काठमाडौँ – नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि बचतपत्र बिक्री खुला गर्ने भएको हो । निक्षेपको ब्याजदर घटेसँगै सरकारी ऋण उठाउन औजार वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएर ल्याएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर…
Author: Saru Shrestha
काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा टोखा-छहरे सुरुङ मार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी मुस्ताङ, रसुवागढी जस्तै अन्य पहाडी भू-भागमा समेत सुरुङ मार्गहरू बनाउने विषयमा छलफल भएको छ । चीनबाट ठूलो संख्यामा पर्यटक नेपाल भित्राउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ। मन्त्री महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने बताए । अर्थमन्त्री महतसँगको भेटमा चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब ८० अर्ब रुपैयाँ उपलब्ध गराउन सक्ने जानकारी…
काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गरेकी छिन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उनले भनिन्, ‘उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।’ कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भनिन्, ‘युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।’ कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उनले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गरिन् । कार्यक्रममा कांग्रेसका जिल्ला…
काठमाडौं – प्रहरी प्रधान कार्यालयले १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार बसेको बढुवा समितिले बैठकपछि १८ एसपीको बढुवा सिफारिस गरेको हो । सूचीसहित:
काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्। शुक्रबार बसेको संसद बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्। उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र)का १३, नेपाली काँग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन्। यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि प्रमुख प्रतिपक्षी बनेको छ। राप्रपा पनि प्रतिपक्षीका रूपमा रहेको छ।
काठमाडौं – सभामुख देवराज घिमिरेले संसदमा अनुपस्थित सांसदहरु नाम सुनाउने क्रममा प्रहरीको फरार सूचीमा रहेका लक्ष्मी महतो कोइरीलाई बिरामी भएको बताएपछि संसद बैठक स्थगित गर्नुपरेको छ । १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुकाबारे सूचना दिने क्रममा सभामुख घिमिरेले कोइरी बिरामी भएकाले बैठकमा उपस्थित हुन नसकेको बताएपछि कांग्रेस, माओवादी, रास्वपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आपत्ति जनाएका थिए । कांग्रेसका रमेश लेखकले ‘बिरामी’ शब्द रेकर्डबाट हटाउन माग गरे । यसपछि रास्वपाका रवि लामिछानेले कोइरी बिरामी नभएको र भागेर भारत गएको बताउँदै अभियुक्तलाई जोगाउने प्रयास नगर्न सचेत गराए । एमाले सांसद रघुजी पन्तले पनि कुनै पनि अपराधिलाई जोगाउने पक्षमा एमाले नरहेको बताए । तर, सभामुख…
काठमाडौं – नेपालमा आज १०३ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार देशभर १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ९२५ जनामा कोभिड परीक्षण गरिएको थियो । आज देशभरका विभिन्न अस्पतालबाट ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । ५४ हजार ३१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । देशभर सक्रिय संक्रमित ३७५ जना छन् ।
काठमाडौं – नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–हाम्डीले नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर सिंगर–हाम्डीले परराष्ट्र मन्त्री साउदलाई भेटेकी हुन् । उक्त अवशरमा दुई जनाबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सहकार्यका विभिन्न सम्बन्धित विषयमा छलफल भएको थियो । नेपालको सन् २०२६ पछि कम विकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा पनि छलफल भएको थियो । साथै, परराष्ट्र मन्त्री साउदलाई भेट्न बुधबारै नर्वेकी राजदूत टोरन ड्राम्डल पनि मन्त्रालय पुगेकी थिइन् । उक्त अवसरमा दुई जनाबीचमा द्विपक्षीय सम्बन्धका विविध पक्षको बारेमा कुराकानी भएको थियो ।
काठमाडौं – प्रतिनिधि सभाले १० वटा विषयगत समिति गठन गरेको छ । सभामुख देवराज घिमिरेले संसदीय विषयगत समितिमा रहने सदस्यहरूको नाम आज शुक्रबार संसदमा प्रस्तुत गरे । विषयगत समितिमा रहने सदस्यहरूको नाम पढेर सभामुखले सदनसमक्ष राखेको प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदन भएको छ । योसँगै प्रतिनिधि सभाको चुनाव भएको पाँच महिनापछि संसदीय विषयगत समिति गठन भएको छ । गएको मङ्सिर ४ गते सम्पन्न चुनावपछिको प्रतिनिधि सभाको अधिवेशन भने पुस २५ गतेदेखि सुरु भएको थियो । यस्ता समितिहरूले अब नियमावलीअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र समिति सभापति चयन गर्नेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार प्रतिनिधि सभामा १० वटा विषयगत समिति र राष्ट्रिय सभाको समेत…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा.प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी रहेका थिए । भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । त्यस्तै, कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग आज उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो । प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानून मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने…