Author: Saru Shrestha

काठमाडौं – मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ । नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् । माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । त्यसमा बाबुरामको दलका ५ जना समावेश गरिएका छन् । सूचीमा समावेश भएका नाम भने खुलाइएको छैन ।

Read More

काठमाडौं – काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो । सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो । यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । राष्ट्रपतिलाई भेट्न जानुअघि प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । भेटमा नागरिक विधेयकका विषयमा छलफल भएको स्रोतको दाबी छ । राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकलाई संघीय संसदका दुवै सदनले जस्ताको तस्तै पास गरेका थिए । पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको १४ दिन भइसकेको छ । यसरी गएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्रमा प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर, राष्ट्रपति भण्डारीले जस्ताको तस्तै विधेयक पास गरेको पठाएको भन्दै असन्तुष्टि जनाइरहेकी छन् ।

Read More

भक्तपुर – नेपाल इको प्यानल र कोरियन कम्पनी एसवाई प्यानल लिमिटेडवीच सोमबार एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल र एसवाई प्यानलका जनरल म्यानेजर विमलराज गोसाईले हस्ताक्षर गरेका छन् । एसवाई प्यानलद्धारा उत्पादित छाना र नेपाल इको प्यानलद्धारा उत्पादित प्यानल एकअर्कामा बजार प्रबद्र्धन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । यस्तै दुई वटा कम्पनीवीच आआफूसँंग भएको प्रविधि आदानप्रदान गर्ने पनि सम्झौता पनि भएको छ । सम्झौतमा एसवाई प्यानलले उत्पादन गर्दै आएको युपीभसीको झयालढोका उत्पादन गर्दाको प्रविधि पनि एक आपसमा आदानप्रदान गर्ने सम्झौता भएको छ । एसवाई प्यानलले युपीभीसीका झयालढोकाको साथसाथै छानामा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र १ हजार ४३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको मन्त्रालय जनाएको छ । आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ७४० जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौं -राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अपरान्ह साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेश प्रदेशका लागि तराई मधेश लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ । यसैगरी गण्डकी प्रदेशका लागि…

Read More

धनगढी – धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दीपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक) सहित दीपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए । घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

Read More

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेको बताएका छन्। संविधान दिवसका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्ड प्रदेश सरकार रहेकाले मुलुकमा सङ्घीयतालाई सफल बनाउन प्रदेशलाई बढीभन्दा बढी सक्षम बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। “सङ्घीयताको विकल्प छैन”, मुख्यमन्त्री भट्टले भने, “राष्ट्रियतालाई मजबुत बनाउनका लागि पनि हामी सबै एकताबद्ध हुन जरुरी छ।” उनले नेपालको संविधान जारी गर्दा अधिकतम सहमति, अधिकतम एकता, अधिकतम जनताले चुनेका प्रतिनिधिले निकै मेहनत गरेर संविधान जारी गरेको हुनाले यो संविधान धेरै उत्कृष्ट रहेको पनि उल्लेख गरे। जनताको विकास समृद्धि र समुन्नतिप्रतिको अभिलाषा…

Read More

काभ्रे – पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

तेह्रथुम – तेह्रथुममा एक जना १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More