काठमाडौँ – सत्तारुढ दलहरूले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ‘निरोगी नेपाल, स्वस्थ नागरिक’ बनाउने उल्लेख छ । ‘६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने…
Author: Saru Shrestha
डडेल्धुरा – करेन्ट लागेर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सोमबार दिउँसो घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लागेर भाटको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीले जानकारी दिए। उनका अनुसार मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराअन्तर्गत बगरकोट सव स्टेशनमा सुरक्षा गार्डमा कार्यरत थिए। ‘बिदामा घर आएको बेला ट्रान्सफर्मरमा फ्युज जोड्ने बेला करेन्ट लागेको रहेछ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘करेन्ट लागेर भुइँमा झरेछन्। गाउँले हेर्दा मृत्यु भइसकेको रहेछ।’ उनको शवलाई पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।
जनकपुर – जनता समाजवादी मधेश प्रदेश संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । मधेश प्रदेशसभामा जसपाको १६ सांसद छन् ।
पोखरा – गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् । उनीहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
धनगढी-पार्टी दर्ता भएको एक वर्ष पुरा नहुँदै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद हुन थालेको छ । पार्टीको विवाद नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र सो पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीबीच सामाजिक सञ्जालमै भएको दोहोरीले छर्लङ्ग पारेको छ । आइतबार नागरिक उन्मुक्ति पार्टीका वरिष्ट नेता लक्ष्मण चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टिकापुर राजवन्दि मा. रेशमलाई गल्ति गर्ने छुट छैन ।’ समाजिक सञ्जालनमा लक्ष्मण चौधरीले उक्त अभिव्यक्ति पोष्ट गरेको केही समयमै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सोही पोष्टमा प्रतिक्रिया दिएकी छन् । उनले लक्ष्मण चौधरीलाई चेतावनिको शैलीमा लेखेकी छन्, ‘दुई/चार लाखमा बिकी हाल्ने जस्तो सोच्नू भयो ? आफ्नो पहिचानको…
सुर्खेत-डाेल्पाको ठुलिभेरी नगरपालिकाको केन्द्र जुफाल कायम भएको छ । आइतबार सर्वोच्च अदालतले दुनै पक्षबाट परेको रिट खारेज गर्दै नगरपालिकाको केन्द्र जुफाल कायम भएको फैसला गरेको हो । सदरमुकाम दुनै रहेको नगरपालिकाको केन्द्र तत्कालीन नगर प्रमुख गणेश शाहीले जालसाजी गरेर जुफाल सारेको भन्दै २०७४ साल चैत्र ५ गते सर्वोच्च अदालमा तत्कालीन उपप्रमुख योगेन्द्र बहादुर शाहीसहित तीन जनाले रिट दायर गरेका थिए । अदालतले नगरपालिकाको केन्द्र जुफाल कायम गरेपछि जुफालका जनप्रतिनिधि तथा स्थानीयले ऐतिहासिक दिन भन्दै खुशीयालीसमेत मनाएका छन्। पहिलो कार्यकालभरीनै ठुलिभेरी नगरपालिका केन्द्र विवादमा अल्झिएको थियो।
सप्तरी-सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो । वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ बस्ने करिमान मियाँका वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय छोरा रहमान मियाँसहित २१ जनाले मिलेमतो एक अर्कालाई फाइदा पुर्याउने उद्देश्यले राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्याउने उद्देश्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेको प्रहरीले जनाएको छ । एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई…
पोखरा – ७ बाट ११ हुँदै १२ मन्त्रालय बनाइएको गण्डकीमा अबको नेतृत्वलाई मन्त्रालय घटाउनै पर्ने दवाव छ । सरकारको कामको हिसावमा मन्त्रालयको संख्या अस्वभाविक देखिएपछि प्रदेश संरचनामाथी नै प्रश्न उठेको छ । अब बन्ने सरकारले मन्त्रालयको संख्यालाई प्रमुख प्राथमिकता दिनैपर्ने बाध्यता छ । पहिलो दल कांग्रेस प्रतिपक्षमा रहने पक्का भएसँगै एमाले, माओवादी र राप्रपाको गठजोडबाट गण्डकीमा सरकार गठन हुँदै छ । सम्भवतः एमाले नेता खगराज अधिकारी गण्डकीको तेश्रो (व्यक्तिका हिसावले) मुख्यमन्त्री बन्ने छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ २ पटक र कृष्णचन्द्र नेपाली पोखरेल एक पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नयाँ सत्ताको गठबन्धन भित्र मन्त्रालय मर्ज गर्ने विषयमा प्रमुखताका…
काभ्रे – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताएका छन्। पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन सुदृढीकरण कार्यशाला उद्घाटन समारोह उनले आउँदो मङ्गलबार सरकारले विश्वासको मत प्राप्त गर्ने बताउँदै नेताकार्यकर्तालाई ढुक्क रहन आग्रह गरे। “वर्तमान सरकारले सहज तरिकाले विश्वासको मत प्राप्त गर्नेछ, तपाईंहरू ढुक्क भएर बस्नुस्, यो एमालेले बनाएको सरकार हो”, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने। अध्यक्ष ओलीले साङ्केतिकरूपमा सरकारलाई विश्वासको मत नदिलाउन षड्यन्त्र भइरहेको बताए। “बहुमत नपुग्दा तालमेल गरेर एकीकृत भएको बहुमतलाई झण्डै दुई तिहाइको स्थितिमा पुर्याउने एमाले हो,…
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता बुद्धिमान तामाङले उक्त जानकारी दिए। उनले भने, ‘हाम्रो संसदीय दलको बैठक संसदीय दलका नेता पार्टी अध्यक्षको नेतृत्वमा बस्यो। सो बैठकमा अहिलेको कार्यव्यवस्था समितिमा रहनुभएका हाम्रा उपाध्यक्ष ध्रुव प्रधानजीले भोलि र पर्सिको कार्यक्रमहरू बारेमा जानकारी गराउनु भयो। त्यही विषयमा छलफल भयो। सरकार बनाउन हामीले पहल गरेको नेतालाई नै विश्वासको मत दिन्छौँ। तर निर्णय भने भइसकेको छैन।’