बाट रामदत्त जोशी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्। एमाले दार्चुलाका संस्थापक एबं पूर्वअध्यक्ष समेत रहेका नेता जोशी प्रदेशसभामा प्रतक्षतर्फ सिफारिस भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक सिह बडालले जानकारी दिए । प्रदेशसभा क्षेत्र १ (क) का लागि प्रतक्षतर्फ र दुबै प्रदेश सभा क्षेत्रमा समानुपातिकतर्फ उम्मेदवार सिफारिसका लागि छलफल जारी रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ । सोमबार आज एमालेको जिल्ला कमिटी बैठकमा उम्मेदवार सिफारिस लगायत विविध विषयमा छलफल भैरहेको छ । दार्चुला एमालेबाट प्रतिनिधिसभामा प्रतक्षतर्फ गणेशसिंह ठगुन्ना हिजो नै निर्विरोध सिफारिस भइसकेका छन् ।
काठमाडौँ – प्रदेश र प्रतिनिधिसभाको कार्यकाल तोक्ने प्रस्तावबाट सरकार पछि हटेको छ । सरकारले प्रतिनिधिसभामा दर्ता गराएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रदेश र प्रतिनिधिसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । तर कार्यकाल लम्ब्याउन खोजिएको भनी व्यापक विरोध भएपछि सरकार पछि हटेको हो । सत्ता गठबन्धनमा भएको समझदारीका आधारमा नेपाली काँग्रेसका सांसदहरूले प्रस्तावित विधेयकमा संशोधन हालेर प्रतिनिधिसभा र प्रदेश सभाको कार्यकालसम्बन्धी प्रस्तावित व्यवस्थालाई हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेको छ । यो विधेयकमा काँग्रेसको तर्फबाट दुई वटा संशोधन परेको छ । महामन्त्री गगन थापाको एकल संशोधन प्रस्तावमा मनोनयन दर्ताको अघिल्लो…
काठमाडौं – पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । उनले भने, “कार्यदलले आफ्नो काम भोलिसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।” दललाई प्राप्त मतअनुसार र केही…
काठमाडौं – सरकारले आजदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो । आयोगले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि कर्मचारी सरुवा बढुवा लगायत विभिन्न सरकारी काम काजमा रोक लगाउदै भदौ २ गते सुचना जरी गरी आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । उनले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि बताए ।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष पाण्डेलाई शीतल निवासमा आयोजना गरिएको एक कार्यक्रमबीच राष्ट्रपतिले महारथीको दर्जा प्रदान गरी सम्मान गरेकी हुन् । नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेनाध्यक्ष पाण्डे आइतबार काठमाडौं आएका हुन् । उनी प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणमा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट अर्बपति बिनोद चौधरीको नाम सिफारिस गरेको छ । चौधरीसहित कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ बाट पाँच जनाको नाम उम्मेदवारका सिफारिस गरेको हो । देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरिएको कांग्रेस नवलपरासीले जानकारी दिएको छ । यसैगरी क्षेत्र नम्बर २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेश सभा सदस्यतर्फ १ (क) बाट विश्व प्रेम पाठक र (ख) मा मुकुल आचार्य छनोट भएका छन् । क्षेत्र नम्बर २ (क) मा मोहन शर्मा र (ख) मा बैजनाथ कलवार र…
काठमाडौं – पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पु(याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोगक मधुसुदन भट्टराईले बताए । क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।
बुटवल । उर्जा, जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले अब छिट्टै नै सबै नेपालीको घरमा विद्युत जडान हुने बताएकी छन् । बुटवलमा सोमबार आयोजित कार्यक्रममा उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत पुगेको र अब दुई वर्षभित्रै सबै घरमा चाहिए जति विद्युत उपलब्ध गराउने सरकारको तयारी रहेको बताइन् । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइनको सोमबार रुपन्देहीको मैनहियामा उद्घाटन उनले विद्युतीय उपकरण प्रयोग गर्न जोड पनि दिइन् । ‘यातायात, सिंचाईलगायतका क्षेत्रमा पनि अब विद्युतीय साधन प्रयोग गर्नुहोस्, विद्युतीय सवारी साधनका लागि सरकारले नै चार्जिङ स्टेशन बनाउँने छ, त्यसैले म सवारी किन्न चाहनेहरूलाई विद्युतीय साधन नै किन्न अनुरोध गर्छु,’ उनले भनिन् ।…
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल थप्ने गरी सरकारले प्रतिनिधि सभामा पेश गरेको विधेयकप्रति आपत्ति जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै सरकारी उक्त कदमप्रति आपत्ति जनाएको हो । ‘केही नेपाल ऐन संशोधन गर्ने ऐनको माध्यमबाट प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ । प्रतिनिधि सभाको कार्यकाल सम्बन्धमा थप र पृथक व्यवस्था गरी निर्वाचन आयोगको सहभागिता वा परामर्श बिना विधेयकको मस्यौदा पेश…