काठमाडौँ – नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टी सचिव टोपबहादुर रायमाझीको अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता रायमाझी अहिले फरार सूचीमा छन् । शनिबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले रायमाझीलाई गैरन्यायिक हिरासतमा राखिएको आशङ्का व्यक्त गरे । सरकारले नै उनको अवस्थाका बारेमा स्पष्ट पार्नुपर्नेमा उनले जोड दिए । नेता तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धानमा आफ्नो दलले सकारात्मक सहयोग पुर्याउने पनि बताए । उनले उक्त प्रकरणमा सीमित मान्छेलाई कारबाही गरेको देखाएर अरूलाई उम्काउन खोजिएको त होइन ? भन्दै प्रश्न गरे । तामाङले वर्तमान सरकारले पाँच वर्षभन्दा पुरानो भ्रष्टाचारका विषयमा मुद्दा नलाग्ने…
Author: Saru Shrestha
काठमाडौँ- बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार दिउँसो १ बजेर ४२ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रबिन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि गएको बिहीबार दिउँसो १ बजेर १७ मिनेटमा बाजुराकै सिमिकोट आसपास केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए। नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारण सभालाई आज धादिङ बेँसीमा सम्बोधन गर्दै उनले भने, ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ।’ ‘सांसदले तलब पाउँछ, संसद बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछ। त्यो ठूलो पैसा छैन। तर यो वर्ष अप्ठ्यारो परेको वर्ष भएकाले सांसदले…
काठमाडौँ – विराटनगरमा ५४ तोला सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले दुई जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका(१५स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो। उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो। गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो। भारत विहार कटिहार(१७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय विनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको…
बैतडी – बैतडीको पाटन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प भएको छ । चैत्र अन्त्यतिर मात्रै सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ओम प्रकाश पाण्डेको राजनीतिक खिचातानीका कारण एक महिनामै पुनः सरुवा भएपछि नगरपालिकाको सम्पूर्ण काम रोकिएको हो । अधिकृत विहीन नगरपालिका भएको महिना दिन पुग्नै लाग्दा पनि को आउने भन्ने अझै कुनै ठेगान नभएको नगरपालिकाको सामाजिक विकाश समिति संयोजक हरिस विष्टले बताए । उनले भने, ‘आषाढ मसान्त नजिकिँदै छ प्रशासनिक र आर्थिक कारोबार सबै रोकिएका छन्, योजनाको भुक्तानी दिन बाँकी छ, सामाजिक सुरक्षा भत्ता लगायत नगरपालिकाका गर्ने अत्यावश्यक सबै काम रोकिएका छन् ।’ वडा नम्बर ८ का…
काठमाडौं – पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ। मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजाय बढाएको हो। संशोधित कानुन लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरू सात वर्षसम्म जेल सजायको भागिदार हुने भएका हुन्। पैसा मिटरब्याजमा लगाएर ऋणीलाई दुःख दिनेलाई निरूत्साहित तुल्याउन सरकारले अध्यादेशमार्फत् कानुन संशोधन गरेको हो।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् । लुम्बिनीसँगै, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा अघि बढाउने उनले बताए ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । किराँतहरूको महान् पर्व उभौलीको अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्वयन आजको मुख्य दायित्व भएको जनाए । उनले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् । कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्दै प्रधानमन्त्री…
चितवन – व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । रातिनै उनलाई चितवन ल्याइएको छ । आजैदेखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए । भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको उल्लेख गरेका छन्। सो…
नयाँदिल्ली – सन २०१४ पछि भारतमा पहिलो पटक पाकिस्तानवाट उच्च स्तरीय भ्रमण भएको छ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी बिहिबार भारत भ्रमणमा पुगेका हुन् । संघाई सहयोग संगठन (एससीओ) को विदेश मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन पाकिस्तानी बिदेश मन्त्री जर्दारी भारत पुगेका हुन् । सो सम्मेलन बिहिवार देखी गोवामा जारी छ । नौ वर्षपछि भारतमा पाकिस्तानको तर्फवाट यो उच्च स्तरीय राजनीतिक भ्रमण भएको हो । सन २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ दिल्ली पुगे पछि बिहिवार बिदेशमन्त्री जर्दारी भारतको भुमी टेकेका हुन् । सन २०१९ मा पुलवामा भएको हमलामा ४०…