Author: Saru Shrestha

जनकपुरधाम – मधेश सरकारले कुमारी आमाबाट परिचत निहारिका राजपुतलाई पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आफू बलात्कृत भएको र बलात्कारबाट छोरा जन्मिएको भन्दै लामो समयदेखि कानुनी लडाइँमा रहेकी महोत्तरीको जलेश्वरकी निहारिकालाई मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले कानुनी लडाइँका लागि पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । धनुषाको महेन्द्रनगरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । जिल्ला अदालतबाट श्रेष्ठ सफाइ पाएपछि निहारिकाले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् ।

Read More

काठमाडौँ – कपिलवस्तुको मायादेवी नगरपालिका वडानम्बर ५ मा अज्ञात समूहको गोली लागि १ जना घाइते भएका छन् । गोली लागि मायादेवी ६ का घुरहु पासी घाइते भएका हुन् । महादेवको घरमै गोली चलेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले गोली प्रहारबाट घाइते भएका पासीलाई जिल्ला अस्पताल लगिएको बताए । प्रहरीले थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।

Read More

काठमाडौँ – विशेष अदालतले घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शुक्रबार सुरु भएको मुद्दालाई हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो । अब मुद्दाको निरन्तर सुनुवाइ हुनेछ । अख्तियारले १२ चैत २०७५ मा आफूकहाँ विचाराधीन एक इन्जिनियरिङ कलेजको अनियमितता सम्बन्धी फाइल मिलाउन ७८ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । आयुक्त पाठकका साथै उनलाई घुस खुवाउने नेपाल इन्जिनियरिङ कलेजका पूर्व–अध्यक्ष लम्बोदर न्यौपानेलाई अख्तियारले ७८ लाख रुपैयाँ बिगो मागदावी गरी मुद्दा दायर गरेको थियो । आयुक्त पाठकमाथि…

Read More

काठमाडौँ – सर्वोच्च अदालतले करिब साढे तीन दशक लामो विवाद टुङ्ग्याउँदै बबरमहलस्थित ३ रोपनी २ आना जग्गा सरकार ९नेपाल आयल निगम०को हुने फैसला गरेको छ । सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले मुआब्जा नलिएकै भन्ने आधारमा सरकारको नाममा अधिग्रहण भएको जग्गा व्यक्तिको हुन नसक्ने फैसला गरेको हो । सरकारले १९ माघ २०३२ सालमा सूचना निकालेर तत्कालीन शाही नेपाल औषधि लिमिटेडका लागि रणबहादुर शाहबाट बबरमहलमा रहेको जग्गा अधिग्रहण गरेको थियो । त्यसक्रममा निर्धारण भएको क्षतिपूर्तिको रकम निकै कम भएको भनी उनी दुई वर्षपछि सर्वोच्च अदालत गएका थिए । १८ असोज २०३६ सालमा सर्वोच्च अदालतले पहिले भएको मुआब्जा निर्धारणको निर्णय बदर…

Read More

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र ,कुरिनटार चितवनमा एक बिमा साक्षरता कक्षा सम्पन्न गरेको छ। उच्च पस्दस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि सो कक्षा संचालन गरिएको हो। उक्त तालीम पछि सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यो कक्षा पछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए । कार्यक्रममा प्रशिक्षकको रुपमा क्षेत्रीय प्रमुख बलराम खत्री, COT एन.बि .गुरुङ, MDRT दीपक राज गिरि रहेका थिए । सानिमा लाइफको धेरै योजना मध्ये केही…

Read More

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उदेश्यले ‘रोमायिन मिशन’ स्थापना गरेको छ ।  काठमाडौंको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा अस्थायी रुपमा रोमानियन मिशन स्थापना गरिएको मन्त्रालयले जनाएको छ । ‘नेपाली नागरिकहरुले रोमानियामा प्राप्त गरेको रोजगारीहरु गुम्न नदिन र रोमानिया प्रवेशको लागि आवश्यक भीषा प्रक्रियालाई सरल, सहज र पहुँचयोग्य बनाउन काठमाडौंस्थित श्रम तथा रोजगार कार्यालय, ताहाचलको परिसरमा अस्थायी रुपमा रोमानिया मिशन स्थापना गरिएको छ,’ मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । रोमानियाको भिसा लिन भारतको नयाँदिल्लीस्थित रोमानियाको दूतावास जानु पर्ने र त्यहाँ जाँदा कामदराको धेरै रकम खर्च हुने भएकोले समस्या…

Read More

डडेल्धुरा – डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल हुने भएको छ। साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले शनिबार ट्रायल उद्धाटन गर्न लागेका हुन्। दुबै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ट्रायल उद्धाटन गर्ने कार्यक्रम तय गरिएको यातायात डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायल बताए। उनका अनुसार पहिलोपटक सञ्चालन भएको ए, के र बी वर्ग अथात् मोटरसाइकल, स्कुटर, जीप र कारको प्रयोगात्मक परीक्षा सञ्चालन गर्न लागिएको बताए। प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै भोलि नै परीक्षणकालिन लाइसेन्स वितरण गर्ने तयारी रहेको छ। भोलि सुरुमा डोटी र त्यसपछि डडेल्धुरामा ट्रायल उद्धाटनको…

Read More

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आज शुक्रबारदेखि निवेदन दर्ता गराउने भएको छ । निर्वाचन आयोगले दुवै सभाका लागि शुक्रवारदेखि निवेदन दर्ता गराउन लागेको हो। आयोगले शुक्रबारदेखि आइतबारसम्म तीन दिन राजनीतिक दलको निवेदन दर्ता गर्ने व्यवस्था गरेको छ । आयोगले गत साउन २२ देखि ३१ गते सम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गर्दा ८७ वटा दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये समानुपातिकतर्फ भाग लिन चाहने दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनुपर्नेछ। समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय आयोगमै स्थापना भएको छ। प्रतिनिधिसभा…

Read More

काठमाडौं – निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ । आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

Read More

डडेल्धुरा – नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमका पूर्वअध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। ‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनका पछि लागे। गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो, त्यसको पछि लाग्नेमा म पनि थिएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्‍यायो। त्यसबापत पछुतो र आत्मग्लानी भएको छ।’ शाहीले विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको भन्दै आजदेखि कुनै दलमा आवद्ध नरहेको घोषणा गरेका छन्। शाही स्थानीय निर्वाचनमा सक्रिय…

Read More