Author: Saru Shrestha

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई छायाँ सेन्टरस्थित भिसा सेन्टरमा लाइनमा बस्‍नुस् भन्दा पक्राउ परेका सुरक्षागार्डलाई हिरासतमा राख्न प्रहरीले ५ दिनको अनुमति पाएको छ । अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार यो अवधिमा शुक्रबार भएको भनिएको घटनाबारे विस्तृत अनुसन्धान हुनेछ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमती दलबल लिएर पुगेका थिए । एउटा कार्यक्रममा लागि मन्त्रालयका ६/७ जनासहितको टोली क्यान्डा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पत्ति पनि त्यहाँ…

Read More

काठमाडौँ – काठमाडौँको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। शनिबार धादिङबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा सवार दुई जनामाथि प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक गरेको थियो। चेक गर्दा धादिङ गजुरी गाउँपालिका-१९ वर्षीय सुमन प्रजा र १८ वर्षीय सन्तोष प्रजाबाट गाँजा फेला पारेको हो। उनीहरूबाट प्रहरीले ११ किलो गाँजा फेला पारेको हो। घटनाको थप अनुसन्धान प्रहरी वृत्त थानकोटले अघि बढाएको छ। उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Read More

दार्चुला – दार्चुलामा १७ हजार भन्दा बढि बालबालिकाहरुलाई फाइजर खोप दिइएको छ । यहि भाद्र ६ गते देखि १० गते सम्म संञ्चालन गरिएको उक्त खोप अभियानबाट जिल्लाका झण्डै १७ हजार १ सय ३९ जना बालबालिकाहरुलाई फाइजर खोप दिइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले दिएको जानकारी अनुसार जिल्लाको व्यासँ गाउँपलिकामा ५५५जना बालीका तथा ५४५ जना बालकगरी जम्मा १ हजार १सय जना बालबालिकाहरुलाई कोरोेना विरुद्धको फाइजर खोप दिइएको सुचना अधिकारी कार्कीले बताए । यस्तै जिल्लाको महाकाली नगरपालिकामा १ हजार८४६ जना बालिका तथा १हजार ८४८ जना बालक गरी ३ हजार ६९६ जनाबालबालिकाहरुलाई खोप दिइएको छ…

Read More

धनगढी – कञ्चनपुरमा चट्याङ लागेर श्रीमान–श्रीमतीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–७ को शान्तिपुर बस्ने २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षिया मन्तरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Read More

सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटा ४ मंसिरमा हुने चुनावका लागि सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्र १ नम्बर प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचनका लागि सभामुख सापकोटासँगै सभामुखकै भतिज तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोध र महिला नेतृ फुलम लामा प्रज्ञा सिफारिस भएका छन् । सभामुख सापकोटाको नाम पहिलो नम्बरमा सिफारिस गरिएको छ। यस क्षेत्रमा नेपाली कांग्रसबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र एमालेबाट नेताहरू अरुण नेपाल, सुरेश नेपाल, भरत पराजुली र बादल तामाङको नाम सिफारिस भएको छ। गठबन्धनले सिट संख्या र क्षेत्र नटुंग्याएकाले यस क्षेत्रमा सापकोटा र बस्नेतमध्ये को उम्मेदवार हुने भन्ने…

Read More

भैरहवा – नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारमा गृहमन्त्री बालकृष्ण खाणको नाम सर्वसम्मत सिफारिस गरेको छ । रुपन्देही कांग्रेस ३ क्षेत्रीय समितिको नवौँ बैठकले केन्द्रीय सदस्य खाणको नाम सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले बताए । क्षेत्र नम्बर २ बाट पनि सिफारिस परेको खाण अघिल्लो पटक समानुपातिकमा बसेका थिए । क्षेत्र नम्बर २बाट नेकपा एमालेका बलिया नेताको रुपमा विष्णु पौडेललाई एमालेले सिफारिस गरेपछि क्षेत्र नम्बर ३बाट पनि प्रत्यक्ष लड्ने तयारीमा खाण रहेका छन् ।

Read More

काठमाडौँ – उदयपुरमा एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ गरेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गर्दै उदयपुरको बेलका नगरपालिका वडा नम्बर ७ गोवाटार मैनामैनीमा गत शुक्रबार एकै परिवारका तीन जनाको बीभत्स हत्या आरोपमा पक्राउ परेका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । उदयपुरको वाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा बस्नेतलाई प्रहरीले सोही दिन नै घटनामा प्रयोग गरिएको हतियारसहित पक्राउ गरेको थियो । आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई…

Read More

काठमाडौं – नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामा कुनै पनि प्रकारका संकुचन हुनेगरी मिडिया काउन्सिल विधेयक अगाडि बढाए त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै सरकारलाई उक्त चेतावनी दिएको हो । २०७६ साल माघ २३ गते राष्ट्रिय सभाले पारित गरेर हालसम्म अलपत्र अवस्थामा रहेको ‘मिडिया काउन्सिल विधेयक’ यही भाद्र १७ गते शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत भएको छ । राष्ट्रिय सभाले संशोधनसहित पारित गरेको उक्त विधेयकमा रहेका कतिपय प्रावधानहरूप्रति गम्भीर चासो र बिमति रहँदै आएको महासंघले जनाएको छ । उक्त विधेयक राष्ट्रिय सभामा दर्ता भएसँगै प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्चाउन महासंघ सडक संघर्षमा उत्रेको स्मरण विज्ञप्तिमा गरिएको छ…

Read More

काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे पाँच दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गदै उनी केहीबेरअघि काठमाडौं आइपुगेका हुन् । भ्रमणका दौरान भारतीय सेनाध्यक्ष पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गर्ने छन् । उनले प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीहरुको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री तथा रक्षा मन्त्री…

Read More

काठमाडौं – काठमाडौं महानगरले सात दिनभित्र महानगरभित्रका सबै क्यासिनोलाई बाँकी मनोरञ्जन कर चुक्ता गर्न सूचना जारी गरेको छ। महानगरले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । बागमती प्रदेश आर्थिक ऐनअनुसार क्यासिनो प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको र महानगरले सोही अनुसार क्यासिनोहरूलाई पटक पटक कर तिर्न आग्रह गर्दै आएको थियो । तर, क्यासिनेहरूले २०७५र७६ देखि कर तिरेका छैनन् । महानगरका अनुसार डेल्टिन क्यासिनो होटल, म्यारियट, क्यासिनो प्यालेस, अन्नपुर्ण होटल, क्यासिनो याट, याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रीएसन, हायात होटल, माजोन इन्टरटेनमेन्ट, होटल सोल्टी, बाल्को क्यासिनो, होटल एलफ्ट र बेली क्यासिनो, मल्ल होटलले मनोरञ्जन कर तिरेका…

Read More