Author: Saru Shrestha

काठमाडौँ – ११ वर्षअघि इन्द्रेणी कम्प्लेक्समा बम राख्ने व्यक्ति पक्राउ परको छन् । पक्राउ पर्नेमा ललितपुर चापागाउँ निवासी महेश खत्री रहेका छन् । खत्रीले २०६८ वैशाख १३ गते नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा बम राखेको प्रहरीको भनाई छ । उनको समूहले कम्प्लेक्सका मालिकलाई फोन गर्दै पाँच करोड रुपैयाँ माग गरेका थिए । पैसा नदिए घर बमले उडाइदिने भन्दै खत्रीका समूहले धम्कीसमेत दिएको प्रहरीको दाबी छ । पाँच करोड रुपैयाँ नदिए कम्प्लेक्स र घरसमेत बमले उडाइदिने धम्की दिइएको थियो । तर इन्द्रेणी कम्प्लेक्सका मालिकले पैसा दिन अस्वीकार गरेपछि खत्रीको समूहले इन्द्रेणी कम्प्लेक्समा २०६८ वैशाख १३ गते बम राखेको थियो । कम्प्लेक्सको पार्किङमा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेसँगै प्रतिवद्धता नभुल्ने  बताएका छन् । २७५ सदस्य रहेको प्रतिनिधिसभाको बैठकमा २७० जना सांसद उपस्थित भएकोमा प्रचण्डले २६८ मत पाएका छन् । उनको विपक्षमा २ मत परेको छ । २७५ सदस्यीय संसद्मा कांग्रेसका एकजना सांसद निलम्बनमा परेका छन् भने मनोरमा शेरचन, किशोरसिंह राठौर र अम्बिका बस्नेत अनुपस्थित भएका थिए । भने जेष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा थिए । प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।

Read More

सप्तरी – सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएपछि यस वर्ष अहिलेसम्म चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको हो । मृत्युु  हुनेमा स्थानीय अन्दाजी ६५ बर्षीय कपलेश्वर सदा रहेका छन् । बिगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ ७ बजे कठयांग्रिएर मृत्यु भएको स्थानीय बताएका छन् । चिसोका कारण बिरामी परेका सदा महुली उपचार गरि घर फर्केर घरैमा सुतेको अवस्थामा ज्यान गएको स्थानीय ललकु सदाले जानकारी दिएका छन् । मृतक परिवारलाई खान लगाउनसमेत समस्या हुँदै आएको थियो । कपडाको…

Read More

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक ५ माघमा बस्ने भएको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बैठक बस्ने भएको हो । सभामुखको निर्वाचनको कार्यतालिका माघ ३ गते प्रकाशित गरिनेछ ।

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् ।  मंगलबार बसेको प्रतिनिधिसभामार्फत् विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै…

Read More

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार व्यावसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् । दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताए । प्रक्रिया पुरा गरेर दर्ता भएको तर, नवीकरण नभएको क्रसर र बालुवा उद्योगको संख्या १४३ छन् । व्यावसायिक प्रयोजनमा सञ्चालित त्यस्ता उद्योग नवीकरण प्रक्रियामा रहेको बताइएको छ । दर्ता र नवीकरणसहित व्यावसायिक प्रयोजनमा देशभर ७ सय ३४ वटा…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनलाई विश्वासको मत प्राप्त भएको हो ।  प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २६८ मत परेको र विपक्षमा २ मत परेको सभामुखको भूमिका निर्वाह गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । योसँगै प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मत प्रस्ताव बहुमतले पारित भएको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । उनका अनुसार मतदानमा २७० जना सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, एकीकृत समाजवादी, जनमतसहितका दलले विश्वासको मत दिएको छ । राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान…

Read More

काठमाडौं – प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन ५ माघमा हुने भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आउँदो माघ ५ गते बिहीबार सभामुख पदको निर्वाचन हुने जानकारी दिएका हुन् । यसका लागि ३ माघमा सभामुख पदको निर्वाचन सूचना प्रकाशित गर्न संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई उनले निर्देशन पनि दिएका छन् । साथै ५ माघ बिहीबार बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेगरी स्थगित गरिएको छ ।

Read More

काठमाडौँ – केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी सोको पूर्व तयारी स्वरूप नेपाली सेनाले ‘केबलकार उद्धार अभ्यास’ सञ्चालन गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सोमबार सेनाले थानकोटमा अभ्यासको आयोजना गरेको हो । सेनाले विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई हाई लाइन रेस्क्यू तरिकाद्वारा सुरक्षित तवरले जमिनमा उतार्ने अभ्यास गरेको थियो । सो क्रममा उद्धारकर्ताहरूबाट घाइते तथा सद्दे मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरू गरिएको सेनाले जानकारी दिएको छ । यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धार कार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार…

Read More

काठमाडौँ – सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरण सम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज ९सोमबार० आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागितामा सार्वजनिक सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा पञ्जीकरणका लागि लाग्ने सबै शुल्क हटाउने विषयलाई प्राथमिकतामा साथ समावेश गरिएको छ । सरकारले महँगी नियन्त्रण गर्ने, कालोबजारी, अखाद्य वस्तुहरूको मिसावट र वस्तु तथा सेवामा हुने सिण्डिकेट प्रणाली अन्त्य गर्ने भएको छ । कार्यक्रममा लोकतन्त्रलाई जीवन-पद्धति र जीवन(मूल्यका रूपमा स्थापित गर्न, लोकतन्त्र जनताले…

Read More