Author: Nisha Shrestha

काठमाडौँ- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो गुनासो गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिनेसमेत बताइन् । पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो। उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन् । उनले भनिन्, ‘सांसद हुँदा त मैले त्यति वास्ता गरिनँ । तर उपसभामुख…

Read More

काठमाडौँ – नेकपा एमालेका नेताहरू डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरू कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरू गएका थिए । भेटमा आफूहरूले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत माग्न आग्रह गरेको एमाले सचिव भट्टराईले जानकारी दिए । चौधरीले भने २४ गते बस्ने पार्टीको बैठकले यसबारे निर्णय लिने जानकारी गराएका छन् । यसअघि एमाले नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई भेटेका थिए ।

Read More

धनगढी- आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण जारी छ। कांग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक चलिरहेको हो। केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको थियो। यहाँ कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित छन्।राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज यहाँका ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको हो।

Read More

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। संसदमा प्रतिनिधिहरू गर्ने राजनीतिक दलहरू र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरूले भ्रष्टाचारीलाई कारबाही गर्ने गरी सहमति गर्नुपर्ने पनि स्पष्ट पारे। भ्रष्ट्राचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरूलाई छानबिन गरी कारबाही गर्न दलहरू तयार हुनुपर्ने बताए। अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताए। भ्रष्टहरूलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार…

Read More

काठमाडौँ – नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्धको खेल जित्न १ सय ७८ रनको लक्ष्य पाएको छ । टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो । ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए । हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियाको अधुरा काम पूरा गर्न र संविधान रक्षा, गणतन्त्र रक्षाका लागि राष्ट्रपतिमा रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन्। विराटनगरमा आज प्रदेश सभा सदस्यहरूसँगको अभिमुखीकरणमा बोल्दै महराले गणतन्त्रको रक्षा सबैको दायित्व भएको बताए। ‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हो,’ उनले भने, ‘गणतन्त्रको रक्षा सबैको दायित्व हो।’ शान्ति प्रक्रियालाई टुङ्गो लगाउन पनि १२ बुँदे तथा शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू मिल्न जरुरी रहेको महराले बताए। गणतन्त्र , धर्म निरपेक्षता र संविधान उल्ट्याउने खेल भइरहेको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो।’…

Read More

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । बैंकहरुले चर्को ब्याज लिएको भन्दै व्यवसायीले शुक्रबार शुक्रबार बिहान धनगढी चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि करिब ४५ मिनेट सडक अवरोध गर्दै व्यवसायीहरू धर्नामा बसेका थिए । सुदूरपश्चिम उद्योग वाणिज्य महासङ्घ, कैलाली उद्योग वाणिज्य सङ्घ लगायतका व्यावसायिक सङ्घसंस्थाहरूले ७ प्रतिशत ब्याजदरमा लिएको ऋणमा हाल १५ प्रतिशत पुर्‍याइएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलन गर्दै आएका छन् । बैंकहरुले वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग गर्दै व्यवसायीहरू सोमबारदेखि नियमितजसो आन्दोलनमा छन् । शुक्रबार व्यवसायीहरूको आन्दोलनमा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका सागर ढकालले समेत ऐक्यबद्धता…

Read More

पोखरा – बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाह (पूर्णविक्रम)लाई उच्च अदालत पोखराले सफाइ दिएपछि पोखरामा विरोध प्रदर्शन भएको छ। सचेत नागरिकले उच्च अदालत पोखराको प्रवेशद्वारमा शुक्रबार दिउँसो १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। नाबालिग बलात्कार अभियोग लागेका शाहलाई आइतबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै अभियोग दावी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ । तनहुँ कारागारमा रहेका शाह सोमबार थुनामुक्त भइसके । शाहले सफाइ पाएसँगै अदालतको निर्णयको कतै स्वागत त कतै आलोचना भइरहेको छ । उच्च अदालतले यौन दुर्व्यवहारलाई सामान्यीकरण गरेको भन्दै शुक्रबार पोखरामा विरोध…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मकरुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताए । प्रधामन्त्री दाहालले भनेका छन्, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उनले शुभकामना सन्देशमा सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना…

Read More

काठमाडौँ – एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङसहितका एमाले नेताहरुले शुक्रबार जनता समाजवादी (जसपा) र लोकतान्त्रिक समाजवादी (लोसपा) का नेताहरूलाई भेटेर भोट माग्ने भएका छन् । बिहीबार एकीकृत समाजवादी, रास्वपा र राप्रपाका नेताहरूसँग भेटवार्ता गरेर मत मागेका उनीहरूले शुक्रबार जसपा र लोसपालाई भेटेर भोट माग्ने भएका हुन् । ‘मत माग्ने क्रम जारी छ । आज शुक्रबार जसपा र लोसपाका नेताहरूलाई भेट्ने कार्यक्रम छ’, एमाले सचिव समेत रहेका नेता योगेश भट्टराईले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरूसँगको भेटवार्ता सकारात्मक ढङ्गले भएकाले हामी उत्साहित छौँ ।’ जसपा र लोसपा आठ दलीय गठबन्धनमा रहेका छन् । उनीहरूको मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा…

Read More