Author: Saru Shrestha

काठमाडौँ – सरकारले सुडानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ । सुडानमा अझै सुरक्षा अवस्था असहज रहेकाले त्यहाँ रहेका नेपालीसँग निरन्तर सम्पर्कमा रही इजिप्टको कायरोमा रहेको नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक अहिलेसम्म अरू ३० जना नेपाली कायरोको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् । दूतावासको अनुरोधमा पोर्ट सुडानमा पुगेका १९ जना नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित रूपमा पुगेका त्यहाँ रहेको नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको दूतावासले जनाएको…

Read More

सुर्खेत – कर्णालीमा ८२ हजार जमिन बाँझो रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सिंचाई तथा खनजोत अभावले ८२ हजार चार सय ५९ हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको हो । खेतीयोग्य जमिनमध्ये ६८ हजार तीन सय ३५ हेक्टरमा सिंचाइ सुविधा रहेको छ । कूल खेतीयोग्य जमिनको ३१ प्रतिशत क्षेत्रमा मात्रै सिंचाइ सुविधा छ । कृषिबाटै कर्णालीमा आर्थिक समृद्धि भित्राउने सकिने पर्याप्त सम्भावना हुँदा पनि स्पष्ट नीति, योजना र बजेट अभावले कर्णालीमा हजारौ हेक्टर जमिन बाँझै रहेको हो । जुम्लामा १४ हजार ५१ हेक्टर खेतीयोग्य जमिन बाँझो छ । जताततै स्याउ खेती गर्न सकिने उर्वर भूमि भएपनि सरकारी…

Read More

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे ।  थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको बिरोध गर्ने , सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु…

Read More

धनगढी – कञ्चनपुरमा बेवारिस अवस्थामा एक जनाको शव फेला परेको छ ।  आइतबार प्राहरीले भीमदत्त नगरपालिका–११ भुजेला नहर किनारमा बेवारिस अवस्थामा अन्दाजी ५५ वर्षीय गहु गोरो उचाई ५ दशमलव २ फिट भएको कालो पाइन्ट खैरो सर्ट कालो कलरको हाइनेक निलो कलरको आस्कोट टाउकोमा ढाका टोपी पातलो शरिर कपाल र दारी जुंगा फुलेको पुरष अचेत अवस्थामा फेला परेको थियो । तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । शवको पहिचान भएको छैन । मृत्यु भएका पुरुषको शव सोही अस्पतालको शब गृहमा राखिएको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो साढे तीन वर्षको अवधिमा फेला परेका…

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डले १६  वटा नयाँ ब्रोकर कम्पनीलाई आशयपत्र दिएको छ ।  बोर्डको आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत असोजमा आवेदन दिएका ४५ मध्ये १६ वटा कपनीलाई आशय पत्र दिने निर्णय गरेको हो । अन्य कम्पनीको आवेदनमाथि पनि अध्ययन भइरहेको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । हाल आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबी सेक्यूरिटिज,आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज रहेका छन् । यस्तै, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकारभैरव सेक्युरिटिज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटिजले पनि आशयपत्र पाएका छन् । नबिल सेक्युरिटिजले…

Read More

काठमाडौँ – धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ । वर्षापछि गणेश खोलामाथिको पुल भासिएको हो । पुल भासिएसँगै सोमबार दिउँसोदेखि पृथ्वीराज राजमार्ग दुईतर्फी बन्द भएको छ । राजमार्ग बन्द हुँदा काठमाडौँ आउने र काठमाडौँबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।

Read More

बैतडी – बैतडीमा एक किशोर मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेका हुन् । सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए । पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौं – सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ । कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसद्को आगामी अधिवेशनबाट कानुन निर्माण गर्ने सहमति गरिएको छ ।

Read More

बझाङ – बझाङमा यार्सागुम्बा टिप्न एक जनाको ज्यान गएको छ । सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो । उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।

Read More

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । यसअघि सोमबार नै बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेत ाचयन गर्न संसदीय दललाई निर्देशन दिएको थियो । १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने दलको नेतामा चयन भएका हुन् । गत शनिबार डीपी अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त उक्त पदमा लामिछानलाई चयन गरिएको हो ।

Read More