Author: Saru Shrestha

काठमाडौं – काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  गत शनिबबार (१६ पुस)मा काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जानकारी दिएको छ । तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसले जनाएको छ । घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट…

Read More

लेखनाथ – प्रादेशिक र पालिकास्तरीय शिक्षा ऐनमा छुट्टै पहिचानसहित संस्थागत विद्यालयको वर्गीकरणबाट अलग गर्न शिक्षकले माग गरेका छन् । सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालद्वारा आज पोखरामा आयोजित प्रादेशिक भेलामा सहभागी गुठीअन्तर्गतका शिक्षकले उक्त माग गरेका हुन् । पोखरा विश्व विद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले सरकारले सार्वजनिक शैक्षिक संस्था र गुठीअन्तर्गतका शैक्षिक संस्थालाई विभेद गर्न नहुने बताए । “गुठी संस्थानअन्तर्गत शैक्षिक संस्थाले विद्यार्थीबाट केही मात्रामा शुल्क उठाएर तलब खाने गरेका छन्, त्यो सरकारी विद्यालयका शिक्षकले पाउने तलबभन्दा न्यून छ”, उनले भने। सार्वजनिक शैक्षिक गुठी विद्यालय सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष जेएस पौडेलले संस्थाले सरकारलाई पेश गरेको शिक्षाको ढाँचा प्रस्तुत गरेका…

Read More

काठमाडौँ – महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन् । स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध शाहले आज रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा कानुनले तोकेको अवधिभित्रै गत असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको र परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्चको विवरण पेश गर्नुपर्नेमा ३०औँ दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । मङ्गलवार भएको भेटमा राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको र रिक्त १ संसद्को चुनावका विषयमा छलफल केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले माघ २४ गतेका लागि उपनिर्वाचनको मिति प्रस्ताव गरेको सन्दर्भमा प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता भएको हो । यस्तै उपाध्यक्ष पद पनि लामो समयदेखि रिक्त रहेको छ। यस्तै कोरला नाकामा भन्सारको लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरी पूर्वाधार निर्माण गर्ने लगायत राष्ट्रिय सभाबाट पारित ५ वटा विधेयकका विषयमा पनि छलफल भएको बताइएको छ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विश्वासको मत, सरकारको पूर्णता तथा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारलाई समर्थन दिएका दलहरूका सरोकारसमेत समेटी नीति तथा कार्यक्रम बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रचण्डको नेतृत्वमा सरकार गठन भएलगत्तै नीति तथा कार्यक्रम तयार पार्न एमाले अध्यक्ष ओलीको संयोजक रहेको समिति बनाइएको थियो । सो समितिले सरकारलाई समर्थन गरेका दलहरूका प्राथमिकता माग गरी नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ । आजको भेटमा २६ पुसमा लिइने विश्वासको मतका विषयमा पनि छलफल भएको बताइएको छ । विश्वासको मत…

Read More

बैतडी – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले पहिलो जित निकालेको छ । बैतडीले अछामलाई ९० रनले पराजित गरेको हो । आजको खेलमा बैतडीले दिएको एक सय सात रनको लक्ष्य पछ्याउएको अछाको पारी नौ दशमलव चार ओभरमा १६ रनमा समेटीयो । बलिङतर्फ बैतडीका लागि निर्मला भण्डारीले चार तथा कप्तान रितु कनौजिया र पिङ्की बोहराले दुई/दुई विकेट हात पारे । त्यसअघि कैलालीको फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतीमा एक सय छ रन बनायो । कप्तान रितु कनौजियाले ४१, ममता बोहराले अविजित १९ र निर्मला भण्डारीले अविजित ११ रन बनाइन्…

Read More

धनगढी – आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ । संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी रहेका छन् । कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो । कांग्रेस प्रदेश कार्यसमितिका महामन्त्री नरनारायण शाह ‘मनु’ले बैठकमा संसदीय दलको नेताका आकांक्षीलाई आपसमा सहमति गरेर दलको नेताको नाम टुङ्ग्याउन आग्रह गरिएको जानकारी दिए । उनले भने, “आकांक्षीलाई आजै सहमति गर्नुस् भनेका छौँ, सहमति भएन भने…

Read More

काठमाडौँ – मुलुकी देवानी संहिता, २०७४ को दफा ८२ (ग) लाई असंवैधानिक घोषित गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दायर गरिएको छ । कानुनका विद्यार्थी स्मृति सापकोटा र प्रशान्त कार्कीले मङ्गलवार संवैधानिक इजलासमा रिट दायर गरेका हुन् । संहिताको दफा ८२ मा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने आधारहरू छ । दफा ८२ (ग) मा ‘पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा’ भन्ने व्यवस्था छ । यसले महिलाले गरेको बहुविवाहलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिने भन्दै खारेजीको मागसहित रिट दायर गरिएको हो । रिट निवेदनमा सो व्यवस्थाले लैंगिक भेदभावलाई प्रोत्साहन गर्ने जिकिर गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७५…

Read More

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । मङ्गलवार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत बाझिएको थियो । बहुसङ्ख्यक नेताहरू सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने उसको निर्णय छ । बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । आज सम्पन्न पोलिट्ब्यूरो कमिटी बैठकपश्चात् पार्टी महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उखु किसानहरूको समस्या समाधान गर्न र समर्थन मूल्य छिट्टै तोक्न पनि माग गरिएको छ । बैठकले ११ बुँदे प्रस्ताव पारित गर्दै मल खादको व्यवस्था गर्न, समर्थन मूल्यमा धान खरिदको व्यवस्था मिलाउनलगायत माग गरेको छ ।

Read More