काठमाडौं – निर्मला कुर्मीको न्यायका लागि काठमाडौंमा भइरहेको तेस्रो चरणको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् । रुवि खानले नेतृत्व लिएको उक्त आन्दोलनमा डा. केसी, अधिवक्ता ओमप्रकाश अर्यालले आइतबार माइतीघर मण्डलामा पुगेर ऐक्यबद्धता जनाएका हुन् । बाँकेकी निर्मला कुर्मीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको आइतबार चार दिन भइसकेको छ । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने चार बुँदे माग गरिएको छ ।
Author: Saru Shrestha
काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय जयमान वाइबा र राजमान स्याङ्बोलाई पक्राउ गरेको हो । शंखरापुर नगरपालिका ३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरूले विरोध गरिरहेका छन् । ४५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको अपर तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौँ उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सबस्टेसन निर्माणका लागि करिब २ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । यो सबस्टेसनले माथिल्लो तामाकोसीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन…
काठमाडौँ – भारतीय नम्बर प्लेटको गाडीमा आएको एक समूहले धारिलो हतियार प्रहार गर्दा नेपालगन्जमा तीन युवा घाइते भएका छन्। अज्ञात समूहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिकाका तीनजना घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा नेपालगञ्ज वडा नं १२ का उज्ज्वल शाह, वडा न. ४ का सुगम शाह र वडा नं ४ कै अनुराग शाह रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज वडा नं ४ गणेशपुरस्थित आफन्तको घरमा गएका बेला अज्ञात समूहले दिउँसो सवा २ बजेतिर आक्रमण गरेको प्रहरीको भनाई छ । घाइते तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ। आक्रमण गर्ने समूहको…
काठमाडौँ – पहिलो बैठकको एजेन्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन्। बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियतअनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेन्डा तय गर्ने उपसचिव सञ्जय गौतमले बताए। संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ।
काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने भएका छन् । आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए । पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो । पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्रो तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए । चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भए । तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले भने, ‘तीनपटक मन्त्री भइसकेको छु ।…
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि र गैरकृषि जग्गा छुट्याएको छ । नगरपालिकाले शुक्रबार स्थानीय भू–उपयोग परिषदबाट भू–उपयोग नक्सा स्वीकृत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले जग्गा वर्गीकरणको नक्सा स्थानीय भू–परिषद्बाट स्वीकृत भइसकेकाले १० दिनभित्र कार्यान्वयनमा आउने बताए । “भू–उपयोग नियमावलीमा उल्लिखित विभिन्न क्षेत्रमा जमिन विभाजन गरिएको छ”, उनले भने, “नापी विभागमा पठाएर कित्ता भिडान गरेर राजपत्रमा प्रकाशन गर्छौं।” उनले स्थानीय राजपत्रमा प्रकाशनपछि सोहीअनुसार कित्ताकाट हुने बताए । नगरपालिकाले नापी विभाग काठमाडौं र नापी कार्यालय कञ्चनपुरको प्राविधिक सहयोगमा जग्गा वर्गीकरण गरेको हो । स्वीकृत भू–उपयोग नक्साबमोजिम कित्तागत विवरण तयार गरी पुनः स्थानीय भू–उपयोग परिषदबाट स्वीकृत गरेर भू–उपयोग…
काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीले रणनीति मिलाउन नसक्दा दुर्घटना भएको बताएका हुन् । ‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको हो,’ उनले भने । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो । गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका दाहालले खेलेको उनले बताए । उनले भने, ‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
बाजुरा – बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ । बिहीबार राति नगरपालिकाको मूलढोका र अगाडि राखिएको जेनेटरमा आगजनी भएको प्रहरीले जनाएको छ । नगरपालिकाको नयाँ भवनअगाडि राखिएको जिआइजेट संस्थाको गाडी तोडफोड भएको छ । रातको समयमा कसले अगजनी गर्यो भन्नेबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताए । नगरप्रमुख जनककुमार बोहोराले नगरपालिकाको राम्रो कामप्रति प्रतिशोध साधेर आगजनी र तोडफोड भएको बताए । केही महिना पहिला नगरपालिकाको प्रावधिक फाटबाट ल्यापटवलगाएतका समान चोरी भएका थियो ।
कपिलवस्तु – बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोन मार्फत् बधाई दिएका हुन् । फोन वार्ताको क्रममा दुई नेताहरूबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाललाई यसअघि भारत र चीनका प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।