काठमाडौं – भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो । आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई…
Author: Saru Shrestha
काठमाडौं : सत्तारुढ दलहरू सबैले बढी सिट दाबी गरेका कारण सिट बाँडफाँड गर्न गठबन्धन दललाई सकस परेको छ। सिट बाँडफाँडको खाका बनाउन गठित कार्यदलको बैठकले आज पनि सहमति जुटाउन सकेन। बिहीबार साँझ बसेको कार्यदल बैठकमा गठबन्धनका दलले आगामी निर्वाचनका लागि आफ्नो सिट संख्या दाबी गरेका थिए। दाबीबाट कुनै पनि दल पछाडि नहट्दा गठबन्धनलाई सिट संख्या टुङ्ग्याउन आज पनि सकस परेको हो। कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकको जानकारी दिँदै आइतबार दिउँसो ४ बजे संघ र प्रदेशमा परेका दलका दाबीको बारेमा छलफल गरी निष्कर्षमा पुर्याइने बताए। ‘कुनै दलले संघमा सिट प्राप्त गर्यो भने सकेसम्म अर्को दललाई प्रदेशमा समावेश गरेर…
लागूऔषध र बन्यजन्तुको आखेटोपहारसहित काठमाडौंबाट कारोबारी पक्राउकाठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागूऔषध र बन्यजन्तुको आखेटापहार कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् । भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले रातोपाटीलाई बताए । काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३…
काठमांडौ- दक्षिण एशिया क्षेत्र (South Asia Region) मा आगामी दिनमा देखापर्न सक्ने सम्भावित आर्थिक संकट र नेपालको वर्तमान आर्थिक अवस्थाको बारेमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । । संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक राजु अर्यालको समन्वय एवं समझदारी बमोजिम सुरक्षा सम्बन्धी महत्वपूर्ण एवं समसामयिक बिषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका नीतिगत तहका प्रहरी अधिकृतहरुका लागि प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम गरिएको हो । संस्थागत सहकार्य प्रवर्धन गर्ने उद्देश्यले निरन्तर रुपमा सञ्चालन गरिने कार्यक्रम अनुसार आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपालका अर्थशास्त्री एवं पूर्व राजदुत प्रा.डा. श्री विश्वम्भर प्याकुरेललाई प्रमुख वक्ताको…
काठमांडौ-भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले एक वर्षको अवधिमा ४८ हजार पशुपन्छीलाई खोप लगाएको छ । पशुलाई पूर्ण खोप लगाउने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा पशुमा खोरेत र पन्छीमा रानीखेत संक्रमण रोक्न खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख रामबहादुर खड्काका अनुसार दुई नगरपालिका र सात वटा गाउँपालिकामा विभिन्न ठाउँमा विभिन्न प्रकाकारका खोप लगाएको जनाएको छ । स्थानीय तहमा खोरेत रोग बाख्रामा पीपीआर तथा कुखुरामा रानीखेत नामक खोप लगाएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । पशुपालनका लागि राम्रो सम्भावना भएको दार्चुलामा गत आर्थिक वर्षबाट सबै स्थानीय तहमा पशु पूर्ण खोप…
कपिलवस्तु – गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ । अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो । गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं – लागु औषध मुद्धाका फरार कसुरदार एक व्यक्ति पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका- १८ बागबाणी बस्ने धर्मेन्द्र बमलाई निजकै निवास नजिकैबाट प्रहरिले पक्राउ गरेको हो । फरार धर्मेन्द बमलाई कञ्चनपुर जिल्ला अदालतले २०७४ भदौ २६ गते १ वर्ष १ महिना १५ दिन कैद सजाएको फैसला गरेको थियो । कञ्चनपुर जिल्ला अदालतले निजलाई कैद भुक्तानको लागी पुनः कारागार चलान गरेको जिल्ला प्रहरि कार्यालय कञचनपुरले जनाएको छ ।
सल्यान – सल्यानमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरबाट श्रीनगर आउँदै गरेको रा१ह ५४४५ नम्बरको अटो राप्ती राजमार्गको भुमेश्वर ज्युलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार घाइते हुनेमा त्रिवेणी गाउँपालिका(३ का ४५ वर्षीय कमानसिंह जिएम, त्रिवेणी ६ का ६५ वर्षीय बिक्रम खड्का, उनकी श्रीमती ५५ वर्षीया सुन्दरी खड्का र शारदा नगरपालिका १३ की १८ वर्षीया दीपा सुनार रहेका छन् । गुडिरहेको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते सबैको शारदा नगरपालिका(१ श्रीनगरस्थित परोपकार अस्पतालमा उपचार गरिएको छ ।
काठमाडौं – कैलालीमा कुटपिट मुद्धाका अभियुक्तलाई पक्राउ गरेर ल्याउँदै गर्दा अभियुक्त हतकडी सहित फरार भएका छन् । आज दिउसो करिब १ बजेको समयमा कैलालीको जोशिपुर गाउँपालिका ४ का शंकर चौधरी हतकडी सहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अन्दाजी २८ बर्षिय शंकर चौधरीका नाममा उनकै बुवाले कुटपिट सम्बन्धि दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर ल्याउँदा उनि बाटोबाटै फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीका अनुसार सेतो टिसट, खैरो हाप पाईन्ट लगाएको दाडी पालेको ५ फिट ५ इन्च उचाई भएका अभियुक्त चोधरी फरार भएको बताए ।
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट १६३ तथा एन्टिजेन विधिबाट १६१ जनामा गरी ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको छ ।