Author: Nisha Shrestha

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रुपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा…

Read More

काठमाडौँ – कम्तीमा ४३ जनाको ज्यान लिने गरी ग्रीसमा भएको रेल दुर्घटना ‘दुःखद मानवीय त्रुटि’का कारणले भएको भन्दै त्यहाँ यातायात मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री कीरियाकोस मित्सोटाकिसले मंगलवार राति यात्रुवाहक र मालवाहक रेल ठोक्किएको घटनास्थलको भ्रमण गरेपछि मानवीय त्रुटि भएको बताए। स्थानीय स्टेशनमास्टरलाई हत्याको आरोप पक्राउ गरिएको छ । ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । उद्धार टोलीले खोजी तथा उद्धार कार्यलाई जारी राखेका छन् । दुर्घटना मंगलवार मध्यरातअघि भएको हो । करिब ३५० यात्रु बोकेको यात्रुवाहक रेल लारिसा सहरबाट बाहिरिने क्रममा सुरुङबाट निस्कँदा मालवाहक रेलसँग ठोक्किएको थियो । दुवै रेल एकै समय एउटै ट्र्याकमा किन चलिरहेका थिए भन्ने…

Read More

बझाङ – बझाङमा भत्ता बुझ्न गएकी महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको बुङ्गल नगरपालिका – १० खेताचाल डौड की ५४ वर्षीया रत्ना देवी बागको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो । बुधबार साँझ ५ बजेको समयमा बुङ्गल नगरपालिका- ४ झापामा रहेको कृषि विकास बैंकबाट नाती नातिनीको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्किनेक्रममा घर नजिकैको माझापड भन्ने ठाउँबाट करिब १ सय मिटर तल लडेर घटना स्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Read More

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुले खाना खाने बहानामा घण्टौँ बिताउन नपाउने भएका छन् । सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ । यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने बहानामा घण्टौँ समय बिताउने गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । यो समस्या सम्बोधन सरकारले खाजा खाने समय व्यवस्थापन गरेको हो । गत सोमबार मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’

Read More

विराटनगर – नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनतासँग गरेको प्रतिबद्धताप्रति राजनीतिक दलहरू इमानदार नभएको बताएका छन्। राईले बुधबार प्रदेशसभा बैठकमा किराँत, लिम्बुवान, सगरमाथा नाम प्रस्ताव राख्दै यस्तो बताएका हुन्। जनतासँग भोट माग्दा पहिचानका पक्षमा टेकेर मत माग्ने, आन्दोलनका लागि मर्नु र मर्न लगाउने प्रदेशको नाम माग्दा कन्जुस्याइँ गरेको भन्दै उनले जनतालाई दिएको वचनप्रति नेताहरू इमानदार नभएको आरोप लगाए। उनले प्रदेशको नाम जनताको चाहना र माग रहेको बताउँदै साझा सरोकार र जनताको विषय भएकाले सहमतिमा जोड दिए। किराँत लिम्बुवान सगरमाथा तमाम जनता र सांसदको धारणा रहेको बताउँदै उनले सगरमाथाले प्राकृतिक सम्पदा छुने बताउँदै…

Read More

काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले स्रोत नखुलेको व्यक्तिको सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै कसुर पुष्टि नभएको तर स्रोत खुलाउन नसकेको सम्पत्तिमा कर निर्धारण गरेर नियमित बनाउने प्रस्तावसहितको विधेयक प्रतिनिधिसभामा दर्ता गरेको हो । स्रोत नखुलेको सम्पत्तिलाई वैधता दिँदा आपराधिक क्रियाकलाप मार्फत जम्मा गरेको अवैध धन शुद्धीकरण हुन सक्ने भन्दै सांसद सापकोटाले त्यस्तो सम्पत्ति सोझै राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका हुन् । २७ माघ २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ को दफा ३० मा स्रोत नखुलेको सम्पत्ति…

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वामपन्थी नेता वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । नेकपा विभाजनपछि गौतम एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेर छुट्टै गतिविधि सञ्चालन गर्दै आएका छन् । राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ एमालेबाट उम्मेदवार बनेपछि राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमलाई भेट्न अध्यक्ष ओली उनको निवास पुगेका हुन् । यसअघि ओलीले नेम्वाङलाई मत माग्दै काँग्रेस बाहेकका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई पत्र लेखेका थिए । तत्कालीन नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम ‘नेकपा’ विभाजन हुँदा दुवै पार्टीबाट निश्किृय बसेका थिए ।

Read More

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव भोला दाहाललाई दिइएको छ । फागुन १६ गते (मंगलबार) दाहाललाई प्रवक्ताको जिम्मेवारी दिइएको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । आयोगले लेखेको छ। ‘मिति २०७९।११।१६ गतेदेखि प्रवक्ता तोकिएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’ साथै, प्रवक्ता दाहाललाई ९८५१२३३२८१ मा सम्पर्क गर्न सकिने व्यवस्था आयोगले गरेको छ ।

Read More

कञ्चनपुर – प्रहरी प्रधान कार्यालयले १३९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ। काज सरुवामा कञ्चनपुरका पनि ४ जना प्रहरी निरीक्षक पनि परेका छन्। इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक दानसिंह भण्डारीको जिल्ला प्रहरी कार्यालय बाजुरामा काज सरुवा भएको छ। उनको स्थानमा नेपाल प्रहरी विशेष गण महेन्द्रनगरबाट सञ्जिबचन्द्र शाह आएका छन्। इलाका प्रहरी कार्यालय बेलडाडीका प्रहरी निरीक्षक दीपक पातलीको राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ। बेलडाडीमा नयाँ प्रहरी निरीक्षकका रुपमा देबेन्द्रसिंह बुढाथोकी आएका छन्। उनी नेपाल प्रहरी अस्पताल प्रबन्ध शाखा महाराजगञ्जबाट यहाँ आएका हुन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाश भण्डारीको नेपाल प्रहरी विशेष गण…

Read More

मोरङ- प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले छुट्टै प्रस्ताव दर्ता गरेका छन् । नेकपा एस र जसपाले संयुक्तरूपमा झकिरात-लिम्बुवान-सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा नेकपा एसका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक छन् । प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा झकोशी प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।

Read More