काठमाडौं – काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ । डिजिटल बोर्ड नियम विपरीत भएको भन्दै महानगरले बिहिबार दिउँसो बन्द गराएको हो । अनुमतिविना डिजिटल होर्डिङ बोर्ड राखेर विज्ञापन गरिरहेको पाइएपछि मेयर बालेन्द्र शाहको निर्देशनअनुसार डिजिटल होर्डिङ बोर्ड बन्द गराइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । अवैध संरचना हटाउने अभियानमा रहेको महानगरले मापदण्ड विपरीतका होर्डिङबोर्ड पनि हटाउन थालेको छ ।
Author: Saru Shrestha
काठमाडौं – उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकलमा राखिएको स्ट्याण्ड हटाउन थालेको छ । प्रचलित कानुन विपरीत मोटरसाइकलको मोडिफाई हुनेगरी मोबाइल स्ट्याण्ड राखिएको भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरेको हो । यस्तो अभियानमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म चिट काट्न थालेको छ । तर, यता यस्तो अभियानले राइडरहरु मारमा परेका छन् । लोकेसन म्यापिङको सहजताका लागि मोटरसाइकलमा राख्ने गरिएको स्ट्याण्ड हटाउँदा समस्या आएको गुनासो राइडरहरुबाट आएको छ । अझ बढी टुटल, पठाओ, जायर जस्ता राइड सेरिङ प्रयोगकर्ताहरूमा समस्या आएको बुझिएको छ । यसबारेमा यता ट्राफिक प्रहरीसँग बुझ्दा ऐन बमोजिम नै कम्पनीले दिएको भन्दा बढी सुविधा थप घट गर्न नपाइने…
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने बताएका छन् । आफ्नो नामबाट कास्की क्षेत्र नम्बर १ मा आवेदन परेपछि महामन्त्री थापाले आफूले काठमाडौं क्षेत्र नम्बर ४ बाटै चुनाव लड्ने प्रस्टोक्ति दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कास्की क्षेत्र नम्बर १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद १ मैले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको छु र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हो ।’ आज दिउँसो कांग्रेस कास्की १ क्षेत्रीय…
बुटवल – बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् । रुपन्देही प्रहरीका अनुसार बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो । उक्त मोटरसाइकलमा सवार बाबु…
महेन्द्रनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी कञ्चनपुरले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो दाबी गरेका हुन्। ‘ समानुपातिक र प्रत्यक्ष गरी प्रतिनिधि सभामा १५० सिट जित्ने दाबी गर्दै ओलीले भने, ‘अरुको बैसाखी टेकेर होइन। जनताले भोट हालेर जित्छौं।’ अहिलेको गठबन्धन सरकार राष्ट्रियता विरोधी भएको आरोप ओलीले लगाए। ‘शेरबहादुर देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेख्नुभएको छ,’ उनले भने, ‘योभन्दा लज्जासपद के हुनसक्छ रु अहिले गठबन्धनलाई जनताले बुझिसकेका छन्।’ जनतालाई धोका दिन र जनतालाई फसाउनमा मात्रै गठबन्धन सरकार सक्रिय…
धनगढी – सुदूरपश्चिमका एक मन्त्रीको फेसबुक ह्याक भएको छ। प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले आफ्नो फेसबुक ह्याक भएको बताएका हुन्। ‘२ घण्टा भयो मेरो फेसबुक आइडी ह्याक गरी विभिन्न खाले म्यासेज पठाउदै छन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबै साथीहरुलाई सचेत रहन आग्रह गर्दछु। तुरुन्तै कानूनी उपचार खोज्दैछु।’ महेन्द्रनगरपोष्टसंग कुराकानी गर्दै मन्त्री धामीले फेसबुक ह्याक गरेर विभिन्न व्यक्तिलाई धम्कीसहितका सन्देश पठाउने काम भइरहेको बताए।
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताबारे आफ्नो पार्टी र राष्ट्रपति विद्यादेवी भण्डारीको समान धारणा रहेको बताएका छन् । बुधबार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मासहित शीतल निवास पुगेका अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई सो कुरा बताएका हुन् । ‘वैवाहिक अंगीकृत नागरिकताको बारेमा राष्ट्रपतिले राख्नु भएको चासो र हाम्रो धारण समान छ तर संसदमा यो विषयमा राष्ट्रिय सहमति बन्न सकेन त्यसकारण यो विषयमा विधेयकमा कुनै नयाँ व्यवस्था गरिएको छैन।’ प्रचण्डको भनाई उदृत बैठकमा संग्लन एक नेताले भने । यो विधेयक एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरी राष्ट्रपतिद्वारा प्रमाणीकरण…
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा। लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नम्बर क्षेत्रमा पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४…
धनगढी – नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष विक्रम शाही एमालेले प्रवेश गरेका छन्। बुधबार उनलाई एमाले अध्यक्ष केपीशर्मा ओलीले कञ्चनपुरमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै शाहीले माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाएको आरोप लगाए। उनले एकीकृत समाजवादी लोभीपापीको पार्टी भएको पनि बताए। उनले आफू पार्टीमा कुनै पद माग्न नआएको बताउँदै अब अन्य साथीहरुलाई पनि एमालेमा फर्काउने अभियानमा लाग्ने जनाए। यस्तै समाजवादी, माओवादी र काँग्रेसलाई हराउनुपर्ने समेत उनले बताए।
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा आरोपपत्र दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारवाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा साविक भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको मुआब्जा…