Author: Saru Shrestha

काठमाडौं – राहदानी विभागले मंगलबारदेखि अनिश्चितकालका लागि राहदानी वितरण कार्य बन्द गरेको छ । सिस्टममा समस्या आएको भन्दै विभागले अनिश्चितकालका लागि राहदानी वितरण कार्य रोकेको हो ।  सिस्टममा समस्या आएको र समाधानका लागि निरन्तर प्रयास गर्दा पनि समाधान नभएको भन्दै विभागले राहदानी वितरण कार्य रोकेको हो । सिस्टममा समस्या आउँदा राहदानी आवेदनको स्टाटस हेर्ने र राहदानी वितरण अवरुद्ध भएकाले अर्काे सूचना जारी नहुँदासम्म राहदानी वितरण कार्य रोकेको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिइन् । पुस १७ गतेदेखि राहदानी विभागको सिस्टममा समस्या आई राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध हुन गएको छ । विभागले सो समस्या समाधानका लागि निरन्तर…

Read More

बैतडी – विद्यालयमा कार्यरत रहेका शिक्षकको दरबन्दी काटिएको भन्दै बैतडीको सिगास गाउँपालिका वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरिएको छ । वडा नं. ९ को चुवाँमा रहेको श्री निलपाल आधारभुत विद्यालयमा कार्यरत रहेका शिक्षकको दरबन्दी काटिएको जनाउँदै सम्पूर्ण शिक्षक अविभावक र विद्यार्थी समेतको सहभागीतामा आज वडा कार्यालयमा तालाबन्दी गरिएको विद्यालय स्रोतले जनाएको छ । साउन ३० गते वडा नं.९ को कार्यालयमा सर्वपक्षीय बैठक बस्दा सम्म उक्त विद्यालयको कुनै पनि दरबन्दी नकाटिएको गाउँपालिकाको परिपत्र अनुसार कुनै जानकारी नआएको र हाल जानकारी बिना उक्त विद्यालयमा दरबन्दी काटिएकोले कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थीको भविष्य अन्यौल पूर्ण अवस्थामा पुर्याइएकोले वडा नं. ९ को कार्यालय मार्फत…

Read More

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले सुरक्षित भक्तपुरका लागि दैनिक गस्ती टोली खटाइरहेकाे बताएका छन् । परिसरले मंगलबार परिसरमा आयोजना गरेको पत्रकार भेटघाटमा भक्तपुरलाई सुरक्षित सहरको रुपमा स्थापित गर्न दैनिक गस्ती टोली खटाएकाे बताए । परिसरका एसपी केसीले भक्तपुरलाई सुरक्षित स्थानको रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको बताए । परिणामस्वरु अहिले भक्तपुरमा लुटपाटको घटनामा कमी आएको दाबी गरे । पहिला रातको समयमा बाटोमा हिड्दा मोबाइल, पैसा लुटिने घटना धेरै आउँथे । अब त्यस्ता घटना निकै कम छन् ।’ विशेष गरेर रातको समयमा ठाउँठाउँमा गस्ती प्रहरी टोली खटाएको उनको भनाइ छ । टोलीलाई प्रभावकारी रुपमा काम गराउन टोली प्रमुखले निगरानी गर्ने…

Read More

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्लास्थित सुरक्षा प्रमुखको संयुक्त बैठक बोलाएका छन् । गृहमन्त्री लामिछानेले सोमबार बिहान ९ बजे भर्चुअल बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ । बैठकमा देशभरका ७७ वटै जिल्लाका सिडिओका साथै जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुने गृहमन्त्री लामिछानेका प्रमुख सचिव दिपक बोहोराले जनाए । बैठकमा आम नागरिकले सरकारी सेवा लिन भोगिरहेको असुविधा, शान्ति सुरक्षा, बजार अनुगमन र भ्रष्टाचार लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

Read More

काठमाडौँ – कञ्चनपुरमा ७ राउण्ड गोली र कटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार जिल्लाको बेलौरी नगरपालिका-१ को बैशाखबाट भारतको लखिमपुर खिरी तहसिल मिलौली बस्ने ३२ वर्षीय राजु इद्रिसीलाई ६ राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहले उनलाई नियन्त्रणमा लिएको स्थानमा खोज तलास गर्ने क्रममा थप एक राउण्ड गोलीसहित लोड गरेको कटुवा पेस्तोल बरामद गरिएको जानकारी दिए । नजिकै रहेको उखुबारीमा भारतीय नागरिक २७ वर्षीय मुजिवा बञ्जारा र ४२ वर्षीय यूसुफ अलिलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । उनीहरूको साथबाट ७ हजार भारतीय…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य अम्बिका बस्नेतकी ममतामयी आमा कपिलकुमारी बस्नेतको निधनप्रति दुःख व्यक्त गरेका छन् । कपिलकुमारी बस्नेतको आइतबार काठमाडौंस्थित आफ्नै निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथ केन्द्रीय सदस्य बस्नेतलगायत शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Read More

काठमाडौं – डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ । डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगले शनिबारदेखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो । एक्कासी मूल्य बढाइएपछि चौतर्फी विरोध भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको संघले जनाएको हो । राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ । सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो । शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग…

Read More

काठमाडौं – इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको निगमले जनाएको छ । मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको छ । निगमका अनुसार एलपी ग्याँसमा ३५९.५० प्रति सिलिन्डर घाटा रहेको छ भने १५ दिनको घाटा ४६.४४ करोड रहेको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना…

Read More

धनगढी – डोटीमा एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल स्थित सिलगढी नगरपालिका वडा नम्बर ८ देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत फेला परेका हुन् ।  कडायत गोगनपानी सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यही पौष ११ गते घरबाट निस्केका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा सो वन क्षेत्रमा शव फेला परेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   त्यस्तै उता बझाङमा पनि एक पुरुष मृत फेला परेका छन् । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ६ पी खेतका ५७ वर्षीय मिनबहादुर रोकाया मृत फेला परेका हुन् । मसानी थान नजिकै सडक…

Read More

बुटवल – अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा ६० वर्षीया वृद्धा मृत फेला परेकी छन् । शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ । ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दुध लिन गएकी थापा बहखोर नजिकैको खोल्सामा मृत भेटिएको हुन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीले बताए ।

Read More