Author: Saru Shrestha

काठमाडौँ – नेपाली काँग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारबाही आवश्यक नभएको ठहर भएको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो । ‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ’, उनले भने । काँग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको…

Read More

काठमाडौँ -परराष्ट्रमन्त्री एनपी साउद र पोर्चुगलका समकक्षी जओँ गोमेस क्राभिन्होबीच टेलिफोन वार्ता भएको छ। बिहीबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूले द्विपक्षीय तथा बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए।

Read More

धनुषामा – चुरोट तान्ने विषयमा विवाद हुँदा भएको कुटपिटमा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका– ७ बस्ने २४ वर्षीय मो। गुलाम मंसुर भन्ने रवानी मंसुरको आफ्नै साथीहरुबीच चुरोट तान्ने विषयमा विवादमा कुटपिट हुँदा मृत्यु भएको हो । मंगलबार राति मंसुर र उनका साथीहरूबीच जनकपुरधाम उपमहानगरपालिका– २३, लादोबेलास्थित एक घरमा मदिरा सेवनपश्चात चुरोट तान्ने विषयमा विवाद भएको थियो । जनकपुरधाम– ७, जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राइन, जनकपुरधाम – ८ बस्ने ३१ वर्षीय राजकुमार साह र धनुषा नगराइन नगरपालिका– २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डलबीच चुरोट तान्ने विषयमा विवाद भई कुटाकुट भएको थियो । सोही क्रममा…

Read More

काठमाडौं – सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो । सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारी वर्षौंसम्म पनि आफूखुसी बस्न थालेपछि मन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । रमाना भएका तर तोकिएको ठाउँमा नजाने कर्मचारीलाई उपलब्ध गराएको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धित कार्यालय प्रमुख…

Read More

काठमाडौँ – निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ । आयोगले कानुनबमोजिम आयोगमा लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न र त्यसको जानकारी आयोगलाई गराउन निर्देशन दिएको हो । दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम वा सामाजिक सञ्जालका माध्यमबाट प्रतिवेदन सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र आयोगमा पेस गराउनुपर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलहरूलाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष…

Read More

कञ्चनपुर – अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ । त्यस क्षेत्रमा रहेका १ हजार ९८९ वटा रुख आयोजना निर्माणका बेला काटिने छ । उक्त नोक्सानीको क्षतिपूर्तिका लागि सरकारले एक लाख ५० हजार ५२५ गोटा रुखहरु शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति तथा नगरपालिकासँग समन्वय गरी वृक्षारोपण गरिने प्रतिवेदनमा उल्लेख छ । वातावरणीय प्रभाव मूल्याकंन स्वीकृतीसँगै आयोजना…

Read More

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन्। पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने उल्लेख गरे। उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइने समेत बताए । उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रूपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउन आ-आफ्नो…

Read More

काठमाडौँ – कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने तयारी गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सबस्टेसनबाट सुरु भई पर्वत–बागलुङ–स्याङ्जा–पाल्पा–रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका-१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। पहिले खण्डमा नै खुर्कोटमा २२०–१३२ केभी र दानामा २२०–१३२–३३ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। यस…

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक जिल्ला वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । मिश्र पदमा बहाल रहँदा पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा बहत्तर लाख बाउन्न हजार चार सय असी रुपैयाँ र उनन्साठी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएकोले सार्वजनिक गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको अख्तियारको ठहर छ ।

Read More

काठमाडौँ -नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरूको लागि सञ्चालन भइरहेको “आधारभूत प्रशासनिक प्रशिक्षण” का प्रशिक्षार्थीहरुले वैशाख २८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरेका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्का र सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले प्रशिक्षार्थी अधिकृतहरूलाई सशस्त्र प्रहरी बल नेपालको परिचय, काम, कर्तव्य, अधिकार र परिचालन लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका छन् । सो अवसरमा सशस्त्र प्रहरी बल नेपालको सांगठानिक संरचना, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको परिचालन, सीमा सुरक्षा, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, अन्य सुरक्षा निकायहरुसगँको समन्वय र सहकार्य लगायतका विविध विषयमा…

Read More