Author: Nisha Shrestha

काठमाडौँ – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र सुधार हुँदै गए पनि अहिले नै जोखिममुक्त नभइसकेको निष्कर्ष निकालेको छ । तर, नेपाल राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिले भने केही हदसम्म अर्थतन्त्रको जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताइएको छ । एसिया प्रशान्त क्षेत्रका मिसन प्रमुख जार्को टुरुनेनको नेतृत्वमा यही फागुन ३ देखि १६ गतेसम्म विभिन्न पक्षसँग छलफल गर्दै नेपाली अर्थतन्त्रका विषयमा अध्ययन गरेको आईएमएफले विदेशी मुद्रा खर्च गर्न अझै नेपाल सचेत हुनुपर्ने जनाएको छ । नेपालले आगामी दिनमा विदेशी मुद्राको सञ्चितिमा दबाब नपर्ने गरी सचेत मौद्रिक नीति बनाउनुपर्ने पनि कोषको सुझाव छ । कोरोना महामारीका क्रममा दिइएको सहुलियत हटाउँदै मौद्रिक…

Read More

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी विश्वकप लिग टू अन्तर्गत युएईमा चलिरहेको त्रिकोणात्मक शृङ्खलाका बाँकी खेल खेल्नका लागि सन्दीप लामिछानेलाई पठाउने तयारी गरेको छ । युएई र पपुवा न्युगिनीसम्मिलित शृङ्खला खेलिरहेका एक खेलाडी घाइते भएकाले उनको ठाउँमा सन्दीपलाई पठाउने तयारी गरिरहेको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले जानकारी दिए । पाठकका अनुसार सन्दीपको भिजा पनि आइसकेको छ । ‘भिजा आइसकेको छ । एक जना खेलाडी घाइते पनि हुनु भएको छ । पाठकका अनुसार सन्दीप टिमको अन्तिम १६ मा रहेको र अदालतले उनलाई विदेश जाने अनुमति पनि दिएका कारण उनलाई सिरिजका लागि युएई पठाउन लागिएको हो । नाबालिग बलात्कारको आरोप लागेका…

Read More

काठमाडौँ – प्रदेश १ को नाम ‘कोसी’ राख्न बुधबार प्रस्ताव दर्ता गरिएको छ। नेकपा (एमाले) र नेपाली काँग्रेसका सांसद मिलेर प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्। संसद् सचिवालयका अनुसार एमाले सांसद राम रानामगर प्रस्तावक र काँग्रेस सांसद भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ। प्रदेश १ को नाम ‘कोसी’ राख्ने सम्बन्धी प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्।’ प्रदेशको नामकरण गर्न आजै दिउसो १…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातन्त्रिक बिध्यार्थी संगठनको ग्रामिण आदर्श बहुमुखि क्याम्पस, नेपालटारको ईकाई अधिबेशन सम्पन्न भएको छ । कार्यक्रममा राप्रविसंका ग्रामिण आदर्श बहुमुखि क्याम्पसका इकाई संयोजक किरण भट्ट को सभापति, राप्रविसंका पुर्वअध्यक्ष साथै पार्टीका केन्द्रीय सदस्य तथा संयोजित संगठन समन्वय विभागका सदस्य सचिब धनसुर शाहीको प्रमुख आतिथी र राप्रविसंका नि. अध्यक्ष जे.पी. बगाले विशेष अतिथि रहेका थिए । अतिथीहरुमा राप्रविसं (राष्ट्रबदी) का पुर्व अध्यक्ष रबिन थापा, राप्रविसंका पुर्व केन्द्रीय उपाध्यक्ष निराजन बम, केन्द्रीय सदस्य प्रकाश खनाल, मनिष भट्टराई, राप्रविसं ग्रामिणका पुर्बअध्यक्ष दिपेन्द्र अधिकारी, राजकुमार बि.क., राप्रबिसं एन.आर. कलेज संयोजक सुदर्शन प्रधान, राप्रविसं नेता दिपेश शाह…

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेको रास्वपाले अब गोलो घेरा हटाएर घण्टी मात्रै राखेको हो । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै घण्टी मात्रै चुनाव चिह्न राखेको छ ।

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ । एक गैरससरकारी संस्थाको सहयोगमा करिब ६ हजार बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीसहितको स्कुल झोला वितरण गरिएको हो । शैक्षिक गुणस्तरमा सुधार ल्याउन र सबैको शिक्षामा समान पहुँचका लागि सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका २९ सामुदायिक विद्यालयका ६ हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहित झोला वितरण गरिएको हो । परियोजनाको रु एक करोड १८ लाख लगानीमा उक्त सामग्री वितरण गरिएको ‘रुडुक’ डडेल्धुराका कार्यकारी निर्देशक अमर साउदले जानकारी दिनुभयो । ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक र चाइना फाउन्डेसनसँगको साझेदारीमा सञ्चालित परियोजना अन्तर्गत उक्त सामग्री वितरण गरिएको कार्यकारी निर्देशक साउदले जनाकारी दिनुभयो…

Read More

काठमाडौँ – प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी पनि आज मूल्य बढेर तोलाको एक हजार दुई सय ७० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ- आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अब उपराष्ट्रपति निर्वाचनपछि मात्रै बस्ने भएको छ । संसद सचिवालयले सूचना जारी गरी आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

Read More

काठमाडौँ – ग्रीसमा दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा परी हालसम्म २६ जनाको मृत्यु भएको छ भने, ८५ भन्दा बढी घाइते भएको बताइएको छ । दुर्घटना ग्रीक शहर थेसालोनिकी र लारिसाको बीचमा भएको हो । यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किएका हुन् ।घटनास्थलमा उद्धार कार्य जारी रहेको अन्तराष्ट्रय सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई अस्पताल लगिएको छ ।

Read More