बागलुङ – आसन्न आमनिर्वाचनका लागि प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएकी छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् । महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए । अन्य आकांक्षीमा पार्टी सभापति जितबहादुर शेरचनसहित गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश घट्टचन, द्रोण कुँवर, नरबहादुर पुन, रामप्रसाद आचार्य, शान्तराज आचार्य र सिंहबहादुर रानाको नाम सिफारिस भएको बुढाले…
Author: Saru Shrestha
लमजुङ – नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फ लमजुङ प्रदेश (ख) बाट सिफारिस भएका छन् । नेकपा (एमाले) लमजुङको आज बेँसीसहरमा आयोजित पाँचौँ पूर्ण बैठकले गुरुङलाई प्रदेशमा उठाउने निर्णय गरेको हो । उक्त बैठकले गुरुङसहित एमाले जिल्ला अध्यक्ष रहेका कृष्णप्रसाद अधिकारीलाई पनि सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतअन्तरले हराउँदै वाम गठबन्धनका उम्मेदवार बनेका गुरुङ प्रदेश सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस गरेको…
मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मकवानपुर-१ बाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्थानीय कमिटीले उनको नाम उम्मेदवारका रुपमा सिफारिस गरेको छ । राप्रपा मकवानपुरको शनिबार हेटौंडामा बसेको बैठकले थापालाई उनको गृहक्षेत्र मकवानपुर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । यो पटक थापाले एमालेतर्फ झुकाव राखेका छन् ।
बुटवल – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आट नगरेको बताएका छन् । एक्लै लड्ने आँट नभएपछि गठबन्धनको बैसाखी टेकेको पनि पौडेलले बताए । प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे । ‘एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,’ उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे । उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल…
काठमाडौं – चार महिनापछि टेकुस्थित ट्रान्सफर स्टेसनको फोहोर व्यवस्थापनको काम आइतबार बिहानसम्ममा सकिने भएको छ। सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयवासीलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि विगत चार महिनादेखि काठमाडौं उपत्यकाको फोहोर टेकुमा अल्पकालीन व्यवस्थापन गरिएको थियो। यसरी लामो समयसम्म फोहोरको अन्तिम व्यवस्थापनको काम हुन नसक्दा ट्रान्सफर स्टेसनमा मात्र होइन, काठमाडौं उपत्यकाका अन्य सडक किनारामा पनि जताततै फोहोर नै फोहोर थियो। उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी,…
काठमाडौं – नेपालले केन्याविरुद्धको तीन एकदिवसिय अभ्यास सिरिज एक खेल अगावै जितेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले घरेलु टोली केन्यालाई १६ रनले पराजित गरेको हो । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.२ ओभरमा अलआउट हुँदै २१४ मात्र रन मात्रै बनायो । यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २-० ले जितेको छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । केन्याका लागि रकिप पटेलले ८१ रनको अर्धशतकीय इनिङ खेले । कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए । दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल…
दार्चुला – स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्लाको मालिकार्जुन गाउँपालिकामा प्रथम मालिकार्जुन गाउँपालिका अध्यक्ष कप क्रिकेठ प्रतियोगिताको उद्घाटन गरिएको छ । शनिबारबाट सुरु भएको प्रथम अध्यक्ष कप प्रतियोगिताको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले उद्घाटन गरेका छन । मालिकार्जुन गाउँपालिका लालीगुरास युवा क्लबको आयोजना तथा मालिकार्जुन गाउँपालिकाको सहयोगमा प्रथम अध्यक्ष कप प्रतियोगिता संञ्चालन गरिएको आयोजक राम सिह धामीले जानकारी दिए । शनिबार देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगितामा जम्मा पालिकाभरीका १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता भाद्र २४ गते सम्म संचालन हुने आयोजक धामीले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१…
काठमाडौं – विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ । स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् । उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् । ‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौं। दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं’, अपीलमा भनिएको छ ।
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन् । ‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन् । ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन् । प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ ।’ ५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन् । प्रदेश सरकार प्रति नागरिकको वितृष्ण किन बढ्या रु भनेर मुख्यमन्त्री भट्टसँग न्युज कारखानाले गरेको…
काठमाडौं – नेपाली कांग्रेसले ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई सिफारिस गरेको हो । नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष समेत रहेका बस्नेत गत बर्ष मंसिरमा भएको कांग्रेसको महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजयी भएका थिए । पार्टी भित्र त उनको लोकप्रियता उत्तिकै छ भने आफ्नो जिल्लामा समेत उनको राम्रो चर्चा रहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्रको रुपमा रहेका उनले केपी ओली प्रधानमन्त्री हुँदा सरकारको गलत कामका विरुद्ध सडक आन्दोलनको नेतृत्व गरेका थिए…