Author: Nisha Shrestha

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरीले टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले रौटहटमा मौलापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रमको नेपाल विद्युत् प्राधिकरणका स्थानीय कर्मचारीले विरोध गरेको, कार्यक्रमका दिन बिजुलीको लाइन काटेको जानकारी दिँदै प्राधिकरणका कर्मचारीलाई कानुन लाग्ने कि नलाग्ने भनी प्रश्न गर्नुभयो । “सेवाग्राहीले के कारणले लाइन काटेको हो भनेर सोध्न जाँदा गुण्डागर्दी भयो”, उहाँले भन्नुभयो, “विद्युत् अवरोध गर्ने, जनतालाई दुष्प्रचार गर्ने घटनाको तत्काल…

Read More

काठमाडौं – नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंह राजीनामा दिने तयारीमा देखिएका छन् । जन्म मिति र शैक्षिक योग्यताको प्रमाणपत्रलाई लिएर प्रश्न उठेपछि सिंह राजिनामा दिने तयारी गरेका हुन् । एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख बन्ने होडमा रहेका उनको जन्म मिति र शैक्षिक योग्यताको प्रमाण पत्रलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हालसालै मात्र उजुरी परेको थियो । सिंहको फरक-फरक जन्ममिति भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अगाडि बढाएको थियो । सिंहको नागरिकताका आधारमा जन्ममिति २०२४ साल जेठ २२ गते रहेको पाइएको छ । तर, उनको नेपाल प्रहरीमा रहेको सिटरोलमा जन्ममिति २०२५…

Read More

काठमाडौँ – आसन्न राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका लागि जम्मा ८८४ जना मतदाता रहेका छन् । संघीय संसद र प्रदेश सभा गरी ८८७ सदस्यको मताधिकार रहने भए पनि तीन सदस्य रिक्त रहँदा ८८४ जनाले मात्र मत दिन पाउने भएका हुन् । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु मतदाता रहने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभाका तीन जना सांसदले भने मत दिन नपाउने भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार संघीय संसद्का तीन सय ३४ र प्रदेश सभाका पाँच सय ५० गरी कूल आठ सय ८४ मतदाता रहेका छन् । प्रतिनिधिसभामा हाल दुई सदस्य निलम्बित र एक…

Read More

धनगढी – नागरिक बचाऔँ महाअभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाईँले धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन अपिल गरेका छन् । पार्क मोडमा एक कार्यक्रमको आयोजना गर्दै उनले नेपालीको समस्या समाधान गर्न आफूले अभियान थालेको भन्दै त्यस अभियानलाई साथ दिन आग्रह गरेका हुन् । ‘युवाहरू बेदेश जान थालेका छन् । अबको १० वर्षमा मुलुक खाली हुँदै छ । २० गते देखी थालेको आन्दोलनमा सरिक हुनुहोस्’उनले भने । दलीय राजनीतिले समाजलाई विभाजन गरेको उनको आरोप थियो । उनले सीमित व्यापारी र नेताका कारण मुलुक समस्यामा परेको बताए । प्रसाईँले त्यस विरुद्ध एक भएर उभिन समेत आग्रह गरे । ‘कि तपाइहरू डोरी लिएर पेट्रोल…

Read More

काठमाडाैं – नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार, पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे बि्रफिङ गर्ने कार्यसूची छ । राष्ट्रपतिको निर्वाचनबारे निर्णय गरेर अगाडि बढ्ने पनि बताए । अध्यक्ष नेपाललाई नेकपा एमालेले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको छ । एमालेको प्रस्तावलाई चासोका साथ हेरिएको छ । तर एकीकृत समाजवादीले कुनै निर्णय लिएको छैन ।

Read More

काठमाडाैं – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । केहीबेरअघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल जारी छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै नेताहरुको राजनीतिक दौडधुप र भेटघाट तिव्र बनेको छ । अध्यक्ष ओली राष्ट्रपति निर्वाचनकै विषयमा छलफल गर्न बालुवाटार पुगेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । दुई नेताबीच यसअघि पनि राष्ट्रपतिको विषयलाई लिएर पटक पटक छलफल भएको हो । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपति विषयमा निर्णय गर्ने अख्तियारी अध्यक्ष प्रचण्डलाई दिएपछि एमाले अध्यक्ष ओली आज छलफल गर्न बालुवाटार पुगेका हुन् । बैठकमा अरु…

Read More

ढोरपाटन – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ पुगेकी छन् । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आएकी हुन् । नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०:३० बजे बागलुङ बजार आएकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरे । बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्ने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ

Read More

काठमाडौँ – राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेताहरुबीच छलफल भइरहेको छ । काठमाडौँको धुम्बाराहीस्थित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रूपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै काँग्रेस शीर्ष नेतासँग छलफल गरेको लोसपा नेता केशवकुमार झाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक…

Read More

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । बिरामीको सुरक्षा सम्बन्धी पाँचौँ अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन मन्त्री गिरी नेतृत्वको टोली गए राति स्वीटजरल्याण्ड प्रस्थान गरेको हो । कार्यशाला स्वीटजरल्याण्डको मोन्ट्रक्समा २३ र २४ फेब्रुअरीमा आयोजना हुँदैछ । टोलीमा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा। कृष्णप्रसाद पौडेल र मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी छन् ।

Read More