Author: Nisha Shrestha

काठमाडौ – नेपाल पत्रकार महासंघले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बधाई तथा कार्य सफलताको शुभकामना दिएको छ । नेपाल पत्रकार महासंघमा सोमबार भएको कार्यक्रममा मन्त्री शर्मालाई कार्य सफलताको शुभकामना दिँदै सञ्चारक्षेत्रका समसामयिक विषयमा अवगत गराएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्त रूप दिइने बताउनुभयो । “प्रविधिको विकासँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको छ । पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानुनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गरिनेछ ।” मन्त्री शर्माले बताउनुभयो ।उहाँले महासंघलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ त्यही आधारमा सुधार गरिदै…

Read More

कैलाली: प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा उच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत दिपायलका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले अर्को पक्षलाई पनि बोलाउन आदेश दिएको छ । अर्को पेसी माघ २९ गतेलाई तोकिएको छ । २०६६ भदौ ३ गते लु. २ त २११ नम्बरको ट्याक्टर जलाएको अभियोगमा २०६७ भदौ २ मा अरुण चौधरीसहित तीनजनाविरुद्ध कैलाली अदालतमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको…

Read More

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।  सो प्रस्तावमाथि सांसद खिमलाल देवकोटाले यो विधेयक सकारात्मक रहेको बताउँदै स्थानीय र प्रदेश सरकारको भूमिकासमेत यसमा स्पष्ट हुनुपर्ने बताए । उनले सबै प्रकारका आयोजनालाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारकातर्फबाट अनुगमन गर्ने व्यवस्था गर्नुपर्ने र विधेयकमा यससम्बन्धी प्रावधान राख्नुपर्नेमा जोड दिए । सांसद देवकोटाले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले विकास आयोजनाको प्रभावकारी अनुगमन र मूल्याङ्कन हुन…

Read More

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । राष्ट्रियसभा उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि राजनीतिक आग्रह प्रवाह नराखेर अघि बढ्ने बताइन् । ‘सबै दलबाट सर्वसम्मत हुनु खुसीको कुरा पनि हो । यो पार्टी त्यो पार्टी भन्दा पनि सबैलाई समेटेर अघि बढ्ने छु । किनभने मलाई निर्वाचित गराउन सबैको भूमिका छ’ अर्यालले भनिन्, ‘यो देशको परिवर्तन ल्याउन हरके पार्टीका महिलाहरूको योगदान छ । कतिपय यो ठाउँमा आउन नपाउँदै सहिद हुनुभयो । यस्ता तमाम घटनाक्रमलाई सम्झेर काम गर्नेछौँ ।’ महिलालाई अघि बढाउन के कस्ता नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा समेत…

Read More

काठमाडौँ – भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन । राष्ट्रिय खेलकुद परिषद्‍बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो । क्यानले आजै दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ । त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ । देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन् । उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेका छन् सोमबार बिहान ४:१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी करिब २३० जनाले ज्यान गुमाएको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडाैं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका छन्।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलहरूको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन अघि बढाउने प्रतिबद्धता जनाएका छन् । महान्यायाधिवक्ता कार्यालयको निरीक्षणपछि सरकारी वकिलहरूलाई सम्बोधन गर्दै उनले संविधानमा भएको व्यवस्था बमोजिम अहिलेसम्म ऐन बन्न नसकेको भन्दै आफूले पहल गर्ने बताएका हुन् । उनले भने, ‘संविधानमा भएको व्यवस्था अनुसार सरकारी वकिलहरूको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी कानुन आवश्यक छ । त्यसका लागि सरकारले विशेष पहल गर्ने छ ।’ आफूले अघिल्लो कार्यकालमा महान्यायाधिवक्ता कार्यालयको भवन निर्माणका लागि पहल गरेको भन्दै उनले यो पटक त्यो भन्दा राम्रो काम गर्ने प्रतिबद्धता जनाए । प्रचण्डले प्रधानमन्त्री कार्यालयमा महान्यायाधिवक्ता कार्यालयको इकाइ र सरकारी वकिलको दरबन्दीको…

Read More

काठमाडौँ- संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो । माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे । माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई नेपाली कांग्रेसले पनि साथ दिँदै उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित हुने बाटो खुलेको थियो । उनलाई राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित गराइयोस् भन्ने प्रस्ताव उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । उक्त प्रस्तावमा नेकपा एमालेका देवेन्द्र दाहाल र अर्का सांसद खिमलाल देवकोटाले समर्थन गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेप्रसाद तिमल्सिनाले उर्मिला…

Read More

काठमाडौँ – टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो । टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् । यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरियाका सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन् । भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्यमले उल्लेख गरेका छन्…

Read More