Author: Nisha Shrestha

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो, सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छन्। नेपाल दूरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागत रूपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको बताएकी हुन्। उनले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिहरुलाई हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्। ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको उपलब्धताबारे विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ। उनले प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकासको परिचालन गरी सञ्चालित आयोजनाहरूको नतिजा भौतिक प्रगति तथा दिगोपनका सम्बन्धमा समीक्षा…

Read More

काठमाडौँ – युवराज पौडेल ‘सफल’ को नेतृत्वमा नेपाल समाजवादी मोर्च घोषणा भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी समाजवादी मोर्चा घोषणा गरिएको हो । मोर्चाको संयोजकका युवराज सफल आफैं रहेका छन् । मोर्चले नौं सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । सुशीलनाथ योगी, कृष्ण खड्का, शोभा पाठक, रामराजा श्रेष्ठ, बासु पौडेल, अर्जुन अधिकारी, एलिजा तामाङ, गणेश ढकाल मोर्चाको सचिवालय सदस्य रहेका छन् । मोर्चाले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ज्ञापनपत्र बुझाउने संयोजक सफलले जानकारी दिए। साथै, समाजमा विश्वास राख्ने समाजवादी शक्तिलाईसमेत मोर्चामा समावेश गरिने उनको भनाइ छ। राष्ट्रिय स्तन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर…

Read More

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउने र पहार गर्ने काम भइरहेको भन्दै बुद्धिजीवी समाजले भ्रमजालबाट मुक्त बनाउनुपर्ने पनि बताएका छन्। ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भनेर केही बुद्धिजीवीहरूले भनेको उल्लेख गदै निर्वाचनपरिणामले गतल साबित गरेको उनको भनाई छ । ‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरू लागि परेका छन्। उनीहरूलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरू भइरहेका छन्, सचेतना जगाउनुस्।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जिन भएको बताए।

Read More

काठमाडौँ – सङ्घीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौँ माइतीघरमा प्रदर्शन गरेको छ । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानले काठमाडौँको माइतीघरमा भेला भई नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, सङ्घीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईँको अभियानले देशका विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ । महाअभियानले बैङ्कको ब्याजदर घटाउनु पर्ने, २० लाखसम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । पदर्शनकारीहरूले राजा आऊ देश बचाउँ, संघीयता खारेज गर्, हिन्दु…

Read More

कञ्चनपुर – बेलौरी नगपालिका-७ मा दुर्लभ प्रजातिको सेतो सर्प फेला परेको छ । सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेश यादवका अनुसार ‘ननभेनोमोअस वल्फ’ नामक सर्प फेला परेको हो । दुर्लभ प्रजातिको करेत जस्तै देखिने सर्प पहिलो पटक देखिएको यादवले बताए । ‘मैले वन क्षेत्रमा काम गरेको २५ वर्ष भएको छ’, उनले भने, ‘यस प्रजातिको सर्प पहिलो पटक देखेको हुँ ।’ यस प्रजातिको सर्प विरलै देखिने गरेको उनको भनाइ छ । सेतो रङ्गको ‘ननभेनोमोअस वल्फ’ प्रजातिको सर्पको लम्बाइ तीन फिटभन्दा बढी रहेको छ । सर्प विषालु प्रजातिको भने होइन । फेला परेको सर्पले मुसा, कीरा फट्याङग्रा, भ्यागुता लगायतलाई आहारका रूपमा…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ । संविधान गीता, बाइबल र कुरानजस्तो अपरिवर्तनीय नरहेको बताउँदै उनले यसलाई आवश्यकताअनुसार फेरिन र फ्याँकिन सक्ने पनि बताए । लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, संविधान गीता,बाइबल,कुरान जस्तो अपरिवर्तनीय हुँदैन आवश्यकता अनुसार फेरिन्छ र फ्याँकिन्छ पनि, दलहरूले संविधानको रक्षा भन्दा देश र जनताको हित रक्षामा गठबन्धन गर्नुपर्ने हो तर उल्टो भइरहेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अझै पनि धमिलो पानीमा माछा मार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । ‘कसैको चाहनाले भोट क्रस हुने होइन । राष्ट्रपति निर्वाचनका मतदाता प्रदेशसभा, राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसद हुन् । रामचन्द्र पौडेल आठ दलीय गठबन्धनको साझा उम्मेदवार हो । त्यसबाहेक रास्वपा पनि सकारात्मक छ । केपी ओली अझै पनि भ्रम छरिरहनुभएको छ । पानीलाई धमिलो पारेर माछा मार्न खोजिरहनुभएको छ । केपी ओली वा अरु कसैले चाहँदैमा राष्ट्रपति निर्वाचनको परिणाममा फरक आउने म देख्दिनँ । त्यो षड्यन्त्र कदापि सफल हुँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन)…

Read More

काठमाडौँ – नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडि अघिल्लो तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । यसमा अभिनेता गिरीसँगै केदार घिमिरे, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशीलगायतको अभिनय रहेको छ । प्रदर्शनको पहिलो दिन नै चलचित्रले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ पाएको छ । यसपटक यो शृङ्खलामा अभिनेता जीतु नेपाल भने छैनन्। यसले घरेलु बजार नेपालमा राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । “मैले भन्ने…

Read More

दोहा – साउदी अरबमा कार्यरत नेपालीलाई हुरुब लागेको वा ईकामा नबनाइदिएको भएमा तत्काल दूतावासको वेभसाइटमा विवरण भर्न नेपाली दूतावासले अनुरोध गरेको छ । इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको छ तर कम्पनी वा कफिलले इकामा नवीकरण गरिदिएको छैन भने दूतावासमा नाम टिपाउन भनिएको हो । यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन सकिन्छ । यस्तो अवस्थामा भएका नेपालीहरूको विवरण साउदीमा रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ । आफूलाई भएको समस्यासहित साँचो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ । त्यस्तो समस्या भएका व्यक्तिले दूतावासको…

Read More

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपाङ्ग तथा जेष्ठ नागरिकहरूका लागि निःशुल्क गर्ने भएको छ । लिग भइरहेका तीनवटै स्टेडियम प्रवेश पाउन अपाङ्गता तथा जेष्ठ नागरिकहरूको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले बताए । फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगमा दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रङ्गशालामा खेल भइरहेका छन् । लिगको टिकटको मूल्य सामान्य प्याराफिटतर्फको रु। १०० र भीआईपी प्याराफिटतर्फको रु। ३०० तोकिएको छ ।

Read More