Author: Saru Shrestha

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो बताएका हुन्। ‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ’, उनले भने ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरू लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ। पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ।’ अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा…

Read More

धनगढी – कैलालीमा लागुऔसधसहित एक युवा पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका– २ अत्तरिया चोकबाट ५ सय १० मिलिग्राम लागूऔषधसहित सोही ठाउँका ३३ वर्षीय विक्रम देउवालाई गएराति प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलिले उनको साथबाट लागुऔषध फेला पारी देउवालाई पक्राउ गरेकोे जनाएको छ।

Read More

धनगढी – डोटीमा मृत अवस्थामा चितुवा फेला परेको छ। जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा शुक्रबार मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ। चितुवालाई आवस्यक प्रक्रिया पुरा गरी वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ।

Read More

काठमाडौं – ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌। दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् । साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् । शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए । 

Read More

कञ्चनपुर – कञ्चनपुरको दोदा नदि प्रभावित समूदायमा आधारभूत प्राथमिक उपचारसम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) द्वारा सञ्चालित आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन (एमरेड) परियोजनाको आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा वैशाख २६ गतेदेखि २९ गतेसम्म चलेको तालिमको आज समापन भएको हो। एनएनएसडब्ल्यूए र एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेले यस तालिमबाट २६ जना महिला र ४ जना पुरुष गरी ३० जना सहभागीहरू प्रत्यक्ष रूपमा लाभान्भित भएको बताए। उनले भने, ‘परियोजनाले मनसून पूर्वतयारीका लागि सामूदायिक उद्धारकर्मिहरूलाई खोज तथा उद्धारसम्बन्धी तालिम यसअघिनै दिइसकेको छ। अहिले आधारभूत प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न गरेका छौँ। अब पूर्वसूचना प्रणालिसम्बन्धी…

Read More

काठमाडौँ। एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औँ बैठकले यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी कार्ययोजना तयार गर्ने निर्णय गरेका हो । बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ । बैठकले देशका विभिन्न स्थानमा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारहरूले गर्नुपर्ने पूर्वतयारी, उद्धार लगायतका कार्यका लागि उपलब्ध एवम् आवश्यक साधन स्रोतको विवरण सहितको कार्ययोजना तयार गरी आगामी बैठकमा…

Read More

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताएका छन् । त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनार्ई छ । स्वप्नबालिका प्रकाशनद्वारा शुक्रबार आयोजित कार्यक्रममा स्व.नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धा: प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले पाठकको सङ्घर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए । उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्‍याएको योगदानको चर्चा गरे । पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशितालगायतमा समेत नेता पाठकको महत्पूर्ण भूमिका रहेको…

Read More

काठमाडौँ – गण्डकीका नवनियुक्त चार मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान ४ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार बिहान काँग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ खुवाएका हुन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको हो ।

Read More

काठमाडौँ – नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी पार्टी परिचालनका कार्यक्रम घोषणा गर्ने भएको छ । बिहीबारदेखि चलिरहेको केन्द्रीय कमिटी बैठकबारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले त्यसबारे सुझाव माग्न ८ वटा समूह बनाएर छलफल भइरहेको बताए । आगामी एक वर्षका कार्ययोजनाबारे महासचिव शङ्कर पोखरेलले मार्गदर्शन पेस गरेको समेत रिजालले जानकारी दिए। बिहीबार एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । समूहगत छलफल सकिएपछि अहिले वार्षिक कार्ययोजनाबारे सुझाव लिने काम भइरहेको रिजालले बताए।

Read More

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा…

Read More