Author: Saru Shrestha

काठमाडौँ – एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संसद् सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो । मङ्गलवार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको संसद् सचिवालयले जनाएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् । मङ्गलवार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर…

Read More

काठमाडौँ – नेपाल शिक्षक महासङ्घले बृहत् विरोध सभा आयोजना गरेको छ। पेसागत सुरक्षा र वृत्ति विकासको माग राख्दै उनीहरूले विरोध सभा गरेका हुन् । पेसागत सुरक्षा र वृत्ति विकासलगायतका विभिन्न माग राख्दै महासङ्घले माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेको छ। ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्नुपर्ने, बालकक्षा शिक्षकलाई प्राथमिक तृतीयसरह तलबभत्ता दिनुपर्ने, ग्रेड र तलबमा भएको विभेद अन्त्य गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग उनीहरूले राखेका छन्।

Read More

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बग्गीखानास्थित ट्राफिक महाशाखा पुगेर डम्पिङ अवस्थामा रहेका सवारी साधनको निरीक्षण गरेका छन् । शुक्रबार बग्गीखानास्थित ट्राफिक महाशाखामा पुगेर मन्त्री श्रेष्ठले डम्पिङ गरिएका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको निरीक्षण गरेका हुन् ।

Read More

काठमाडौं – सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौलालाई  प्रहरीले पक्राउ गरेको छ ।  निरौला समेतले १२ जनालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाई प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ९५ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनांगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएकाे छ । …

Read More

काठमाडौं – जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत उडान बन्द गरेको छ । जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन गर्दै आएको उडानलाई बन्द गरेको हो । मे ८ देखि नियमित उडान गर्ने भन्दै जजिराले गत अप्रिल १९ बाट उडान बन्द गरेको थियो ।

Read More

काठमाडौं – राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।  केन्द्रका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको छ । राप्रपाले २०४६ पछिका सबै उच्च पदस्थ नेताकाे सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गरियोस् भन्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे । संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए । तर,…

Read More

काठमाडौं – सरकारले नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्जको लागि अघि बढाएको प्रक्रिया रोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । धितोपत्र बोर्डबाट नयाँ स्टक एक्सचेञ्ज निजी क्षेत्रलाई दिने गरी कानुन बनाउन तयारी गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधान पाउने जनाएको हो । ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ,’ सार्वजनिक समीक्षामा उल्लेख छ ।

Read More

खोटाङ – बालयौन दुर्व्यवहार आरोपमा कृषि विज्ञको रूपमा चिनिएका मदन राई पक्राउ परेका छन् । यौन दुर्व्यवहार कसुरमा खोटाङको शुभम फाउन्डेसनका सन्चालक राई पक्राउ परेका हुन् । फाउन्डेसनका आवासीय छात्रालाई यौन दुर्व्यवहार गरेको कसुरमा राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रनाउ मन्जिल मुकारुङले बतए । एकजना पीडित पनि सम्पर्कमा आएको प्रहरीले जनाएको छ । वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोत मझुवागधी नगर्पालिका -२ सोल्मामा रहेको फाउन्डेसनमा डेढ सय विद्यार्थी बसिरहेका छन् ।

Read More

धनगढी – कैलालीमा प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्रले मदिराका प्रचार सामग्री हटाउन थालेको छ । प्रादेशिक स्वास्थ्य प्रबद्र्धन केन्द्र महेन्द्रनगरले बिहीबार देखि मदिराका प्रचार सामग्री हटाउन थालेको हो । मदिराका प्रचार सामग्री धनगढीको जिल्ला प्रशासन गेटदेखि एलएन चोक सम्मका होटेल, पसल र रेष्टुरेन्टमा लगाइएका मदिराको प्रचार सामग्री हटाएको छ । केन्द्रका प्रमुख हेमराज खड्काले जिल्ला प्रशासन कार्यालय कैलाली, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र उपभोक्ता हित संरक्षणकर्मीहरुको सहयोगमा होटल तथा पसलमा राखिएका होर्डिङ बोर्ड, पोष्टर तथा अन्य प्रचारका सामग्री हटाउन थालिएको जानकारी दिए । उनकाअनुसार बिहीबार मुख्य बजार क्षेत्रका १२ वटा होटल तथा रेष्टुरेन्टमा लगाइएका मदिराका प्रचार सामग्री हटाइएको छ ।

Read More