काठमाडौँ – नेपाली काँग्रेसकी सांसद आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा राख्ने प्रस्ताव गरेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । ‘हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस्’ उनले थपेकी छन्, ‘कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’ आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ छ ।
Author: Saru Shrestha
काठमाडौँ- सत्तारुढ दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधि सभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले यस्तो प्रस्ताव राखेका हुन् । ‘अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना सांसदको नाम अधिवेशनको अन्त्यमा बोलेर प्रस्ताव गर्नुपर्छ,’उनले भने । हाल संसद बैठकमा निरन्तर दश वटा बैठकमा अनुपस्थित हुने सांसदको नाम सुनाउने अभ्यास छ । संविधान र प्रतिनिधिसभा नियमावलीले समेत निरन्तर दश वटा बैठकमा अनुपस्थित रहने सांसदले सूचना दिनुपर्ने हुन्छ । अन्यथा बिना सूचना निरन्तर…
काठमाडौँ – प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गरेका हुन् । यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ – संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार साँझ ६ बजे सिंहदरवारमा बैठक तय गरिएको हो । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि यसअघि बसेको बैठकमा कुनै निचोड निस्किएको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार दिउँसोको छलफलपछि संवैधानिक परिषद् बैठक डाकिएको हो । यसअघिको बैठकमा ओलीले संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीश नियुक्ति नहुने भएकाले पहिले संसदीय समिति टुङ्गो लगाउनुपर्ने अडान लिएका थिए । संवैधानिक परिषद्को सिफारिस गरेको व्यक्ति संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ । सर्वोच्च अदालत लामो समयदेखि कामुको भरमा चलिरहेको छ ।
कञ्चनपुर – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडामा हाइसले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भिर घाइते भएका छन्। शनिबार पूर्वबाट पश्चिमतर्फ आइरहेको सु.प.प्र.०२–००१ प ००१ नम्बरको हाइसले पूर्वतर्फ गइरहेको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिएको हो। हाइसको ठक्करले स्कुटर चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए। उनका अनुसार घाइतेको टाउको गम्भिर चोट लागेको छ। उनलाई उपचारका लागि अहिले महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
काठमाडौँ – सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले विश्वास’को मत लिनुनपर्ने निष्कर्ष निकालेको छ । आज बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकाले हो । हिजो (शुक्रबार) मात्रै रास्वपाले सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो ।
क्रिकेटका राष्ट्रिय खेलाडी करण केसी र फुटबलकी सावित्रा भण्डारीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरा स्पोर्टस् अवार्ड समारोहमार्फत उक्त अवार्ड प्रदान गरिएको हो। बागलुङका केसी नेपालको राष्ट्रिय टिमबाट क्रिकेट खेल्छन्। पुरुषतर्फ आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का पनि उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा परेका थिए। उनीहरू दुबै जनालाई पछि पार्दै केसीले अवार्ड जितेका हुन्। यस्तै लमजुङकी भण्डारी महिला फुटबलमा राष्ट्रिय टिमकी स्ट्राइकर हुन्। उनले वर्ष उत्कृष्ट महिला खेलाडीमा भण्डारीसँगै आर्चरीकी रोजिना थापामगर र तेक्वान्दोकी सुस्मिता थापामगर मनोनयनमा परेकी थिइन्। उनीहरू दुबैलाई भण्डारीले पछि पारेर अवार्ड जित्न सफल भएकी हुन्। समारोहमा उदीयमान खेलाडी अवार्ड…
दोलखा – आफ्नै दिदीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । ३२ वर्षीया कल्पना भुजेल श्रेष्ठको हत्या आरोपमा मेलुङ गाउँपालिका–१ पोवटी बस्ने २३ वर्षीय रामभरत भुजेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । विगत १ वर्षदेखि माइतमा बस्दै आएकी कल्पनालाई उनकै भाई रामभरतले उतिसको दाउराले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
महेन्द्रनगर – शुक्लाफाटा नगरपालिका-८ मा रुखको हागा खसेर एक जनाको मृत्यु भएको छ। रुख काट्न ६ जना स्थानीयसंगै गएका मध्ये सोही वडा बस्ने ४५ वर्षका अनिल डगौराको शनिबार दिउँसो मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक सुर्य बहादुर शाहीका अनुसार बैजनाथ सामुदायिक वनमा रुख काट्ने क्रममा हागा झरेर डगौराको मृत्यु भएको बताए। घटनाबारे ५ जना संग सोधपुछ भैरहेको प्रहरीले जनाएको छ।
महेन्द्रनगर – दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार गर्ने गिरोहका दुई जना पक्राउ परेका छन् । सई चैंसिरमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले शनिबार दिउसो पक्राउ गरेका हुन् भने मुख्य ब्यक्ति पक्राउ पर्न सकेका छैनन। उनी भारततर्फ फरार भएको आशंका छ। शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए। ती युवा एक आपसमै झगडा गरिरहेका थिए। अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको हो। ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले घटनामा संलग्न दुई जनालाई…