Author: Saru Shrestha

काठमाडौं – रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो । विश्वकर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्‍दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन् । समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ ।…

Read More

बर्दिया – लागूऔषधजस्तो देखिने पदार्थसहित एक भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका-९ गोडियनपुरुवाबाट ३ सय ६० ग्राम लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मतबहादुर बोहोराले गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र भारत उत्तरप्रदेश राज्य बहराईच घुम्ना भारुका २३ वर्षीय दीपककुमार पासवान लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४० आर ३४१५ नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा उनीहरू पक्राउ परेको सूचना अधिकारी एवं डीएसपी बोहोराले जनाए । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Read More

धनगढी -गोरूले हानेर डोटीमा एक महिलाको ज्यान गएको छ । जोरायल गाउँपालिका–३ रावतकट्टेकी ५२ वर्षीया लक्ष्मीदेवी कठायतको गोरूले हान्दा ज्यान गएको प्रहरीको भनाइ छ । गोरुले हान्दा घाइते भएकी लक्ष्मीको उपचारका क्रममा सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँस्थित विभिन्न देशका कूटनीतिज्ञहरूलाई सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा प्रधानमन्त्रीले तीन वटा विषयमा ब्रिफिङ गरे । नेपालको पछिल्लो राजनीतिक विकास क्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे उनले ब्रिफिङ गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए। नेपालले पञ्चशीलमा आधारित असंलग्न विदेश नीति अवलम्बन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई मजबुद् बनाउने बताए। प्रधानमन्त्री प्रचण्डले २०७९ मा भएका स्थानीय र संसदीय चुनावले नेपालको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै मजबुद् बनाएको बताए। उनले वर्तमान सरकार…

Read More

काठमाडौँ – आगामी जेठ ४ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । सभामुख देवराज घिमिरेले आगामी जेठ ४ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन् । सोही दिन बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

Read More

काठमाडौँ – राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भ्रष्टाचार विरुद्धको आन्दोलनमा भ्रष्टाचारीहरू नै संलग्न रहेको आरोप लगाएका छन् । भ्रष्टाचारीहरूले नै सडकमा गएर ‘भ्रष्टाचारी मुर्दावाद’को नारा लगाइरहेको उनको भनाइ छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपाका प्रमुख सचेतक शाहीले तीन दशकभन्दा लामो समयदेखि यस्तै चलिआएको दाबी गरेका थिए । उनले भने, ‘अहिले भ्रष्टाचारविरुद्धको आन्दोलन सडकमा भइरहेको छ । स्वयम् भ्रष्टाचारको आरोप लागेका आरोपीहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा ‘भ्रष्टाचारी मुर्दावाद’ भन्दै हिँडेका छन् । यो अहिले होइन ३४ वर्षदेखि यही अभ्यास भइरहेको छ । भ्रष्टाचारविरुद्धका कुरा उठ्छन्, स्वयम् भ्रष्टाचारका आरोपित भ्रष्टाचारविरुद्धको आन्दोलनमा जान्छन् । तपाईँहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा लड्ने हो भने पार्टी पङ्क्ति, दल, सिद्धान्तभन्दा…

Read More

धनगढी – पूर्व राजा ज्ञानेन्द्र शाहले आज राम मन्दिरको अवलोकन तथा दर्शन गरेका छन्। आज (आइतवार) ज्ञानेन्द्र वीरबिक्रम शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहले अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको दर्शन गरेका हुन्। राम मन्दिर अहिले बन्ने अवस्थामा छ। मन्दिरको निर्माणका क्रममा नेपालको कालीगण्डकीबाट शिलासमेत लगिएको बताइन्छ। शाहका संवाद सचिव डा. फणिराज पाठकले पूर्व राजाद्वारा भगवान श्री रामको दर्शनबारे जानकारी दिए। पछिल्लो समय शाहले देश तथा विदेशमा धार्मिक क्रियाकलापहरुमा सक्रियता बढाएका छन्। सोही क्रममा आज शाहले भारतको उत्तरप्रदेशस्थित राम मन्दिरको दर्शन गरे। यस अघि उनले त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसंग मुलाकात समेत गरेका थिए। योगी नेपालमा राजसंस्था कायम हुनुपर्छ भन्ने मान्यता…

Read More

धनगढी- नक्कली भुटानी बनाएर अमेरीका पठाउने गिरोहलाई कार्वाहीको माग गर्दै  नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले  धनगढीमा प्रर्दशन गरेका छन्  । युवा संघ सँगै अनेरास्ववियूले पनि प्रर्दशन गरेका हुन् । धनगढीको पार्कमोड देखी एलएनचोक सम्म नारावाजीसहित युवाहरुको जुलुस कोणसभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उप–सचिव दीर्घ जोशीले भ्रष्टचारीलाई बाहनाबाजी गरेर उम्कन नदिन माग गरे । सरकारले नेपालीहरु लाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाउन सहयोग गरेको भन्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे लगाएतकालाई पक्राउ गरीसकेको छ। एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको ११…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भएको बताएका छन् । आइतबार टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । अहिलेको प्रकरण ठगी, किर्ते, भ्रष्टाचार, मानव बेचबिखन र सङ्गठित अपराध भएकाले यसको गाम्भीर्यता राजद्रोह भएको बताए । राष्ट्रिय, अन्तर्राष्ट्रिय अभिसन्धिलाई टेकेर यसलाई उचाइमा पुराउनुपर्ने उनको भनाइ छ । उनले नेपालबाट सिर्जित भएको काण्डका कारण अमेरिकामा रहेका नेपालीहरूको विषय भएकाले यसलाई सामसुम हुन दिन नहुने जिकिर गरे । अन्य सेटिङ र भ्रष्टाचारहरूलाई पनि गहिरो गरी अनुसन्धान गर्नुपर्ने उनले बताए । वाग्लेले तनहुँ १ मा राजनीतिलाई सङ्लो पार्ने…

Read More