Author: Nisha Shrestha

काभ्रे – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिएका हुन् । एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिए । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उनले बताए । यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी,…

Read More

काठमाडौँ – बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओका लागि कुल १४ लाख २४ हजार ३५१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ५ जनाको आवेदन रद्द भएको छ । सर्वसाधारण आवेदकहरूले गोला प्रथामार्फत सेयर हात पारेका छन् । यसमा कुल २ लाख २६ हजार ४६५ जनाको आवेदन परेको छ । जसमध्ये ५ जनाले ११ कित्ता र बाँकी २ लाख २६ हजार ४६० जनाले १० कित्ताका दरले सेयर हात पारेका हुन। कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गतेदेखि १० गतेसम्म कुल २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्कासन गरेको थियो । कुल २७…

Read More

तनहुँ – चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का…

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताउनुभयो । यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको…

Read More

कञ्चनपुर – अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक कार्यमा संलग्न गराई आत्मनिर्भर बनाउनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । अपाङ्गता भएका व्यक्तिको समूह गठन गरी कार्यालयले अनुदान रकम उपलब्ध गराउन थालेको हो । शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका समूह गठन गरिएका छन् । समूहमा ३० जनाका दरले अपाङ्गता भएका व्यक्ति सङ्गठित भएका छन् । गठन भएका समूहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौताको कार्य गरिएको छ । शुक्लाफाँटा अपाङ्गता कृषक समूहसँग खरी जातका बाख्रा खरिदका लागि सम्झौता गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्राविधिक अधिकृत दीर्घकुमार स्वाँरले बताउनुभयो…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल नेपाल भएको बताएका छन् । शुक्रवारबाट काठमाडौँमा शुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढ्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताए । प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालजस्तो प्राकृतिक रुपमै आयुर्वेदका लागि उपयुक्त गन्तव्यस्थलमा विभिन्न खाले समस्याहरु परिरहेको भन्दै त्यसलाई न्युनीकरण गर्ने बाटोमा जान आवश्यक रहेको बताए । उनले नेपाल आयुर्वेद क्षेत्रको लागि प्राकृतिक भूमि भएको उल्लेख गर्दै नेपालमा यार्सागुम्बा, अमला, रुद्राक्ष, तुलसी लगायतका अति महत्वपूर्ण वनस्पतिहरु पाइने उल्लेख गरे । उनले आयुर्वेदका लागि नेपालमा…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन तोलाको एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आजबाट सुरु हुँदै छ। आज हुने उद्घाटन खेलमा खुमलटार यूथ क्लब र फ्रेन्डस क्लब बीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने खेल आज साँझ साढे पाँच बजे हुनेछ। खुमलटारले यसै खेल मार्फत शीर्ष डिभिजनमा डेब्यू गर्दै छ। बी डिभिजन उपविजेता हुँदै ए मा उक्लिएको खुमलटार पहिलो खेलमै जीत हात पार्ने लक्ष्यमा हुने छ।​ नवप्रवेशी खुमलटार र चर्च ब्वाइजसहित १४ क्लब सहभागी लिग डबल राउन्ड रोविनको हुनेछ। ए डिभिजनमा कुल १ सय ८२ खेल हुनेछन्। खेल दशरथ रङ्गशाला, च्यासल र एन्फा कम्प्लेक्समा हुनेछ। लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख…

Read More

काठमाडौँ – राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण तालिमबाट बाहिरिँदै बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन्। ‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु।’ उनले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रुमलिएको पनि बताए। प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्। फागुन २५ का लागि राष्ट्रपति निर्वाचन निर्धारित छन्। काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादी, समाजवादीसहित ८ दलको समर्थन छ।

Read More

काठमाडौँ –  प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन् । बिहीबार दिउँसो नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताएका हुन् । सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “अघिल्लो पटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र…

Read More