Author: Nisha Shrestha

सुर्खेत – नेकपा एकीकृत समाजवादीका सम्माननीय नेता झलनाथ खनालले सबै दलको केन्द्रबिन्दु सत्ता मात्र भएको टिप्पणी गरेका छन्। आइतबार सुर्खेतमा आइपुग्नु भएका नेता खनालले पत्रकारसँग भने, ‘पछिल्लो समय सत्ता प्राप्त गर्न मात्र पार्टीहरू केन्द्रित भए।’ उनले वामपन्थीको बीचमा एकता हुन आवश्यक रहेको बताए। नीति, विधि, सिद्धान्त, योजना नमिल्ने कुनै पार्टीसँग एकता नहुने बताउँदै नेता खनालले पछिल्लो गठबन्धनबाट गुणात्मक परिवर्तन आस गर्न नसकिने तर्क गरे। पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले अगाडि भने, ‘देश जसरी अगाडि बढेको छ, यो कति बेला के हुन्छ भन्ने कुरा सहजै भन्न सकिँदैन।’ राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग गर्न माग गर्दै नेकपा (एमाले)ले पठाएको पत्रबारे पार्टीमा छलफल…

Read More

काठमाडौँ – नेपाल सरकारका विभिन्न निकायले निर्माण गर्ने वेबसाइट एउटा ‘स्ट्यान्डर्ड’ र ढाँचामा निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले तयार गरेको ‘टेम्प्लेट’लाई उच्च सुरक्षायुक्त बनाउन र सम्बन्धित निकायले आफू अनुकूल प्रयोगमा ल्याउन सकिने गरी नयाँ टेम्प्लेट निर्माणका गर्न प्रधानमन्त्री कार्यालयले अग्रसरता लिएको थियो। हाल सरकारी निकायहरूले कार्यालयअनुसार निजी क्षेत्रबाट वेबसाइट डिजाइन गर्ने गरेका छन्। यसरी कुनै निश्चित प्राविधिक तथा अन्य मापदण्डको पालना नगरी बाह्य स्रोतको परामर्श सेवा लिएर वेबसाइट बनाउँदा त्यसको गुणस्तरीयता तथा सुरक्षामा समेत समस्या देखिने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो लिएको थियो। अहिले निर्माण भएका कतिपय कार्यालयका वेबसाइटहरू पुरानो सोर्स कोड, प्रविधि तथा…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपाल आज (सोमबार) सुर्खेत जाने भएका छन् । नेकपा एसको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल सुर्खेत जान लागेका हुन् ।

Read More

जलेश्वर । मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिक परिक्रमाअन्तर्गत सातौँ दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइ होली पर्व थालिएको हो । परिक्रमामा सहभागी हजारौँ साधुसन्त, महात्मा र स्थानीयवासीले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको सुरुआत गरेका थिए । यो सँगै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि आज रङ अबीरको प्रयोग सुरु भएको छ । यसरी होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँ गाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुट्किला गाउने, देखाउने…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् । प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ पुगेका नेपालले भने, ‘सरकार पुनर्गठनबारे छलफल भएको छैन । तर एमालेलाई किन सरकारबाट निकाल्ने ? एमालेसहितका राष्ट्रिय सरकार बन्नुपर्छ ।’ अध्यक्ष नेपालले पुनः ब्युँतिएको आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने पिक्चर क्लियर रहेको बताए । उनले काँग्रेस र माओवादीलाई धोका दिन नचाहेरै राष्ट्रपति एमालेको प्रस्तावमा बन्न अस्वीकार गरेको बताए । अध्यक्ष नेपालले राष्ट्रपति चयन गर्नुपर्ने विषयमा विदेशी चलखेल नभएको दाबी गरे । राष्ट्रिय हितको लागि पुरानो गठबन्धन ब्युँतिएको र काँग्रेस राष्ट्रपति दिएको उनको भनाई…

Read More

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले जनयुद्ध, सहिद तथा घाइते परिवारलाई धोका दिँदै आएका प्रचण्डले आफूलाई पनि धोका दिएको आरोप लगाएका हुन् । आफूले ८० सिट हुँदापनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको ओलीको भनाइ छ । प्रचण्डले एउटा भाषा बोल्ने र काम अर्कै गर्दै आएको समेत बताए । ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकमा जानु ठूलो कुरा होइन,’ अध्यक्ष ओलीले भने ।

Read More

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर जाने भएका छन् । साँझ ५ : २५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर जान लागेका हुन् । जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिबास प्रस्थान गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष दीपक यादवले बताए । मन्त्री श्रेष्ठले भोलि (सोमबार) हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि निर्माणाधीन उक्त पुल निर्माणको अन्तिम अन्तिम चरणमा पुग्दा उद्घाटन नहुँदै २०७८ असारमा भत्किए पछि चौतर्फी आलोचना भएको थियो ।

Read More

काठमाडौँ- फ्रान्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित…

Read More

काठमाडौँ – राष्ट्रियसभाले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रतिनिधिसभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने, ‘विक्रम संवत् २०१६ साल जन्मनु भएको प्रतिनिधिसभा सदस्य शहनाज रहमानको मिति २०७९ साल फागुन १३ गते ६३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएकोमा राष्ट्रिय सभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ । झापा भद्रपुर निवासी स्वर्गीय…

Read More

काठमाडौँ – संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्को ५२औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल आइतबार जेनेभा जाने भएकी छन्। मन्त्री पौड्यालले जेनेभामा हुने महसाथमा भाग लिने, केही द्विपक्षीय संवादहरू गर्ने, उच्च आयुक्तलाई भेट्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले बताएको छ। मन्त्री पौड्याल जेनेभाबाट मार्च ३ मा फर्किएर दोहामा हुने अति कम विकसित मुलुकको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको र मार्च ७ मा काठमाडौं फर्किने कार्यक्रम रहेको परराष्ट्रले आइतबार पत्रकार सम्मेलनमार्फत जनाएको छ। नेपाल मानवअधिकार परिषद्को सदस्य राष्ट्र हो। नेपाल सदस्य राष्ट्रको हिसाबले अन्तिम वर्ष त्यहाँ सहभागी हुन लागेको हो।

Read More