Author: Saru Shrestha

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङको निर्वाचन क्षेत्रमा एकैदिन झण्डै २५ करोडका तीन वटा सडक र पुल निर्माण सम्बन्धीका योजना शिलान्यास गरिएको छ। नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य समेत रहेका तामाङको निर्वाचन क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकाभित्र २४ करोड ९८ लाख बराबरको लागत भएका तीन वटा महत्वपूर्ण योजनाको बुधबार शिलान्यास गरिएको हो। तामाङ आफैले पुनर्वास नगरपालिका–१० मा पर्ने तीन करोड ३३ लाखमा ठेक्का सम्झौता गरिएको लमैया नाला बक्स कलभट ९२० मिटर० को शिलान्यास गरेका छन्। वाइ।आर, हटैराज जेभीले निर्माण गर्ने यो योजनामा पूर्वाधार विकास कार्यालय कञ्चनपुरले गत असार ५ गते अगामी २०८१ असार ३० गतेभित्र सम्पन्न गरिसक्नेगरी…

Read More

काठमाडौँ – काठमाडौँमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घको आकस्मिक बैठक बसेको छ । आज बसेको वाणिज्य सङ्घ काठमाडौँको बैठकले काठमाडौँ महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतङ्कित गरेको आरोप लगाए । ३५ दिने सूचना जारी गरेको भएपनि व्यक्तिलाई जानकारी नदिएको व्यवसायीको जिकिर छ । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौँका मेयर बालेन्द्र साह आफैँ मैदानमा खटिएका छन् । मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको…

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले यही भाद्र १२ गते सार्वजनिक बिदा दिने भएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले अवतारी पर्वको अवसरमा पर्व बिदाको मिति संशोधन गरी कैलाली र कञ्चनपुरमा भाद्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि २०७९ वैशाख १ गतेको प्रदेश राजपत्रको सूचना अनुसार भाद्र १९ गते बिदा दिने उल्लेख गरिएको थियो ।

Read More

काठमाडौं – काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरले अदालतसँग नक्सा पासको विवरण माग गर्दै पत्र पठाएको थियो । काठमाडौं महानगरपालिकाको सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट भर्खरै नक्सापासको विवरण प्राप्त भएको जानकारी दिए । महानगरका अनुसार अदालतको अन्डरग्राउन्ड पार्किङकै प्रयोजनका लागि रहेको छ । पछिल्लो समय महानगरले नक्साविपरित संरचना निर्माण भएका भवनमा डोजर चलाउने अभियानलाई तिब्रता दिएको छ ।

Read More

काठमाडौं – बाल यौन दुराचारको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोजकुमार पाण्डेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालतबाट पनि सदर भएको छ । उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र नरिश्वर भण्डारीको इजलासले बिहीबार जिल्लाकै आदेश सदर गरेको हो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पाण्डेले गत असार २४ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनले आफूलाई थुनामुक्त गरेर मुद्दाको पुर्पक्ष गर्न माग गरेकोमा उच्चले आदेश दिन अस्वीकार गरेको छ । उनीविरुद्ध बालयौन दुरुपयोग र मानव बेचविखनको कसुरमा मुद्दा दायर भएको थियो । गत असार ६ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार कार्यालय डिल्लीबजार पठाउन आदेश…

Read More

काठमाडौँ – मधेसको राजधानी जनकपुरधामस्थित मिल्स एरियामा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने क्रममा चुरे अभियानी तथा सुकुम्बासीहरुसँग प्रहरीको झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नजिकै चुरे अभियानी तथा सुकुम्वासीहरू मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनमा प्रहरीले अवरोध गर्दा झडप भएको बताइएको छ ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । आयोगले दर्ता भएका राजनीतिक दलहरूको क्रम निर्धारणसहित चुनाव चिह्न प्रकाशित गर्ने निर्णय गरेको हो । ‘निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधिसभा(प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली तर्फ प्राप्त गरेको मत सङ्ख्याको आधारमा र प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि सभा(प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रमको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने र यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय आयोगले…

Read More

काठमाडौँ । सरकारले नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै प्रष्टीकरण दिएको छ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे विधेयक ल्याउनुको कारण, विगतमा पूर्ववती सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश, संवैधानिक व्यवस्था, विगतको व्यवस्थाबारे उल्लेख गरिएको छ । ‘नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता’ शीर्षक दिइएको प्रष्टीकरणमा नागरिकता विधेयक किन ल्याइएको, नागरिका विधेयक कानुन नबने के हुन्छ, बने के हुन्छ जस्ता शीर्षक राखेर प्रष्टीकरण दिइएको छ । यस्तो छ पूर्णपाठ ! नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता ‘नागरिकता’नागरिक र राज्यवीचकोसम्बन्धको आधार हो । राज्यले प्रत्याभुत गर्नुपर्ने मौलिक हक, आर्थिक, सामाजिक र राजनीतिक अधिकार एवं राज्यप्रति नागरिकहरुको कर्तव्य सुनिश्चित गर्न राज्यले आफ्ना नागरिकहरुलाई नागरिकको…

Read More

लमजुङ – कृषि ज्ञान केन्द्र लमजुङले चालु आर्थिक वर्षमा बाँझो जमिनमा व्यावसायिक खेती प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्लामा खेतीयोग्य जमिन बाँझो हुनेक्रम बढेसँगै व्यावसायिक खेती प्रवर्द्धन गर्नका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि ज्ञान केन्द्रमार्फत सो कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रम अन्तर्गत जिल्लाका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्र लमजुङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । सो कार्यक्रम लागत साझेदारीमा सञ्चालन हुने सूचना अधिकारी रेग्मीको भनाइ छ । रेग्मीका अनुसार कार्यक्रम…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । कमान्ड सेनापति कोअर्डिनेटिङ कन्फेरेन्सको उद्घाटनका लागि जङ्गी अड्डा पुगेका बेला आज प्रधानमन्त्री देउवा र प्रधानसेनापति शर्माबीच भेट भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनीहरूबिच भेटमा के कुरा भयो भन्नेबारे जानकारी छैन । प्रधानसेनापति शर्मासहित करिब १०० जर्नेलले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । राष्ट्रपति र प्रधानसेनापतिबीचको भेटलाई राष्ट्रपति कार्यालयले सामान्य भने पनि बढ्दो राजनीतिक घटनाक्रमकाबीच जानकारहरूले उक्त भेटलाई अर्थपूर्ण रूपमा हेरेका छन् ।

Read More