काठमाडौँ – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ । अन्य आन्तरिक उडान पनि प्रभावित भएका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ओभर सुट गरिरहेका छन् ।
Author: Saru Shrestha
काठमाडौँ – राप्रपाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई राज्यविरुद्धको कसुर सहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ । जेठ १, २ र ३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्य शक्तिको दुरुपयोग केबल अङ्कको भ्रष्टाचार मात्र नभएको राप्रपाको जिकिर छ । राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, सङ्गठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारबाही चलाउन राप्रपा जोडदार माग गर्दछ ।’
धनगढी – नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ। सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय सरकारमा बसिरहनुको औचित्य नभएको बताएका हुन्। स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नाउपाले रेशमसहितका राजबन्दी रिहा गराउने प्रमुख चुनावी एजेण्डा बनाएको थियो। हाल रेशम पत्नी समेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम सरकारमा पनि नाउपाको सहभागिता तथा समर्थन रहेको छ।
ओखलढुंगा – बाल यौन दुरुपयोगको आरोप लगेका मोलुङ गाउँपालिकाका कर्मचारी तथा कृषि शाखा प्रमुख विनोद कटवाललाई प्रहरीले पक्राउ गरेको छ। कृषि शाखामा कार्यरत अधिकृत छैठौं कट्वालविरुद्ध बाल यौन दुरुपयोगको अभियोगमा बैशाख २६ गते उजुरी दर्ता भएको थियो। उजुरी दर्ता भएपछि फरार रहेका कट्वाललाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। कट्वालमाथि १६ वर्षीया बालिकालाई घरमै बोलाएर यौन दुर्व्यवहार गरेको आरोप छ। पीडिको तर्फबाट बालिकाकी आमाले उजुरी दर्ता गरेकी हुन्। छोरीमाथि दुर्व्यवहार गरेको विषय उठाउँदा आमामाथि समेत अपशब्द प्रयोग गरेको पीडित पक्षको आरोप छ। घटना बाहिर आएपछि २०…
काठमाडौँ – परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिमोथी ग्राहम वाट्सबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा परराष्ट्रमन्त्री साउद र सहायमन्त्री वाट्सबीच शिष्टाचार भेटवार्ता भएको हो । उनीहरुबीचको भेटघाटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो । साथै सहयोग अभिवृद्धि गर्ने र दुई राष्ट्रबीचको समझदारीलाई बढवा दिने उनीहरूबीच कुराकानी भएको परराष्ट्रमन्त्री साउदका प्रमुख स्वकीय सचिव दिपक जोशीले बताए ।
डडेल्धुरा – बझाङको मस्टा गाउँपालिका २ कि प्रमिला कठायतले गुडिरहेको बसमा बच्चालाई जन्म दिएकी छन्। धनगढी चौराहबाट बेङ्लोरसम्मका लागि छुटेको –पिवाई ०५ ए २७० नंम्बरको जय लक्ष्मी सेती लुम्बिनी टुरएण्ड ट्रावल्स प्रालिको बसमा भारतको तेलङ्गना हैद्राबादमा बिहान करिब ७ बजेर ३५ मिनेटमा कठायतले छोरा जन्माएकी हुन् । गुडिरहेको बसमा यात्रा गरिरहेकी उनलाई एक्कासी व्यथा लागेपछि बसका चालक, सहचालकले सहयोग गरेको र सुरक्षितसाथ सुत्केरी गराएको ट्रावल्स प्रालिका सञ्चालक जनेश्वर जोसिले बताए । यात्राका क्रममा बच्चा जन्मिएपछि आमा र बच्चालाई अस्पताल लैजानका लागि सम्पुर्ण ब्यबस्था गरिदिएको सञ्चालक जोसिले बताए ।
नयाँ दिल्ली – भारतीय काङ्ग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ । उक्त अदालतले मुद्दाको फैसला केही समयपछि गर्ने जनाएको छ । न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पेश गर्न आदेश दिइएको छ। काङ्ग्रेस नेता राहुल गान्धीले सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए । नेता गान्धीले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्न सक्छ, काङ्ग्रेसमा यो सम्भव छैन ’ भनेका थिए । यो भनाइबारे जवाफ…
काठमाडौँ – कानुन न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन उपसमिति गठन गर्ने निर्णय गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले ज्येष्ठ सदस्यका हैसियतमा अध्यक्षता गरेको समिति बैठकले दुईवटा उपसमिति बनाउने निर्णय गरेको हो। उपसमिति गठन बिहीबार बिहान साढे ८ बजे बस्ने अर्को बैठकबाट हुनेछ। उक्त बैठकले समितिको कार्यविधि तय गर्ने एक सदस्यलेले जानकारी दिए। उनकाअनुसार समितिको कार्यक्षेत्रको विषयमा पनि छलफल हुनेछ। यस्तै ज्येष्ठ सदस्यको हैसियतमा समितिको पहिलो बैठक सञ्चालन गरेका देउवाले समिति सभापति बन्न अनिच्छा देखाएका थिए।
काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाले दिएको उजुरीमाथि तत्काल छानबिन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नक्कली अडियो छानबिनको लागि राणाले दिएको उजुरीमाथि तत्काल छानविन गर्न माग गरेका हुन् । उजुरी दिएको धेरै दिन वित्दा पनि छानबिन हुन नसक्नु दुःखद् रहेको भन्दै उनले तत्काल अडियोको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । देशकै इज्जतमाथि प्रश्न उठाउने गरी भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार रहेको उल्लेख गर्दै नेविसंघले शरणार्थी प्रकरणलाई लिएर निराधार र अपुष्ट सूचनाका कारण सञ्चारमाध्यमकै…
काठमाडौँ – जेठ ७ देखि १६ गते सम्म जेनेभामा आयोजना हुने ७६औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ । सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्री बस्नेत र अतिरिक्त सचिव डा. देवकोटालाई स्वीकृति दिने निर्णय गरेको हो । सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति…